राजनीति

नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

सुर्खेत : ने.क.पा. (बहुमत) को भेरी कर्णाली ब्युरो सदस्य प्रकाश आचार्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधबार उनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा (बहुमत)ले पार्टीको नीति, विधि, विधान पद्धती भन्दा पनि स्वहन्छाचारी ढंगले चलेकाे बताएका छन् । विज्ञप्तिकाे पूर्णपाठ – मितिः २०८३/०२/०६गतेप्रेश विज्ञप्तीविगत लामो समय देखि धुप्रियको भ्रष्टचार, शोषित पिडीत नेपाली श्रमजिवि जनताको पूर्ण वर्गिय मुक्तिको आशा गरेको महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट खाएको धोका र नव उपनिवेशिक आर्थिक सामाजिक स्थितिले जन्मायको दलाल तथा नोकरशाह पूँजीवादी त्यसको राज्य व्यवस्था अर्थात दलाल संसदिय व्यवस्थाको अन्त्य गरी नयांजनवादी क्रान्तिको खुट्किलो पार गरी नेपालमा वैज्ञानिक समाजवादी राज्य स्थापनाका…
Read More
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं : भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बालेन्द्र साह नेतृत्वको सरकारले गरेको फासिवादी बर्बर दमनका विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएमहरु दिनेश शर्मा सागर, चिन्तामणि पौडेल, सुरेश श्रेष्ठ, नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पीवीएम राजकुमार हिङमान, नेकपाका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख अर्जुन कार्की लगायतका नेताहरुले गर्नुभएको थियो । बिजुली बजार पुलबाट निकालिएको जुलुस माइतीघर मण्डलामा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज…
Read More
‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

सुकुम्बासी तथा आम जनसमुदाय !बालेन्द्र शाह नेतृत्वको सरकारले सपथ खाएको भोलिपल्टैदेखि फासीवादी शैली अपनाएको कुरा सर्वविदितै छ । वैशाख १२ गतेदेखि भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी बस्तीहरूमा काठमाडौँको थापाथलीबाट चलाइएको डोजर आतङ्क अदालतको आदेश आउने दिनसम्म जारी रह्यो । यसरी वैकल्पिक व्यवस्था नगरिकन किन सुकुम्बासी बस्तीमा डोजर लगाएको भनी सोधिएको जनताको प्रश्नको उत्तरमा सरकार भन्छ, “सरकारी जग्गा अतिक्रमण गरी बसेकोले ।” आम जनताले पुनः प्रश्न गरेका छन्, “के सुकुम्बासीहरु नेपाल सरकारका जनता होइनन् ?” सरकारले यसको कुनै जवाफ नदिई देशभरि सुकुम्बासी बस्तीहरुमा डोजर चलाइरह्यो । आज आएर अदालतले सुकुम्बासी बस्तीहरुमा डोजर नचलाउन आदेश गरेको स्थिति छ । सुकुम्बासी को हुन्…
Read More
‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हिमलाल वाग्ले, कपिलवस्तु : जनताको अधिकार कुण्ठित गर्ने षडयन्त्रको विरोध गरौं भन्ने मूलनाराको साथमा १३७ औँ मजदुर दिवस भव्यताका साथ सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेको अध्यक्षतामा र पार्टीका जिल्ला सचिवालय सदस्य ज्ञानीराम पुरीको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो। कमल उप्रेतिले कार्यक्रमका अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो। सुदर्शनले मजदुर दिवसको ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो , “ सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा  प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा प्रशिक्षण सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय सदस्यका बीचमा चार स्थानमा अन्तक्र्रियात्मक प्रशिक्षण सम्पन्न गरेको छ । काठमाडौंमा वैशाख १९–२१ मा सम्पन्नब्यूरो नं ८,९ र १० मा कार्यरत केन्द्रीय सदस्यहरुको लागि अन्तक्र्रियात्मक प्रशिक्षण काठमाडौंमा बैशाख २१ मा सम्पन्न भयो । वैशाख १९ गते उद्घाटन कार्यक्रमको अध्यक्षता महासचिव गौरवले गर्नुभएको थियो ।गौरवले संघर्षको नेतृत्व गर्न सक्ने क्षमतावान पार्टी बनाउन नेता, कार्यकर्ताको स्तर उठाउन यसप्रकारको कार्यक्रम आवश्यक भएको बताउनुभएको थियो । उद्घाटन कार्यक्रमको संचालन राजवीरले गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा असीमले “तात्कालिक राजनीतिक परिस्थिति”, प्रतिकले “माक्र्सवाद र संशोधनवाद”, बसन्तले “संघर्षको कार्यक्रम”, राजवीरले “राष्ट्रिय एकता महाधिवेशनद्वारा पारित संगठनात्मक प्रस्ताव”, असिमले “विधान”…
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

