नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

काठमाडौँ: पाल्पाका नौ महिने बालकमा विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्क्युलर एट्रोपी’ रोग देखिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका नौ महिने छोरा सृजम बिष्ट उक्त रोगबाट ग्रस्त भएका छन ।

बालक सृजम चार महिनाको हुँदासम्म कुनै समस्या नरहेको र त्यसपछि बिस्तारै समस्या देखिन थालेपछि परीक्षणको क्रममा धेरै अस्पतालहरुमा लगिएको र दिल्लीस्थित बिएलके म्याक्स अस्पतालमा परीक्षणको क्रममा उक्त रोग लागेको पत्ता लागेको परिवारिकले जनाएको छ ।

यो रोगको उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि अमेरिका लैजानुपर्ने र खोपकै लागि नेपाली २८ करोड रुपैयाँ खर्च हुने बुवा महेन्द्र विष्टले बताए । उनको रोग पहिचानकै लागि बिभिन्न अस्पतालमा लैजाने क्रममा सात लाख रकम खर्च भईसकेको र अमेरिका लैजाने रकम जोहो गर्न नसक्ने अवस्था रहेकोले उनले आर्थिक सहयोगको लागि अपील गरेका छन् ।

उक्त रोग लागेपछि बच्चामा नशा सुक्दै जाने, मासु नबढ्ने, उठ्न बस्न नमिल्ने, पटक पटक निमोनिया हुने, खाना नपच्ने लगायतका समस्या देखिएको आमा सृजनाले बताईन् ।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?