२४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० जनाले गुमाए ज्यान

काठमाडौं : आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ मध्ये १८ जनाको दुःखद निधन भएको हो । यससँगै नेपालमा पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना भएको छ भने ४१० जनाले ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । सन् २०२३ मे १५ मा यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।

मे ५ मा सिम्रिक एयरको जहाज संखुवासभामा दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भए । त्यस्तै, सन् २०२२ मे २९ मा तारा एयरको जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए । सन् २०१९ मा दुई वटा जहाज दुर्घटनामा परे । फेब्रअरी २७ मा डायानास्टी एयर र अप्रिल १७ मा समिट एयरको जहाज दुर्घटना हुँदा क्रमशस् सात र तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसको अघिल्लो वर्ष सन् २०१८ मा युएस बंगला एयरलाइन्सको जहाज काठमाडौँमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो भने अल्टिच्युडको जहाज नुवाकोटमा खस्दा सात जनाले ज्यान गुमाएका थिए । सन् २०१७ मा समिट एयरकै अर्को जहाज सोलुखुम्बुमा दुर्घटना भयो । उक्त दुर्घटनामा सात जनाको निधन भएको थियो । सन् २०१६ मा काष्ठमण्डप र ताराको दुई जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु भयो ।

सन् २०१५ को जुन २ मा सिन्धुपाल्चोकमा र मे १५ मा दोलखामा गरी दुई जहाज दुर्घटना भए । त्यतिबेला १७ जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा नेपाल एयरलाइन्सको जहाज कास्की दुर्घटना हुँदा १४ जनाको निधन भयो । त्यस्तै सन् २०१३ मा तीन वटा जहाज दुर्घटना भएका थिए । अग्नि डोर्नियरको जहाज मुस्ताङमा, सीता एयरको जहाज काठमाडौँमा र बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना हुँदा क्रमशस् १५, १९, १९ जनाको ज्यान गयो ।

सन् २०११ को वर्ष भने कुनै जहाज दुर्घटना भएन । सन् २०१० मा अग्नि र तार एयरका एक(एक वटा जहाज दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो । सन् २००८ मा यतीको जहाज सोलुमा दुर्घटना हुँदा १८ जना, सन् २००६ मा श्री एयरको र यतीकै जहाज दुर्घटनामा नौ(नौ जनाले ज्यान गुमाउनुपर्यो ।

सन् २००३ अगस्ट २२ मा सांग्रीला एयरको जहाज कास्कीमा खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसअघि सन् २००१ मा फिस्टेलको जहाज सुर्खेतमा दुर्घटना हुँदा ६ र सन् २००१ मा नेपाल एयरलाइन्सको जहाज डडेल्धुरामा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?