काठमाडौं : संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका हुन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।