विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

काठमाण्डौ : विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा युवाहरु प्रवेश गरेका छन् । २०८१ साल भाद्र १५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो ।

कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा वागमती प्रदेश संयोजक अटलको अध्यक्षता, कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यता रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश सह–संयोजक प्रभात ,काठमाण्डौ जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ ,ललितपुर जिल्ला इन्चार्ज खगेन्द्र रहेका थिए ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अध्यक्षबाट अविर सहित खादा ओढाएर स्वागत गरिएको थियो । ने.क.पा.माओवादी केन्द्र , ने.क.पा. विप्लव समुह बाट पार्टी परित्याग गरेका अन्य कतिपय वामपन्थी विचारबाट प्रेरित युवाहरुको एक समुह क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा काभ्रे जिल्लाबाट चुनाव तामाङ ,चित्र तामाङ ,राजु तामाङ शमशेर तामाङ , वाङदेन तामाङ सानु तामाङ ,गणेश लामा , सुनिल लामा , विराज लामा , गोरखाबाट सारस घले ,सिन्धुपाल्चोकबाट दिपक लामा, ललितपुरबाट विजय लामा रिवाज घताने, दिपेन लामा काठमाण्डौबाट अमर लामा, सुमन गोतामे ,सुजित तामाङ रहेका छन् । भने भोजपुरबाट मनोज तामाङ ,दोर्जे तामाङ ,विजय तामाङ र सिन्धुलीबाट मानसिंह वाइवालगायत ३५ जना नव युवाहरू रहेका छन् ।

प्रमुख अतिथिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको उद्देश्य , आगामी दिशा र वर्तमान राजनैतिक परिस्थिति बारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिव धमालले र संचालन सूर्य भूजेलले गरेका थिए ।

अन्त्यमा अध्यक्षबाट आफ्नो संक्षिप्त मन्तव्य सहित कार्यक्रमको समापन भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?