
काठमाडाैँ : आइकोर (इन्टरनेश्नल कोओर्डिनेशन फर रिभुलुश्नरी पार्टीज एण्ड अर्गनाइजेशन ) अन्तरर्गतका महिलाहरुको दोस्रो सम्मेलन गत नोभेम्बर २६मा काठमाण्डौमा सम्पन्न भएको छ ।
सम्मेलनमा एशिया,युरोप,अफ्रिका ,दक्षिण अमेरिका लगायतका विभिन्न महादेशहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न देशबाट आउनुभएका प्रतिनिधिहरुले आ–आफ्नो धारणा प्रश्तुत गर्नु भएको थियो । सम्मेलनमा विश्वभरि नै क्रान्तिकारी आन्दोलन कमजोर बन्दै गएको , वैचारिक अवस्था अत्यन्त कमजोर रहेको, महिला आन्दोलन अत्यन्त कमजोर हुँदै गएको ,महिलाहरुको राजनैतिक अवस्थामा परिवर्तन हुन नसकेको, लैंगिक हिंसा र असमानतामा कमी आउन नसकेको विश्व महिला आन्दोलन कमजोर हुँदै गएको ,विश्वमा पर्यापरणीय संकट गहिरिँदै गएको र यसको मारमा महिलाहरु परेको, विश्वमा साम्राज्यवादी फासीवादको कारण कामदार महिला तथा मानवमाथि ज्यादती भएको ,शासकहरुले पुँजीवादी ,साम्राज्यवादीसँग मिलेर जनतामाथि दमन थोपरिरहेको,धार्मिक अतिवादको मार महिलाहरुले सहनु परेको र विश्वमा जारी युद्धमा महिलाहरुले अत्यन्त कष्ट भोग्नु परेको , महिलाहरुको घरेलु श्रमको कुनै मूल्याङकन हुन नसकेको, महिलाहरुमाथि दोहोरो शोषण कायमै रहेको ,आप्रवासी महिलाहरुले अत्यन्त कठिनाइको सामना गर्नु परेको , गृहयुद्ध तथा साम्राज्यवादी युद्धको मारमा महिलाहरु लगायत संसारभरिका मानवहरु परिरहेको विषयमा आवाजहरु उठेको थियो ।
सम्मेलनमा क्रान्तिकारी महिला संगठनका नेताहरु मनु वि.क.र अम्विका रेग्मीले नेपालमा पटक पटक आन्दोलनहरु भएता पनि महिलाहरुको अधिकार खोसिँदै गएको,देशमा रोजगारी सिर्जना हुन नसकेको, दलाल पुँजीवादले नेपाललाई खोक्रो बनाउँदै लगेको, दलाल पुँजीवादका विरुद्धमा संघर्षहरु अत्यन्त कम हुने गरेको,सच्चा क्रान्तिकारी आन्दोलन अत्यन्त कमजोर अवस्थामा रहेको,नेपालमा महिला हिंसामा कमी हुन नसकेको,महिलाहरु रोजगारीको लागि विदेश पुग्नु परेको, विगतमा क्रान्तिकारी आन्दोलनमा लागेका महिलाहरु पनि अहिले गृहणीको रुपमा बस्नु परेको, माक्र्सवादी,लेनिनवादी विचारधारात्मक रुपमा अत्यन्त कमजोर रहेको, देशमा पर्यावरणीय संकटका कारण हिमालहरु कालापत्थरमा परिणत भएको , हिउँ पहिरोहरुको सामना गर्नु परिरहेको,विश्वको तापमान वृद्धिको कारण हिमतालहरु फुट्दा स्थानीयहरुले वस्थापन सम्मको सास्ती भोग्नु परेको लगायतका विषयहरुमा आफ्नो धारणा राख्नु भएको थियो ।
भारतबाट आउनु भएकी प्रतिनिधिले भारतमा विभिन्न प्रकारका आन्दोलनहरु चलिरहेको धारणा राख्दै भारतमा जस्तै संसारभरि नै आन्दोल जारी रहेको बताउनु भयो । वहाँले आइकोर अन्तर्गतको महिला सम्मेलन जस्तो कार्यक्रमको निकै महत्व रहेको बताउनु भयो । वहाँले महिलाहरु एकता बद्ध भएर लड्नेछौं , एकताबद्ध हुनेछौं भन्नु भयो ।
दक्षिण अफ्रिकाका प्रतिनिधिले महिलाहरु लैंगिक हिंसाको मारमा पर्नु परेको धारणा राख्नु भयो । वहाँले महिलाहरु नेतृत्वको सवालमा कहाँ छन् भनेर प्रश्न गर्नु भयो र भन्नुभयो यस्तो खालको सम्मेलनले महिलाहरुमाथि हुने गरेका सबै प्रकारका असमानता र हिंसाको विरुद्धमा रणनीति तय गर्न मद्दत मिल्ने बताउनु भयो ।वहाँले महिलामाथि हुने हिंसा रुपमा फरक भए पनि सारमा एकै हो भन्नु भयो ।
नेपालबाट महिला नेतृ दूर्गा पौडेलले नेपालमा महिलाहरुमाथिको हिंसामा कमी आउन नसकेको धारणा राख्नु भयो । वहाँले निर्मला पन्तले जो बलत्कार पछि हत्या गरिएको थियो र राज्यबाट नै बलत्कारका प्रमाणहरु नष्ट गर्ने कार्य गरिएको थियो अहिलेसम्म न्याय पाउन नसकेको धारणा राख्नु भयो ।
