राजनीति

सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

काठमाडाैँ : नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले फागुन १० गते कारण देखाउ आदेश जारी गरेको छ । माननीय न्यायधीश टेकप्रसाद ढुङ्गानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो सोको कानुन बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत २०८२ फागुन १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारी भएको हो । सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी ,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फर्णिन्द्र कार्की लगायतको बहस रहेको थियो ।नेकपा अध्यक्ष ऋषि कट्टेल फागुन ६ गते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सचिव अर्घाखाँचीका जिल्ला सचिव राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव राजेन्द्र नेपालीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । अर्घाखाँची सन्धिखर्कमा निर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा पर्चा सहित पक्राउ गरिएको डिएसपीको भनाइ रहेको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएकोमा आजै रिहा गरिएको जानकार प्राप्त भएको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

काठमाडाैँ : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्दीय समितिद्वारा निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक सार्वजनिक गरेकाे छ । बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकाे पाेष्टरमा 'संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ !, मार्क्सवाद-लेनिनवाद-माओवाद - जिन्दावाद !, नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद ! साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ !, स्वाधीन संयुक्त सरकार गठन गरौँ !' भन्ने नारा उल्लेख गरिएकाे छ । पाेस्टर यस प्रकार रहेकाे छ
Read More
महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

काठमाडौँ : विश्वभक्त दुलाल (अाहुती) नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र अध्यक्ष ऋषि कट्टेल को गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा हिजो फागुन ५ गते काठमाडौंबाट दुबै नेताहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा भर्त्सना गरिएको छ। विज्ञप्तिमा राष्ट्रियता, जनअधिकार र समाजवादको पक्षमा संघर्षरत नेताहरूको यस्तो गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत चुनौती दिएको उल्लेख गरिएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारलाई यस्ता दमनकारी कदमतर्फ नजान चेतावनी दिँदै महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर्न माग गरेको छ।
Read More
धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।वक्तव्यमा सुशीला कार्की नेतृत्वको…
Read More
नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक दलहरू सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेको छ । समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल र बिनाशर्त रिहाइको माग गरेको छ । संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार, अध्यक्ष ऋषि कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीले बिना कारण र बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिई हाल टेकुस्थित अपराध महाशाखामा राखेको जनाइएको छ । त्यस्तै,…
Read More
कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई बिना कारण र बिना पक्राउ पूर्जी गिरफ्तार गरिएकोप्रति घोर भत्र्सना गर्दै विनाशर्त शीघ्र रिहाइको लागि माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज २०८२ फागुन ६ गते नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड ऋषि कट्टेललाई कीर्तिपूरको ट्याङ्ला स्थित उहाँको पार्टी कार्यालयबाट सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले बिना कारण र बिना पूर्जी गिरफ्तार गरेको छ । अहिले उहाँलाई टेकु स्थित अपराध महाशाखामा राखिएको छ । यो गिरफ्तारीबाट सरकार उहाँको पार्टीले लिएको आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीतिका कारण डराइरहेको र संविधानप्रदत्त मौलिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

काठमाडौं : नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते सैनिक मन्चबाट नेपालका राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति र प्रधानमन्त्रीले परेड मैदानमा अमेरिकी सेनाको परेड–नृत्य हेरिरहेको दृश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेनजी “विद्रोह” मा नेपाली जनताको विश्वास गुमाएको नेपाली सेनाले पुनः बचेखुचेको साख पनि गुमाएको ठहर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “हरेक देशको सेना त्यस देशको सार्वभौम सत्ता र स्वाधीनताको रक्षक हुनुपर्नेमा “परम्परा” र “नियमित प्रक्रिया” का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य हो । हाम्रो पार्टी सरकार र सेनालाई आधिकारिक धारणा सार्वजनिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

 सुदर्शन काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सुदर्शनलाई प्रवक्ता चयन गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले सुदर्शनलाई प्रवक्ता चयन गरेको हो। २०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पार्टीको प्रवक्तामा सुदर्शन हुनुहुन्थ्यो र एकता महाधिवेशनपछि पार्टीले प्रवक्ताको ठेगान गरेको थिएन। सुदर्शन,स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदर्शन २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौं)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न हुनुभएको थियो। २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र)को विद्यार्थी संगठन अनेरास्वविय एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति सम्म चार वर्ष विद्यार्थी…
Read More
रास्वपा उम्मेदवार बिक्रम खनाललाई निर्वाचन बहिष्कारको पर्चा !

रास्वपा उम्मेदवार बिक्रम खनाललाई निर्वाचन बहिष्कारको पर्चा !

"साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनको औचित्य छैन"नवलपरासी : निबर्तमान नेपाली काँग्रेसका नेता तथा हालका रास्वपा उम्मेदवार बिक्रम खनाललाई ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनबाट देशको रास्ट्रिय स्वाधीनता रक्षा हुदैन’ निर्वाचनको सशक्त बहिष्कार नै आजको अपरिहार्य आवश्यकता हो’ भन्ने अपिल सहित बहिष्कारको पर्चा दिइएको छ । आइतबार नवलपरासीको बर्दघाट -४ शान्तिनगर चोकमा मत माग्न हिडेको खनालको टोली र निर्वाचन बहिष्कार पक्षधर सङ्ग जम्का भेट भएको थियो । क्राकपा नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सेक्रेटरी तथा चार पार्टी सम्मीलित संयुक्त संघर्ष समिति जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेलगायतका नेता कार्यकर्ताले मत माग्दै हिडेका खनाललाई बहिष्कारको अपिल…
Read More