
समाजमा केही जिम्मेवारी प¥यो कि भाग्ने प्रवृति नयाँ होइन । समाजमा भाग्ने प्रवृति कति साह्रो छ भन्ने कुरा कतिले ख्याल गरेका होलान् कतिले ख्याल गरेका छैनन् होला । ख्याल गरे पनि नगरेपनि भाग्ने प्रवृति भने हराउन सकेको छैन ।भाग्ने प्रवृतिको कारण व्यक्तिगत, सामुहिक रुपमा हुने गरेका छन् । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । भाग्ने प्रवृति देशलाई गाली गर्दै होस वा देशलाई माया गर्दै होस भाग्ने प्रवृति छ । भाग्नलाई उत्प्रेरणा प्रदान गर्ने,आफै पनि भाग्ने र सबैलाई सकेसम्म भगाउने चलन छ । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । देशमा रोजगारी खुल्न सकेको छैन । उद्योगधन्दाहरु खुल्न सकेको छैन । देशमा दीर्घकालीन योजना बन्न सकेको छैन ।
जस्तो हेरौं कि
देशमा रोजगारी भएन । युवाहरुलाई विदेश, विदेशी सेनामा लड्न पठाएर पैसा कमाउने, देशमा उद्योग धन्दा नभएको भन्दै विदेश तिरै ताक्ने ,सरकारले नै संसारभरका देशसँग सम्झौता गरेर विदेश पठाउने गाउँमा रोजगारी भएन भनेर शहरमा जाने,गाउँमा बस्न सकिएन भने शहरमा पस्ने,कमी कमजोरी के हो नखोज्ने, सुधार गर्न नखोज्ने,खेतीपाती कम भयो भने बढी कसरी बनाउन सकिन्छ भनेर नसोच्ने , आफ्नो कमी कमजोरी केहो ? त्यो वास्ता नगर्ने, कसैले ठीक्क पारिदिए पछि त्यसको लाभ लिन खोज्ने, सरकारी स्कूलमा राम्रो कसरी गर्न सकिन्छ भनेर मतलव नगर्ने, गाउँका स्कूलहरुमा कसरी राम्रो बनाउन सकिन्छ भनेर सोच्ने भन्दा शहरका स्कूलहरुमा पढाउन मरिहत्ते गर्ने कता बोर्डिङ छ भन्दै हिँड्ने,सरकारी स्कूल खोल्न ,सेवा सुविधा ,पढाइको गुणस्तर बढाउनु भन्दा हत्तपत्त गरेर बोर्डिङ खोल्ने ,बोर्डिङ कै सेवा सुविधा विस्तारमा ध्यान दिने , भएका साधन स्रोतको सदुपयोग कसरी गर्ने भनेर सोच्ने भन्दा बढि भन्दा बढि खरिद कसरी गर्न सकिन्छ र खरिदमा कसरी कमिसन खान सकिन्छ भनेर सोच्ने र सोही गर्ने ,आफ्नै स्थानमा कसरी राम्रो बनाउन सकिन्छ ? भनेर सोच्ने भन्दा पनि राम्रो ठाउँमा कसरी जान सकिन्छ भन्दै हिँड्ने । मानिसहरुलाई नठगिकन ,आफ्नै पाखुरामा कसी बाँच्न सकिन्छ भनेर सिक्नु र सिकाउनु भन्दा लुट्ने ,नाफा र कमिसन कसरी बढी हात पार्न सकिन्छ भनेर सोच्ने किसिमको मानसिकता भएको जनशक्ति उत्पादन गर्ने र सोही किसिमको उत्पादनमा लगानी गर्ने, सेवामूलक मानसिकताको विकास भन्दा पनि पैसा केन्द्रित बन्न सिकाउने, उत्पादन गरेर बाँच्ने भन्दा पनि उपभोग गरेर बाँच्ने बनाउने, आफ्नो बारीमा सामान्य रुपमा भन्दा खुर्सानी रोप्नु भन्दा अर्काबाट किनेर खान सिकाउने , आफ्नो जिम्मेवारी केहो भनेर भन्नु भन्दा जिम्मेवारीबाट भाग्न सिकाउने र भाग्ने प्रवति हाम्रो छ । हाम्रो देशको सत्ताले,शासकहरुले र जनताको मानसिकताले त्यही सिकाउँद, सिक्दै र व्यवहार गर्दै आएको छ । भाग्ने प्रवृति समग्र हेर्दा शासकदेखि जनतासम्म नै फैलिएको रोगको रुपमा रहेको छ । शासकहरुले जनतालाई भाग्न सिकाउँदै आएको छ । भाग्न सिकाउँदा शासकलाई निकै फाइदा भएको छ । सरकारी स्कूलमा अध्ययन गराउनबाट भाग्दा ,युवाहरुलाई विदेशी सेनामा लड्न पठाउँदा, पछिल्लो समयमा युवाहरुलाई विदेश पठाउँदा शासकहरुलाई निकै फाइदा भएको छ । उसलाई रेमिट्यान्स त आएको छ साथमा युवा जोस जाँगर भएका युवाहरु नभए पछि ढुक्कसँग सत्ता सञ्चालन गर्न पाएका छन् ।