भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता ध्रुवनारायण निधन

काठमाडाैँ : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)मासलाईनका एक महत्वपूण नेता धु्रव नारायणको २०२५फ्रेब्रअरी १२ मा असामयिक निधन भएको छ भारतीय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा उहाँ पाँच दशक देखि सक्रिय व्यक्तित्व हुनुहुन्थयो। अवसरवाद र संकीर्णतावादको विरोधी नेताका रुपमा उहाँको परिचय बनेको थियो।

१९५७ अगष्ट ३० मा उहाँको जन्म भएको थियो । उहाँको बुवा जयनारायण मिश्र पटना विश्वविद्यालयको प्रोफेसर र आमा शान्ति मिश्र हुनहुन्थ्यो ।भाकपा –माले )का सदस्य र कार्यकर्ता हुनुहुथ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।हिन्दी र अंग्रेजी भाषामा उहाँ बोल्न लेख्न सक्नु हुन्थ्यो। जयप्रकाश नारायणद्वारा प्रेषित चत्र युवा बाहिनीले नेतृत्व गरेको विद्यार्थी आन्दोलनको बेलामा उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो।

पछि उहाँ विहार विद्यार्थी संघको महत्वपूर्ण नेता बन्नुभयो। विहारमा विद्यार्थी संगठनमा काम गर्ने बेलामा उहाँले भा.क.पा. (माले) मा प्रवेश गर्नुभयो। १९८२ मा भारतका विभिन्न विद्यार्थीसंगठनहरुको एकता गरी भारतीय विद्यार्थी संघबनाइएको थियो। त्यस विहार विद्यार्थी संघ पनि सामेल भयो । विद्यार्थी संगठनको एकता गराउनमा ध्रुवनारायणको महत्वपूर्ण भूमिका थियो। भाकपा –माले) विभाजित हुँदै जाँदा थुप्रै समुह बने । धु्रवनारायण पि.सि.सि समुहमा रहनुभयो। उहाँले आलोक उपाध्याय सिमान्तकृत सित मिलेर दलित ,आदिवासी, मुस्लिम ,शिख, क्रिस्चियन सहितको नेटवर्क तयार गर्नुभएको थियो। माक्र्र्र्सवादी र प्रगतिशील साहित्य प्रकाशनमा उहाँको महत्वपूर्ण योगदान रह्यो।

उहाँ रेन्बो पब्लिकेशन म्यानेजिङ डाइरेक्टर हुनुहुन्थ्यो। पि.सि.सि. (प्रोभिजनल ,सेन्ट्रल कमिटी भारतीय कम्यनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी ) भाकपा माले प्रजापन्थ र भाकपा –माले क्रान्तिकारी पहलकदमी आर आई तीन पार्टी मिलेर भा.क.पा. माले मासलाईन गठन भएको थियो । उहाँ पार्टीको महत्वपर्ण नेता हुनुहुन्थ्यो । हिन्दी र अंग्रजी भाषामा प्रकाशित हुने मासलाईन पत्रिकाको सम्पादक मण्डलको उहाँ सदस्य हुनुहुन्थ्यो ।गत मंसिर १३ देखि २३ सम्म काठमाण्डौमा सम्पन्न क्रान्तिकारी कम्यनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनम धु्रवनारायण पार्टीको तर्फबाट अतिथिको रुपमा उद्घाटन भाषणलाई सम्बोधन गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?