जर्मनीबाट सम्मेलनमा सहभागिता जनाउनु भएका क्लाराले संसारभरका महिलाहरुको आर्थिक अवस्था र महिलामाथिको उत्पीडन समान रहेको धारणा राख्नु भयो र भन्नुभयो हामीहरुले उचित प्रकारको संघर्ष गर्नु पर्नेछ ।
नेदरल्याण्डबाट आउनुभएका प्रतिनिधिले यहाँको सामाजिक संरचनाको कारण महिला माथि उत्पीडन हुने गरेकोले समाजवादको उदय हुनु पर्ने धारणा राख्नु भयो । वहाँले नेदरल्याण्डमा वर्गसंघर्षको विरोध भइरहेको बताउनु भयो ।नेदरल्याण्डमा वातावरण संरक्षण सम्बन्धी संघर्षहरु भइरहेको उल्लेख गर्नु भयो । पेरुबाट आउनु भएका प्रतिनिधिले आदिवासी महिलाहरुमाथि हुने गरेका हिंसाको विषय ठूलो विषय होइन भन्ने गरेको बताउनु भयो र महिला हिंसा महिलाबाट नै हुने गरेको बताउनु भयो ।वहाँले पेरुमा महिलाहरुको राजनीतिक प्रतिनिधित्व नाजुक रहेको विभेद र शोषण कायमै रहेको उल्लेख गर्नु भयो । ट्युनिशियाबाट प्रतिनिधित्व गर्नु भएका प्रतिनिधिले आज पनि संसारमा क्रान्ति भएको छैन भन्नुहुँदै रणनैतिक रुपले नै शोषणको विरोध गर्नु पर्ने धारणा राख्नु भयो । वहाँले महिलाहरुले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदा विभिन्न प्रकारका यातनाहरु भोग्नु परेको धारणा राख्नु भयो । वहाँले महिला मुक्तिकोलागि महिला मुक्तिको मार्ग तय गर्नु पर्ने उल्लेख गर्नु भयो। युरोपीयन कन्ट्री कोओडिनेटर क्यारोलाले संसारभरिका महिला उत्पीडनका विरुद्धमा महिलाहरुले ऐक्यवद्धता अपनाउनु पर्ने बताउँदै संसारभरका क्रान्तिकारी पार्टी र महिलाहरुले महिला मुक्ति, महिला अधिकार तथा समाजवादकोलागि प्रतिबद्ध हुनुपर्ने धारणा राख्नु भयो ।
श्रीलंकाबाट आउनु भएका प्रतिनिधिले श्रीलंकाको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनु भयो । वहाँले महिलाहरुले घर भित्रैको काममा व्यस्त हुनु परेको ,गार्मेण्टमा काम गर्ने महिलाहरुलाई पारिश्रमिकको व्यवस्था राम्रो हुन नसकेको धारणा राख्नु भयो ।
जर्मनीबाट आउनु भएका गावीले महिला आन्दोलन र संघर्ष महत्वपूर्ण कुरा रहेको बताउनु भयो ।महिला आन्दोललाई महिलावादी आन्दोलनबाट अलग गर्नु पर्ने कुरामा वहाँको विशेष जोड रहेको थियो । वहाँले महिलाहरु युद्धको विरुद्धमा लड्न अनुशासित र लडाकु बनाउनु पर्ने धारणा राख्नु भयो । क्यामरुनबाट आउनु भएका प्रतिनिधिले आफूहरुले महिला अधिकारकालागि आन्दोलन उठाइरहेको धारणा राख्नु भयो । वहाँले महिलाले पैत्रिक सम्पत्ति नपाइरहेको बताउँदै महिलाहरुले पैत्रिक सम्पत्तिको दावी गर्नु पर्ने कुरा औंल्याउनु भयो। महिलाहरुको आर्थिक पक्ष अत्यन्त कमजोर रहेको रहेको छ भन्नुहुँदै वहाँले आफुहरुले महिलाको आर्थिक अवस्था उठाउन संघर्ष गरिरहेको धारणा राख्नु भयो । वहाँले महिला मुक्तिकालागि महिलाहरु लागिरहेको धारणा राख्नु भयो । इरानबाट आउनु भएका प्रतिनिधिले विश्वभरिका महिलाहरुको एकता कसरी गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण कुरा रहेको बताउनु भयो । वहाँले क्रान्तिकारी संस्थाहरुको क्रान्तिकारी नै भूमिका रहने भन्दै महिलाहरु क्रान्तिकारी संस्था पार्टीहरुमा आवद्ध हुुनु पर्ने कुरा राख्नु भयो । वहाँले पितृसत्ता र पुँजीवादको सामाजिक सम्बन्धको कारणले महिलाहरु दोहोरो मारमा रहेको उल्लेख गर्नु भयो ।
संसारभरबाट आएका महिलाहरुले आफ्नो आफ्नो देश र महादेशमा महिलाहरुले भोग्नु परेका अनेक खाले समस्याकोबारे जानकारी आदान प्रदान गर्न सम्मेलनले महत्वपूर्ण भुमिका खेलेको छ । सम्मेलनले पुँजिवादी साम्राज्यवादी फाँसिवादका विरुद्धमा एकताबद्ध हुन सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।
