बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना वैद्यका कार्यकर्ता गिरफ्तार

काठमाडाैँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् ।

मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।
कालोमोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको, गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र आतंकित पारेको, र निर्दोश कर्मचारीहरूलाई षड्यन्त्रपूर्ण झुटा मुद्दा लगाएकोले कालोमोसो दलिएको जानकारी दिएको छ ।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?