गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

वसन्त बोगटी/काठमाडौँ : महासंघको कारखाना जाऔं अभियान गलैंचा उद्योग र मजदुर बीचमा पुगेको छ । यसै बीच अभियानले नारायण गलैंचा उद्योगमा एन पहरीको संयोजकत्वमा १९ सदस्य इकाई कमिटी निर्माण गरेको छ ।

अभियानमा क्रान्तिकारी गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकी, सह संयोजक अरुण श्रेष्ठ र वसन्त बोगटीको उपस्थिति रहेको थियो । गत २७ गते केन्द्रीय अधिवेशन सम्पन्न लगत्तै क्रान्तिकारी गलैंचा मजदुर संघले न्यूनतम ५ हजार मजदुर संगठित गर्ने र एक सय इकाई निर्माण गर्ने लक्ष्य सहित कारखाना जाऔं अभियान अघि बढाएको छ ।

गलैंचा क्षेत्रमा बालश्रम यथावत छ । यस क्षेत्रमा ठूला निर्यात कम्पनीहरुले मझौला तथा लघु उद्योग र श्रमिकहरु माथि चर्को श्रम शोषण गर्दै आएका छन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?