केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

चाैथाे पटक प्रधानमन्त्री बनेका केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी तथा नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । कांग्रेसले पठाएका १० जना मध्ये ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ ।

कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन उनी उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री बनेका छन् । अहिलेको कांग्रेस-एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन गृहमन्त्री बनेका रमेश लेखक । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्राय: थियो । उनी यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।   

देउवापत्नी आरजु राणाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का राज्यमन्त्री बनीसकेका व्यक्ति हुन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पहिलो पटकमन्त्री बनेका हुन् । २०५८ मा स्थानीय विकास सहायक मन्त्री बनेका थिए कानुन मन्त्री अजय चौरसिया । 

त्यस्तै, नयाँ अनुहारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी हुन् । कृषिमन्त्री बनेका रामनाथ अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पनी नयाँ अनुहारका मन्त्री हुन् ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल छन् । सञ्चारमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री हुन् ।  भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रचण्ड सरकारमा पनि मन्त्री  थिए ।रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहारका मन्त्री हुन् । 

खानेपानी मन्त्री बनेका प्रदीप यादव पटक पटक मन्त्री बनेका व्यक्ति हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा उनी जसपाबाट स्वास्थ्यमन्त्री रहेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नवलकिशोर शाह सुडी पनि अघिल्लो सरकारमा मन्त्री थिए । लोसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरतसिंह भण्डारी दर्जनाै पटक मन्त्रीको स्वाद लिइरहेका व्यक्ति हुन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?