
चैत्र १९ काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस,श्रमशिविर लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नं १ :
देशव्याी रुपमा जारी जनसम्बन्ध विस्तार अभियान अन्तगर्त क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले आज खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा कोणसभा सम्पन्न गरेको छ ।कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस र महिला नेतृ शारदा महत र जिल्ला नेता सुनिलले सम्बोधन गर्नुभएको थियो ।कोणसभाको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी झमप्रसाद आचार्यले गर्नुभएको थियो ।काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको जनसम्बन्ध विस्तार अभियान टोलीले खोटाङको दिक्तेल बजारमा पत्रकारहरुसँग भेटघाट गरेको छ ।भेटघाटको क्रममा अभियानको आवश्यकता, उद्देश्य र महत्वको बारेमा नेता श्रीसले जानकारी गराउनु भएको थियो । उहाँले पत्रकारहरुले राखेको जिज्ञासामा अब जनगणतन्त्रको स्थापनाले मात्रै देशमा विद्यमान संकटको निकास दिन सक्ने विषय सविस्तारमा राख्नुभएको थियो ।पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय अभियान टोलीका सदस्यहरु, ब्यूरो र जिल्लाका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष हरिबोल आचार्य, पुर्व अध्यक्षहरु दिलिप खत्री, दमन राई लगायतका जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

टोली नं २ :
अभियानको सोहौ दिन अर्थात् १९ गते १४ नम्बर ब्यूरो अन्तर्गत उदयपुर जिल्लाले बिदाई गर्यो भने १३ नम्बर ब्यूरो अन्तर्गत सप्तरी जिल्लाले स्वागत गर्ने कार्यक्रम भयो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ पन्ध्र कठ्ठेमा स्वागत कार्यक्रम सम्पन्न भयो । मधेस प्रदेश पनि प्रवेश गरेको अभियान टोलिलाई मधेसको पहिना झल्काउने गम्छा ओडाएर भब्य स्वागत गरिएको थियोे । स्वागत पश्चात् सप्तरी सुरुङ्गा वडा नम्बर १ को सिसुवारी चोकमा कोणसभा कार्यक्रम सम्पन्न भयो । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चाका कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियोे । अभियान बारे क्रान्तिकारी पत्रकार संघगठनका संयोजक तथा रक्तिमको अध्यक्ष नारायण शर्माले राख्नुभएको हो । सिस्बारी मै सहिद बेदप्रसाद भट्टराई (बादल)लाई खादा लगाएर सम्मान गरेको छ । उहाँ २०५८ फागुन नौ गते पार्टीको कामको शिलसिलामा साहदत हुनुभएको थियोे । उहाँको परिवार (श्रीमती) रमा भट्टराई सग भेटघाट गरेको छ । सहिदका सपना पूरा नहुन्जेल हामी लागिरहने प्रतिबद्धता पार्टीको स्थायी कमिटी सदस्य प्रतिकले राख्नुभयो । उहाँको परिवार रमा भट्टराईले तपाईंको पार्टीको अभियान सफलताको शुभकामना व्यक्त गर्दै सहिदलाई स्मरण गर्नुभएकोमा खुशी व्यक्त समेत गर्नुभयो । सुरुङ्गा वडा नम्बर २ करहर्वा चोकमा कोणसभा सम्पन्न भयो । किसान नेता बाबुराम सुवेदीले गर्नुभयो । सभाको सम्बोधन पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य कमरेड गगनले गर्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले दिनुभएको थियोे । सप्तरी जिल्ला सुरुङ्गाको कदमाह चोकमा कोणसभा गरियो । सभाको संचालन सप्तरी जिल्ला सचिवालय सदस्य बानेश्वर चौधरीले गर्नुभएको हो । मजदुर नेता एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले अभियान बारे र पार्टीको धारणाहरु राख्नुभएको थियोे । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । सप्तरी खडक नगरपालिका वडा नम्बर ५ खरचुहिया बजारमा कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभयो । सभाको सम्बोधन पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् रामनारायण सिंहले राख्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो ।

