परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?
परिश्रम र पसिनाको मूल्य के हो ? यो कुरालाई मैले जिन्दगीमा गहिरोसँग अनुभव गर्दै आएको छु । सन् २०१८ देखि मैले दक्षिण कोरियामा मजदुरी गर्दै आएको छु । यसभन्दा पहिले मैले १७ वर्ष कै उमेरदेखि भारतको चेन्नैमा रोजगारी गरेको थिएँ । शूरुमा सत्यबामा युनिभर्सिटीमा मेशमा काम गरें । पछि त्यही युनिभर्सिटीमा सेक्युरिटी गार्डमा काम गरेको थिएँ । मेरो पुख्र्यौली घर गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका साविक खड्गकोट रम्फै हो । म त्यही जन्में । पछि रुपन्देही बसाइसराई गरिया । आफ्नै गाउँ रुपन्देहीको रुद्रपुरमा २ वर्ष जति मःमः बनाएर बिक्री पनि गरेको थिएँ । अहिले मैले दक्षिण कोरियाको ख्याङ्गिदो इछन–सी भन्ने ठाउँमा…