सल्लाको खोटो बिक्रीबाट ३२ लाखभन्दा बढी राजस्व सङ्कलन ।

घोराही, साउन १४ गते  । आर्थिक वर्ष २०८०/८१ सल्लाको खोटोबाट दाङमा ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा याे आर्थिक वर्षमा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार २६९ रुपियाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएकाे दिनुभयो । सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपियाँ वन समूह र चार लाख ७२ हजार ३३९ रुपियाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा तेब्बरले बढी राजस्व उठेको छ । गत वर्ष जिल्लामा ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपियाँ राजस्व उठेको थियो । जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा तेब्बरले बढी राजस्व उठेको छ । जिल्लामा गत वर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वसमेत वृद्धि भएको छ । अघिल्लो वर्ष १० वटा समूहबाट खोटो सङ्कलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो निकालिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । 

जिल्लामा खोटो सङ्कलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा पनि वृद्धि भएको सूचना अधिकारी सापकोटाले बताउनुभयो । सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउनका लागि कच्चा पदार्थका रूपमा सल्लाको खोटो प्रयोग हुने गर्दछ । जिल्लाका विभिन्न सामुदायिक वनबाट गङरगा रोजिन एन्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो सङरकलन गर्ने गरेको छ ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?