रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछाप : रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो ।

ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनाकारी दिनुभयो ।

वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो ।

लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति पु¥याउने गरी आएको र उक्त घरमा रहेका तीन जनालाई पुरेको जानकारी पाउन साथ स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?