
काठमाण्डौ : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट टेक्नोलोजी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र त्यहाँ अध्यययनरत नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय दमनको नेपाली विद्यार्थी संगठनहरुले घोर भत्सर्ना गर्दै नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग गरेका छन् । घटनाको सन्दर्भमा नेपालमा क्रियाशिल विभिन्न तीन विद्यार्थी संगठनहरुले वक्तव्य प्रकाशित गर्दै मृतक प्रकृतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक तन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ , अखिल पाँचौका अध्यक्ष पवित्रा आचार्य , अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भटराईले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको घोर भत्सर्ना गरिएको छ र घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न नेपाल सरकारलाई तत्काल कुटनीतिक पहल गर्न जोडदार माग गरेको छ ।वक्तव्यमा अगाडि भनिएको छ ।–
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईभाइटी) विश्वविद्यालयमा बी. टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृर्ति लम्सालको आइतबार साझ होस्टेलमा भएको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीले अनुसन्धान र कार्वाहीको माग गर्दा केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गर्नुका साथै जबरजस्ती छात्रावासबाट निकाल्ने र केआईआईटीका रजिस्टारले नेपाली विद्यार्थीलाई अर्को सुरचना नआएसम्मका लागि तत्काल छात्रावास छाड्न गरिएको सुचना, अमानवीय, कुरुर, निकृस्ट कार्य, करीब १ हजार नेपाली विद्यार्थीबाट ५ सय भन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशनमा ल्याएर अलपत्र छाडिएको घटनाको संयुक्त विद्यार्थी संगठन घोर बिरोध र भत्र्सना गर्दछ ।
नेपाली विद्यार्थीमाथी भएको यस अन्याय र दुव्र्यवहारका विरुद्ध नेपाल सरकारले नेपाली दुताआवास मार्फत नेपाली विद्यार्थीलाई न्याय दिलाउन कुटनितिक पहल समयमा नगर्नुले नेपाल सरकारको सक्षमतामा प्रश्न उठेको छ । लाखौं नेपाली विद्यार्थीलाई नेपालबाट पढ्नको लागि विदेश पढाउने नेपाल सरकारले नेपाली विद्यार्थीको मानव अधिकारको रक्षा गर्न नसकेको विभिन्न नेपाली विद्यार्थी माथी हुनेगरेको अमानवीय घटनाहरुले प्रस्ट पार्दछ । नेपाल सरकार नेपाली विद्यार्थीलाई स्वदेशमानै उच्च शिक्षा अध्ययन गर्ने वातावारण निर्माण गर्न शिक्षा तथा रोजगारीमा भएको समस्याहरुको समाधान खोज्नुको सट्टा नेपाली विद्यार्थीलाई विदेश पठाउन उद्धत देखिन्छ । नेपाली विद्यार्थी आज राज्यको शिक्षा र रोजगारी नितिका कारण स्वदेश तथा विदेशमा अन्याय, अत्याचार, दुव्र्यवहारको शिकार हुनुका साथै मृत्यु समेत हुन परिरहेको अवस्था छ ।
संयुक्त विद्यार्थी संगठन (केआईआईटी) मा मृत्यु भएका विद्यार्थी प्रकृति लम्साल प्रति हार्दिक श्रद्धान्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यस घटनामा संलग्न दोसी माथि कडा कार्वाही गर्न माग गर्दछ । (केआईआइटी) प्रशासनले नेपाली विद्यार्थी माथी गरेको चरम दुव्र्यवहार, दमन अमानविय, त्र्रmुरता र निकृष्ट कार्यको छानविन गरी कलेज प्रशासनलाई कानुनी दायरामा लिई कार्वाहीका लागि नेपाल सरकारलाई तत्काल कूटनितिक पहल गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । आगामी दिनमा यस प्रकारको घटना दोहोरिन नदिन करीव ७१ ओटा देशमा अध्ययन अनुमती लिई विदेशीएका नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर्न, सुरक्षित अध्ययन गर्ने वातावरण निर्माण गर्न र मानव अधिकारको रक्षा गर्न नेपाल सरकार समक्ष माग गर्दछौं ।