विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय
माघ २६ गते । सुनसरीकाे इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय भएकाे इटहरीमा आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको हाे । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ । विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको उपमहानर प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र…