राजनीति

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार एक प्रेस वक्तव्य जारी गरी ‘कञ्चन समूह’लाई दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । वक्तव्यमा कञ्चन समूहले दावी गरेजस्तो पार्टी एकता असफल नभएको समेत स्पष्ट पारेको छ । पार्टी संयोजक किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु…
Read More
उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

काठमाडौँ, साउन ८ गते । ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको बताउनुभएको छ ।  प्रतिनिधि सभामा जवाफका क्रममा ओलीले व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिचको विवाद संवादका माध्यमबाट टुङ्गो लगाउनुपर्ने पक्षमा सरकार रहेको पनि प्रस्ट पार्नुभयो । ओलीले आफूले मिनाहाको पक्षमा कुनै अभिव्यक्ति नदिएको समेत बताउनुभयो ।  विद्युत् महसुल मिनाहाको पक्षमा धारणा राखेको भन्ने भनाइ भ्रामक रहेको प्रधानमन्त्रीको भनाइ थियो । “विद्युत् महसुल ट्रङ्क लाइनसम्बन्धी अथवा डेडिकेटेड लाइनसम्बन्धी महसुल तिर्नुपर्ने र नतिर्नुपर्ने तर्क भइरहेका छन् । उद्यमी, व्यवसायी र विद्युत् प्राधिकरणबिचको…
Read More
धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने ५ नं. प्रदेश पार्टीको निर्णय

धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने ५ नं. प्रदेश पार्टीको निर्णय

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर संगठन समितिको दोस्रो पुर्ण बैठक शनिवार दाङको भालुवाङस्थित राप्ती उद्योग बाणिज्य संघको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । शुक्रवार प्रदेश कार्यालयको बैठक र शनिवार सम्पन्न पुर्ण बैठकले पार्टी सहसंयोजक कमरेड कंचन पक्षले अप्रत्यासित रुपले पार्टी एकता भंगको घोषणा गरेको ठहर गर्दै उच्च साहस, धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेको छ । बैठकले महाधिबेशनका लागि बैचारिक बहसको प्रारम्भ भई सकेको अवस्थामा एकता भंगको कुरा आउनु दुःखद रहेको उल्लेख गर्दै उक्त पक्षबाट भम्रहरु सिर्जना गर्न खोजिएकोे र जनतामा अन्य एकता बिरोधीहरुले समेत भम्र दिएको हुदाँ भ्रमबाट मुक्त भई क्रान्तिकारी…
Read More
पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ । २०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल…
Read More
जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको उल्लेख गर्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रेस वक्तव्यमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “हिजो असार ३० गतेसम्म बाढी–पहिरो लगायतका विपदमा परी देशभरिबाट १०८ जना नेपालीले आफ्नो ज्यान गुमाएका छन् र घाइते हुनेको कुनै लेखाजोखा छैन । सिमलताल…
Read More
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रधानमन्त्रीमा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका हुन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
Read More
केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

चाैथाे पटक प्रधानमन्त्री बनेका केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी तथा नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । कांग्रेसले पठाएका १० जना मध्ये ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन उनी उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री बनेका छन् । अहिलेको कांग्रेस-एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन गृहमन्त्री बनेका रमेश लेखक । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्राय: थियो । उनी यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।    देउवापत्नी आरजु राणाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का राज्यमन्त्री बनीसकेका व्यक्ति हुन् ।…
Read More
रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए । करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए । सरकारको आलोचना गरेपछि सम्बन्ध बिग्रियो ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए । ‘मूल विवाद भनेको…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका महत्वपूर्ण निर्णयहरु पार्टी संयोजक मोहन वैद्य किरणले एक प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गर्नुभएको छ । ६ बुँदे विज्ञप्तिको ५ नं बुँदामा उल्लेख गरिएको छ, “केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ । यस सन्दर्भमा स्वस्थ, मर्यादित तथा मैत्रीपूर्णढङ्गले बहस तथा अन्तरक्रियालाई सन्चालन गर्ने, महाधिवेशनलाई अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकसित तुल्याउने, पार्टीलाई विपरीतहरूको…
Read More