गाउँहरुबाट शहरमा आउँदा शहरका कोठाभाडामा लगाउने घरबेटीलाई ,जग्गा किनेमा जग्गा दलालहरुलाई । शहरका पसलेहरुलाई निकै फाइदा भएको छ । बारी बाँझा हुँदा धनी किसानहरुलाई र विदेशी किसानहरुलाई फाइदा भएको छ । नेपालीहरु विदेशमा श्रम गर्न जाँदा अन्य देशबाट नेपालमा आई काम गर्ने ,यतै बसोबास गर्नेहरुलाई राम्रै फाइदा भएको छ ।
यस्तो अवस्थाको विरोधमा अब को बोल्ने ? हाम्रो युवाहरुलाई विदेशी सेनामा लड्न पठाउन हुँदैन भनेर गोर्खा भर्ती खारेजीको माग कम्युनिष्ट पार्टीले राखेर संघर्ष गरेको थियो । अहिले पनि कुनै कुनै कम्युनिष्ट पार्टीका नेताहरुले गोर्खा भर्ती केन्द्रको खारेजी हुनुपर्दछ भनेर बोलेको लेखेको पाईन्छ तर कयौं युवाहरुले यो कुरालाई हाँसोमा उडाउने गर्दछन् । युवाहरुलाई देश मै रोजगारी हुनु पर्दछ भनेर लेखेमा, बोलेमा त्यो कुरालाई असम्भव बताउन शासकहरु जोड जोडले लागेका छन् । विदेशतिरै जानु पर्दछ ,देशमा केही व्यवस्था छैन भन्दै विदेश पठाएर हाइसन्चो बस्न पल्केका शासकहरु युवाहरु देशमा रहेमा ढुक्कसँग शासनमा रमाउन पाएका छन् ।
भाग्ने प्रवृति भएका कारण देशले दुःख पाइरहेको छ । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । उद्योग धन्दा कल कारखाना खोल्नु प¥यो भने रकम अभाव देखाउने, साधन स्रोतको अभाव देखाउने , छिटो छिटो अरुको देशमा लागिहाल्ने , अझै चाँडो निजीकरण गराउने , त्यहाँबाट आउने कमिसनमा रमाउने ,केही उत्पादन गर्नु प¥यो भने उत्पादनमा नलाग्ने अर्काले उत्पादन गरेको उपभोग गर्ने रमाउने , कुनै नयाँ अन्वेषण गर्नु प¥यो भने त्यो भन्दा छिटो अर्काले निकालेको हे¥यो वा त्यही प्रयोेग ग¥यो बस्यो वा नयाँ निर्माणबाट टाढियो । अब सरकारी स्कुलमा राम्रो पढाइ हुँदैन भने पछि त्यसलाई कसरी राम्रो बनाउने हो , पढाई राम्रो बनाउन के के उपाय अपनाउने भनेर सोच्ने होइन कि त्यहाँबाट कसरी छुटाएर बच्चालाई कता लाने हो ? त्यो सोच्ने र लैजाने त्यो ठाउँ छोडेर भाग्ने । देशमा रोजगारी पाइएन भनेर विदेशमा हिँड्दा हिँड्दा पुस्तौं गइसक्यो । विदेशमा धाउँदा नै धेरैको ज्यान गइसक्यो । देशमा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन हुन सकेन । शासक भाग्छन्, जनता भाग्छन् ,देशमा केही गर्न खोज्दैनन् । समस्या समाधान गर्न छोडेर भाग्ने भएका कारण देशले दुःख पाइरहेको छ । दीर्घकालीन सोचाई हुने हो भने देश समाजले केही दुःख पाउने थिएन । एकबोट फलफूल रोपिदिएमा निर्धारित समयमा त्यसले केही त दिइनै हाल्छ । त्यसबाट राम्रो फाइदा लिन सकिन्छ ।
