अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीयद्वारा डाक्टर र नर्समाथि हातपात

ललित विष्ट / कालीकोट : २२ श्रावण २०८३ — कालीकोटको पताँला गाउँपालिका–९ थिर्पुस्थित पताँला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि अस्पतालभित्रै कुटपिट भएको छ। अस्पतालभित्र इन्टरनेट (वाईफाई) चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १:५० बजेतिर मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्र मण गरेका हुन्।

प्रमुख विवरणहरू

स्थान: पताँला अस्पताल, पताँला गाउँपालिका–९ थिर्पु, कालीकोट

समय: शुक्रबार दिउँसो १:५० बजे

पीडित स्वास्थ्यकर्मी: मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरी

संलग्न व्यक्तिहरू: स्थानीय मैना बम, उनका १४ र १५ वर्षका दुई छोराहरू तथा अन्य स्थानीय

स्थानीय मैना बमका १४ र १५ वर्षका दुई छोराहरू अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। घर अस्पताल नजिकै भएकाले उनीहरू बारम्बार वाईफाई चलाउन अस्पताल आउने गर्दथे।

डा. अली र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन आग्रह गर्दा उनीहरू ‘यहीँ बसेर चलाउँछौँ, कसले के गर्छ?’ भन्दै आ क्रोशित भएका थिए। त्यसपछि सुरक्षा गार्डले उनीहरूलाई बाहिर निकाल्न खोज्दा ती दुई किशोर, उनीकी आमा मैना बम र अन्य स्थानीय मिलेर डाक्टर तथा नर्समाथि आ क्रमण गरेका हुन्।

डा. अलीका अनुसार वाईफाई चलाउने बहाना बनाएर उनीहरू नियोजित रूपमै आ क्रमण गर्न आएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। हिमालयदैनिक डट कमबाट

By जन बिहानी

Related Posts