राजनीति

विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

काठमाण्डौ : विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा युवाहरु प्रवेश गरेका छन् । २०८१ साल भाद्र १५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो । कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा वागमती प्रदेश संयोजक अटलको अध्यक्षता, कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यता रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश सह–संयोजक प्रभात ,काठमाण्डौ जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ ,ललितपुर जिल्ला इन्चार्ज खगेन्द्र रहेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अध्यक्षबाट अविर सहित खादा ओढाएर स्वागत गरिएको थियो । ने.क.पा.माओवादी केन्द्र , ने.क.पा. विप्लव समुह…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा २०८१ भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम हुने भएको छ । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको पक्षमा तथा देशमा व्याप्त महंगी ,भ्रष्टाचार वेरोजगारी तमाम प्रकारका वर्तमान अवस्थामा देखिएका वेथितिको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कार्यक्रम गर्ने भएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तीन न. प्रदेश अन्र्तगत काठमाण्डौ, भक्तपुर र ललितपुरको संयुक्त आयोजनामा १७ गते १२ बजे रत्नपार्कको शान्तिवाटिकामा जम्मा भई जुलुसको कार्यक्रम गर्ने पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली 'सुदर्शन'ले हाँक टुडेलाई जानकारी दिए । जुलुस रत्नपार्कबाट शुरु भएर शहिदगेट ,न्यूरोड हुँदै जनवहालमा पुगेर सभामा परिणत हुने र सभामा प्रवक्ता तथा तीन न. प्रदेश इञ्चार्ज…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दियाे कृष्णवाला श्रेष्ठप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दियाे कृष्णवाला श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाण्डौ : लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिको सदस्य भक्तपुर निवासी कृष्णवाला श्रेष्ठप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय प्रवक्ता सुदर्शनले भाद्र १२ गते एक शोक वक्तव्य प्रकाशित गर्दै पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । कृष्णवालाको २०८१ साल भाद्र १२ गते बिहान ५ बजे ८२ वर्षको उमेरमा असामयिक निधन हुन पुगेको छ । शोक वक्तव्यमा कृष्णवाला क्रान्तिकारी आन्दोलनमा संधै सक्रिय र निष्ठावान रहने गरेको कुरा जनाईएको छ । शोक वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ – “ क्रान्तिकारी कम्युनिष्ट…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर कावासोतीकाे नगर एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर कावासोतीकाे नगर एकता अधिवेशन सम्पन्न

कावासोती : क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल नवलपुर जिल्ला अन्तरगत कावासोती नगरको नगर एकता अधिवेशन साउन ६ गते २०८१ का दिन भव्यताको साथ सम्पन्न भएको छ ।रक्तिम हर्केको सञ्चालन तथा सितलको अध्यक्षता ,शहिदहरुको सम्मानमा १मिनेट मौन धारण पछि दुर्गा अधिकारीको स्वागत मन्तव्य पश्चात् केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलले यानर पढेर नगर एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मिलनले केन्द्रीय सर्कुलर वाचन गर्नु भएको थियो भने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रतिक्रियावादी जन विरोधि भ्रष्ट सरकार एवम् कहालीलाग्दो देशको अवस्था ,बाढीपहिरो आदिबारे प्रष्टाउदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण तथा पार्टी एकताको महत्त्वबारे प्रकाश पारेका थिए । मिलनले…
Read More
‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

'पुरानो विचारधारा, बानीबेहोरा र रीतिरिवाजको आदतमय प्रभावलाई पनि हटाउदै जानुपर्ने आवश्यकता छ' ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !!’ हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले…
Read More
नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पहिलो, पार्टीको मार्ग निर्देशक सिद्धान्त, कार्यदिशा र कार्यक्रम अनुसार बोल्नुपर्दछ; दोश्रो, परिस्थिति अनुसार जनताका ताजा मुद्दाहरुलाई अभिव्यक्त गर्नुपर्दछ; तेश्रो, मलाई पार्टीले दिएको भूमिका पूरा गर्न समग्र पार्टी र जनताको सहयोग…
Read More
कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

(२०८१ साउन २६–२९ मा सम्पन्न महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकमा क. किरणद्वारा प्रस्तुत तथा पारित दस्तावेज) “अन्तर्राष्ट्रिय स्तरमा र बेग्लाबेग्लै देशहरूमा सर्वहारा एकता केबल माक्र्सवादको आधारमा मात्रै सम्भव छ । अन्तर्राष्ट्रिय स्तरमा अवसरवाद–संशोधनवादको हालीमुहाली भएका बेग्लाबेग्लै देशहरुमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ । कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रूपबाट अवसरवाद– संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणामस्वरूप हुन्छ ।”— महान बहस माेहन वैद्य ‘किरण’, संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रिय कमरेडहरू,क्रान्तिकारी अभिवादन !उक्त उद्धरण सबैभन्दा ठुलो फुटपरस्त आधुनिक संशोधनवादी ख्रुश्चेभका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लेखिएको पत्रबाट लिइएको हो । यस उद्धरणमा उल्लेख भए अनुसार एकातिर संशोधनवादको हालिमुहाली…
Read More
टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले टिआरसी विधेयकप्रति पाँच बुँदे विरोध तथा असहमति व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै पाँच बुँदे असहमति व्यक्त गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, “लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिक गर्दछौं । १. विधेयक निर्माण गर्ने प्रक्रियामा हाम्रो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको छ ।२. विधेयकबारे निर्णय…
Read More
टिआरसी विधेयक न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

टिआरसी विधेयक न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ भाद्र २ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो अनुरोध गरेका हुन् । वक्तव्यमा संसदमा विधेयक प्रस्तुत गरिन् सकारात्मक भएपनि त्यससम्बन्धी कैयौं विषयहरुमा असहमति र विरोध रहेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ –“लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको यही २०८१ साल वैशाख २६ देखि २९ गते सम्म काठमाण्डौँमा सम्पन्न भएको आकस्मिक बैठकले निम्नलिखित समसामयिक प्रस्तावहरु पारित गरेको छ । अन्तर्राष्ट्रिय सन्दर्भ मोहन वैद्य 'किरण', संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १. प्यालेस्ताइनी जनताहरुप्रति ऐक्यवद्धतागत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिखदेखि शुरु भएको हमास र इजायलका बीचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलका विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्ताइनी राज्यको एक क्षेत्र गाजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्ताइनी जनताहरुमाथि आमहत्या चाइरहेको छ र हजारौँ सर्वसाधारणको हत्या भएको छ । हाम्रो पार्टीले…
Read More