उद्योगहरु सानो तिनो भए पनि खोले त्यसले केहीलाई फाइदा भइहाल्छ । थोरै संख्यामा भएपनि रोजगारीको सिर्जना हुन्छ । देश विकासमा योगदान पुग्छ । थोरै भएपनि उत्पादन गरे त्यहाँबाट दीर्घकालसम्म बाँच्ने आधारहरु बन्दै जान्छ । नेपाल देश धेरै सुन्दर छ । यहाँको हावा पानी ,यहाँको माटो धरै राम्रो छ ।हावापानी अनुसारको उत्पादन भइरहेको हुन्छ । यहाँको जडिबुटी धेरै मूल्यवान छन् । हामीले जान्ने हो भने पर्यटनबाट मात्रै पनि राम्रो आम्दानी गर्न सकिन्छ । यहाँ हरेक सम्भावना रहेको छ तर त्यो सम्भावनालाई सदुपयोग गर्ने बानीमा कमी छ । हामी केही बेरको समस्या आइलागेमा तुरुन्तै भागिहाल्ने त्यहाँ नै सम्भावनालाई साकार पार्न छाडेर हिँड्ने बानी छ । रोजगारी छैन भने पनि यही कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्दै सम्भावना खोज्ने भन्दा पनि बाहिर रोजगारी खोज्न हिँड्ने बाहिर जाने वातावरण बनाउने । विदेशमा जाने चलन १८१६को सुगौली सन्धि सँगै गोर्खा भर्तीको शुरुवात भयो । गोर्खाले विदेशमा रोजगारी पाएको मानियो । रोजगारी पाए तर देशमा केही विकास हुन सकेन । पछिल्लो समयमा त विदेशमा रोजगारीको लागि जाने चलन भयो । वैदेशिक रोजगारीमा जाने चलन चलेको देशमा प्रजातन्त्रको पुनर्वहाली पश्चात हो । व्यापकमात्रामा जाने चलन त देशमा गणतन्त्र स्थापना पछि सबै क्षेत्रमा गइरहेका छन् । वैदेशिक रोजगारीले देश विकास गर्ने हो भने त अहिलेसम्म निकै विकास भैसक्नु पर्ने हो तर त्यसो होइन । देश विकास गर्ने यहाँका जनताका बल र देश सञ्चालकको योजनाले हो । यहाँ केही छैन भन्दै हिँड्ने हो भने केही हुँदैन । अरुले आएर हाम्रो देशमा केही गरिँदिँदैनन् । जुन देश विकसित भएको छ , जुन देशले प्रगति गरेको छ त्यो देशका जनताको मेहनत पसिनाले नै हो । मानव समाजले आज सम्म जुन प्रगति हासिल गरेको छ , त्यो मेहनत , योजनाले हो नत्र केही हुन सक्ने थिएन । हाम्रा पिता पूर्खाले वन्जर भूमिलाई मेहनतपूर्वक खनी खोस्री नगरेको भए आज जमिनमा हाम्रो पुस्ताले निकै दुःख पाउनु पर्दथ्यो ।
अहिले जमिन खोस्रनु मात्रै काम त होइन तर जहाँ जहाँ उद्योग खोल्नु आवश्यक छ त्यहाँ त्यहाँ खोल्ने योजना बनाउने र कार्यान्वयनमा जोड दिने ,देशका युवाहरुलाई देश मै राख्ने ,कामको सिर्जना आफै पनि गर्न कोशिश गर्ने गर्नु पर्दछ । राज्यले धेरै नसके पनि थोरैको संख्यामा भए पनि व्यवस्थित रोजगारी सिर्जना गर्दै जानु पर्दछ । राज्यले रोजगारी सिर्जना गर्ने कामबाट भाग्नु भएन । युवाहरुले रोजगारी सिर्जना गर्न दबाव दिनु पर्दछ । कति समयसम्म हो विदेश धाउनु पर्ने नेपालीहरुले ? कति समयसम्म हो नेपालीहरुले कामको खोजीमा भागिरहनु पर्ने ? युवाहरु पलायन हुँदै जाने ,अरु नै देशमा गएर जीविका चलाउने र फर्किएर आउँदा केही नहुने अवस्था अहिलेसम्मको हो । यी सबै भइरहेको छ भागने प्रवृतिले । सरकारले रोजगारी दिनबाट भाग्दा विदेश जानु पर्ने ,सरकारी स्कुलबाट भागेर बोर्डिङ,काम गर्न छोडेर भाग्दा किनेर खानु पर्ने जस्ता कुराहरुले गर्दा देश विकास हुन सकेको छैन । देश विकासकोलागि समग्र हितको लागि भाग्ने प्रवृति त्याग्नु पर्दछ । आफ्नो देश बनाउन जे जति दुःख गरे पनि गर्नु पर्दछ । देशको नीति र नेता नराम्रो भएका कारण जनताले वर्षौं वर्ष दुःख पाइरहेका छन् । आजको पुस्ताले देशमा केही गर्न सकेमात्रै भोलिको पुस्ता यहाँ अडिने आधारहरु बन्नेछन् । देशले सोचे जस्तो हुन क्रान्ति नै गर्न पनि तयार हुनु पर्दछ । मिति २०८२ जेठ १२ काठमाण्डौ