जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरुले बुझाइयो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

पोखरा : सहकारी पीडितहरुको पक्षमा कास्की जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरुव्दारा ४ नं. प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
सहकारी पीडितहरुलाई न्याय दिन, सहकारी कसुरधारीलाई कानुनी कारवाही गरी बिधीको शासन स्थापित गर्न , पीडितहरुको पक्षमा आवाज उठाउन अव विलम्ब गर्न हुदैन भन्ने निश्कर्षका साथ समस्याग्रस्त सहकारी बचत पीडितहरुको बचतको सुरक्षा, बचतकर्ताको बचत फिर्ता , सहकारी रकम अवचलन गर्नेहरुको छानविन गरी कानुनी कारवाही , आन्दोलनरत बचत पीडितहरुको जिउधनको रक्षा , पीडितहरुलाई धम्क्याउनेहरुलाई कानुनी कारवाही ,सहकारी सञ्चालकको सम्पत्ति बेचेर ५ लाखसम्मको बचत फिर्ता गर्ने संघिय सरकारको घोषणा व्यवहारमा लागु र सहकारी सन्चालन तथा सहकारी कसुर सजाय ऐन जारी गर भन्ने मागसहीत ४ नं. प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।


ध्यानाकर्षणमा माथि उल्लेखित मागहरु अविलम्ब पुरा गर्न ध्यानाकर्षण गर्दै यदि पीडितहरुका निम्न मागहरु पुरा नभएमा हामी चरणवद्ध दवाबमुलक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौं भनिएको छ ।
.विभिन्न राजनीतिक दलहरुका प्रतिनिधीहरुको हस्ताक्षरीत ध्यानाकर्षण पत्र तल दिइएको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?