टोली नं ३ः
चैत्र १८ गते विहान डुडुवा गाउँपालिका(५ को मिलनचोक (कम्दी)मा स्थानीय महिलाहरूसँग छलफल अन्तरक्रिया भएको थियो। उक्त छलफलमा पिबिएम तथा ३ नम्बर व्यूरो ईन्चार्ज लालबहादुर जाग्री, अभियान टोली सदस्यहरू नारायण योगी र कमलराज रोकाया (विपिन) पनि सहभागी हुनुभएको थियो। सोनारी गाँउपालिकाको वार्ड नं–५ को सुनखोली सामुदायिक वन उपभोक्ता समितीको भवनमा प्रशिक्षणात्मक सभा सम्पन भएको थियो। कार्यक्रमको प्रमुख अतिथि अभियान टोली सदस्य तथा स्थायी समिति सदस्य कृष्णराज पौडेल हुनुहुन्थ्यो। कार्यक्रममा ३ नम्बर व्यूरो ईन्चार्ज तथा पिविएम लालबहादुर जाग्री, पिबिएम सिपि शर्मा, पिबिएम शेरबहादुर देउवा र पिबिएम नारायण योगीलाई अतिथि आसन ग्रहण गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि कृष्णराज पौडल मन्तब्य राख्नु भएको थियो। खेलकुदलाई देश निर्माणको कामसंग जोडिनु पर्दछ। खेलकुदलाई विशुद्ध खेलिने कुरामा मात्र जोडिनु हुदैन भन्नु भयो। प्रचण्ड दश बर्षे माओवादी जनयुद्धको जगमा टेकेर सत्तमा गए। र उनी दलाली र भ्रष्टाचारमा डुबे। अब प्रचण्डहरुले हाम्रो पक्षमा काम गर्दैनन्। उन्ले दलाल नोकरशाही पुँजीपति वर्गको सेवा गर्छन् भन्नु भयो। कार्यक्रममा मन्तब्य राख्दै अर्को वक्ता लालबहादुर जाग्रीले यो व्यवस्था ठेकेदार, माफिया र घुसखोरीहरुको पक्षपोषण गर्ने व्यवस्था हो। गरिब किसान र मजदुरको हित गर्ने यो व्यवस्था होइन। यस्तो किन हुन्छ? यसका पछाडिको कारण के हो ? जनसम्बन्ध विस्तार अभियानले जनताको वस्तीमा यही भेद खोल्ने छ उहाँको भनाइ थियो। कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सदस्य भक्तबहादुर राना, सञ्चालन बाँके जिल्ला सचिव गुणनिधि आचार्य र अध्यक्षता जिल्ला सदस्य अनन्त भण्डारीले गर्नु भएको थियो। कार्यक्रममा जापान गोजुरियो कराते मिशन संघ नेपालका कर्णाली प्रदेश ईन्चार्ज तथा राप्ती सोनारी गाँउपालिकाका प्रशिक्षक भक्तबहादुर रानाको नेतृत्वमा रहेको टिमले माया तथा डेमो पर्दशन गरेको थियो। अभियान टोली सदस्य तथा थारु जनगायक नारायण योगीले सिमली छायाँमा बोलको गित गाउनु भएको थियो।राप्ती सोनारी गाँउपालिका (५ विनौनामा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई हरिकिसन न्यौपानेले सम्बोधन गर्नु भएको थियो। अहिले यो संविधाने दिएको अधिकारलाई पनि उपभोग गर्न दिएको छैन। राज्यले मिटर ब्याजे, लघुवित्त संघ संस्था, र शहकारी तथा बैंक को माध्यमबाट गरिब जनताकको उपर खेति गरेको छ र दललाहरुको माध्यमबाट घुमाउरो बाटो गरी खेती असुली गरेको छ भन्नु भयो।
राप्ती सोनारी गाँउपालिकाको वार्ड नंवर ४ को बैजापुरमा कोणसभा सम्पन्न भएको छ। कोणसभाको सञ्चालन जिल्ला सचिव गुणनिधि आचार्यले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम नारायण योगीले गर्नु भएको थियो। गत १५ गते पत्रकारलाई जिउँदै जलाउने देखी जुन प्रकारको हर्कत प्रतिगमनकारीहरुले गरेकाछन् त्यो निकै निन्दनीय छ भन्नु भयो। लाखौं युवाहरु विदेश पलाएन गराउने काम भएको छ। देशमा कल कारखानाको स्थापना गरिएको छैन। किसानहरुको उत्पादितराप्ती सोनारी गाँउपालिका३ उज्यालो बजार को भवनियापुरमा प्रचार वितरण गरियो। त्यसपछि राप्ती सोनारी गाँउपालिका(२ को अगैया बजारमा ब्यापक प्रचार बितरण पछि कोणसभा गरेको छ। कोणसभालाई अभियान टोली सदस्य दिपक बिष्टले सञ्चालन गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। जनतन्त्र धनतन्त्रमा परिणत भएको छ। चुनाव सर्वसाधारणको पहुँच भन्दा धेरै टाडाको विषय बनेको छ। अकुत पैसा खर्चेर चुनाव जित्नेहरुलाई जनताको चुलो चौका संग मत्लब छैन। सिमा अतिक्रमण संग मतलब छैन। शिक्षा स्वास्थ्यको बारेमा उनीहरुलाई मतलब नै छैन। मतलब छ त चुनाव खर्च असुल्ने र अर्को चुनावको योजना वनाउने। कसरी देश बन्छ हरु उहाँले देश वासीलाई गम्भीर हुन अनुरोध गर्नु भयो। यस्को निकास प्रतिगमन होईन देश अग्रगमन को बाटोमा जानुपर्छ भन्नुभयो।



टोली नं ४ :
यस टोलीले सुर्खेतको पञ्चकुमारी नपाको बाबियाचौरमा बिहानमा कोण सभा सम्पन्न भएको छ ।कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डोटी जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य निलम ओलीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सुर्खेत जिल्ला सेक्रेटरी तथा केन्द्रीय सदस्य रत्न ओलीले गर्नु भएको थियो । त्यसरी नै टोलीले पञ्चकुमारी नपाको पलैटमो कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सदस्य रत्न ओलीले सञ्चालन गर्नु भएको थियो । टोलीले आजै सुर्खेतको बराह ताल गाउँपालिकाको बड्डी चौरमा अभियान टोलीले कोण सभा गरेको छ । सभालाई २ नं व्इूरो इञ्चार्ज राबहादुर चौधरी र सुर्खेत जिल्ला सचिव रत्न ओलीले बोल्नु भएको थियो। कोण सभालाई केन्द्रीय सदस्य दिनेश थापाले सञ्चालन गर्नु भएको थियो । सबै कार्यक्रमहरुमा वीर बहादुर वि.क.ले जनवादी गीत गाउनु भएको थियो ।टोलीले ठाउँ ठाउँमा व्यापक रुपमा भित्तेलेखन ,पर्चा वितरण गरेको छ ।इ