सीपी गजुरेल काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका बीच गठित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले काठमाडौंमा “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचारगाेष्ठी गर्ने निर्णय गरेकाे छ ।समितिका संयोजक गौरवको अध्यक्षतामा बसेकाे बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा समीक्षा गरी यही वैशाख ११ गते “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचार गोष्ठी गर्ने निर्णय गरेको हाे । गोष्ठीको समय र स्थानबारे भने पछि जानकारी गराइने केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा जारी प्रेस वक्तव्यमा जनाइएकाे छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

(२०८२ चैत्र १७–१९ मा सम्पन्न के. स. बैठकमा महासचिव क. गौरवद्वारा प्रस्तुत एवम् पारित) प्रिय कमरेडहरु,क्रान्तिकारी अभिवादन ! हामी आज पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उपस्थित भएका छौं । यस अवसरमा सर्वप्रथम म विभिन्न कालखण्डमा नेपालमा भएका जनआन्दोलन, जनसङ्घर्ष, जनयुद्ध र विभिन्न प्रकारका न्यायपूर्ण सङ्घर्ष तथा विश्व सर्वहारा क्रान्ति एवम् राष्ट्रिय मुक्ति आन्दोलनका क्रममा सहादत प्राप्तगर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, सहिद तथा बेपत्ता परिवारजनमा समवेदना व्यक्त गर्दछु । हाम्रो देश नेपाल मात्र होइन पुरा विश्व नै एउटा…
Read More
अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गर्याे : महासचिव गाैरव

अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गर्याे : महासचिव गाैरव

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७ औं जनआन्दोलन दिवस मनाएको छ । पार्टी कार्यालय कुपण्डोलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि भएको चुनावमार्फत् अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको छ । उहाँले यदि जनयुद्धको घोषित लक्ष्य अनुसार नेपालमा जनगणतन्त्र स्थापना भएको भए साम्राज्यवादले यसरी सत्ता कब्जा गर्न सक्ने स्थिति रहने थिएन भन्नुभएको छ । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको अध्यक्षता तथा पार्टी पीवीएम चिन्तामणि पौडेलको सञ्चालमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गजुरेलले भन्नुभयो, “अहिलेको चुनावी परिणामबाट क्रान्तिकारीहरु आत्तिनु पर्दैन, हामीलाई यो निर्वाचन कुनै अर्थ र महत्वको थिएन । यो निर्वाचन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७औं जन आन्दोलन दिवस मनाउदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७औं जन आन्दोलन दिवस मनाउदै

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले ३७औं जन आन्दोलन दिवस मनाउने खबर प्राप्त भएकाे छ । पार्टी स्राेत अनुसार 'संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं !, मार्क्सवाद-लेनिनवाद-माओवाद - जिन्दावाद !,नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद !, स्वाधीन संयुक्त सरकार गठन गरौं !' भन्ने नारासहित ३७औं जन आन्दोलन दिवस आज १२ बजे २०८२ चैत २४ गतेललितपुरकाे कुपण्डोल स्थित पार्टी सम्पर्क कार्यालयमा मनाउन लागेकाे' आयोजकले जनाएकाे छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको २०८२ चैत्र १७ देखि १९ सम्म दाङ, घोराहीमा सम्पन्न भएको पांचौं बैठकमा प्रस्तुत तथा पारित समसामयिक प्रस्तावहरु ।(क) अन्तर्राष्ट्रिय विषयहरुः१. डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पतोन्मुख अवस्थामा रहेको अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व कायम राख्न आक्रामक नीतिहरु अवलम्बन गर्दै आएकाछन्। सो प्रकृयामा अमेरिकी साम्राज्यवादले २०८२ पौष १९ मा दक्षिण अमेरिकी देश भेनेजुयला माथि विशेष सैन्य कार्रवाई गरि त्यहांका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई लागू औषधको अवैध व्यापारमा संलग्न रहेको कथित आरोप लगाएर गिरफ्तार गरेर निकोलस दम्पत्तिलाई अमेरिकाको न्युयोर्क शहर स्थित बन्दिगृहमा थुनुवा अवस्थामा राखेको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवाद…
Read More