विचार

महिनावारी र सुत्केरीको सन्दर्भमा

महिनावारी र सुत्केरीको सन्दर्भमा

लेखक : मनु विक हाम्रो समाजले परम्परागत रुपमा महिनावारी र सुत्ेकरी हुनु भनेको अछुत हुनु हो भन्ने जसरी व्यवहार गर्दै आएको छ । महिलाहरुले नै त्यो नियमलाई मान्दै आएका छन् । महिलाहरुले महिलाहरुलाई नै जस्तैःआमाहरुले छोरी,बुहारीलाई घरका अरु महिला सदस्यहरुलाई महिनावारी हुँदा र सुत्केरी अवस्थामा के गर्न हुने के गर्न नहुनै भन्दै सिकाउने गर्दछन् । जस्तै छोरी पहिलो चोटी महिनावारी भएपछि लुकाउने गर्दछन् । आमाले नै छोरीहरुलाई महिनावारी बार्नु पर्दछ नत्र पाप लाग्दछ भनेर सिकाउँदछन् । आमाहरुले सिकाएको छोरीहरुले बुहारीहरुले सिक्ने र सोही अनुसार गर्ने गर्दछन् । महिलाहरुलाई महिनावारी र सुत्केरी भएको अवस्थामा देउता रिसाउने, पाप लाग्ने,मन्दिर जान पूजापाठ गर्न…
Read More
साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले आफ्नो समाधान आफै खोज्दछ’—कार्ल माक्र्स, ‘१८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ प्रगति प्रकाशन मास्कोको सातौँ अङ्ग्रेजी मुद्रण १९८२, पृ. ९० । १) कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा सन् १८४८ मा साम्यवादी दलको घोषणापत्र जारी गरिएको थियो । पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको सङ्क्रमणकालीन व्यवस्थाबाट विश्व–साम्यवाद प्राप्त गर्ने बलियो आधार भएको रूपरेखा उहाँहरूले खिच्नुभयो । माक्र्सकै शब्दमा ‘यो साम्यवाद पूर्ण रूपले प्रकृतिवादमा विकसित भएर मानवतावाद बराबर हुनेछ र पूर्ण रूपमा मानवतावाद विकसित भएर प्रकृतिवाद बराबर हुनेछ’— (उही) । अतः माक्र्स र एङ्गेल्सले दर्शनशास्त्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रमा…
Read More
इम्बोइस्ड् नम्बर प्लेट, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको प्रश्न

इम्बोइस्ड् नम्बर प्लेट, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको प्रश्न

लेखकः रामबहादुर बुढा आधुनिक प्रविधिको प्रयोगमार्फत् सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो । धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत् अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । अंग्रेजी भाषाको भ्mदयष्कभम शब्दको अर्थ सतह भन्दा माथि उठेको भन्ने हुन्छ । सवारी साधनको नम्बर लेखिने प्लेटको सतहभन्दा अक्षरको सतह माथि उठेकाले इम्बोस्ड नम्बर प्लेट भनिएको हो । इम्बोस्ड नम्बर प्लेट अहिले सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपमा अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । सरकारले इम्बोस्ड भनिने यस्तो नम्बरप्लेट आधुनिक र सुरक्षित हुन्छ भनेको छ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ राखिएको हुन्छ । यसले…
Read More
बरु आफूलाई सुधारौं !

बरु आफूलाई सुधारौं !

लेखक : सन्तबहादुर नेपाली अहिले एउटा समाचार निकै चर्चामा छ । त्यो हो–“विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् । जसले देश लिलाम गर्ने, भ्रष्टाचार र घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् ।” यूरोपियन टाइम्समा छापिएको यो वाक्यांश त्यसमा भनिएको छः “यूरोपियन कमिशनका बाह्रौं अध्यक्ष जिन क्लाउड जिंगरको तस्वीर सँगै फैलिरहेको छ ।” यो वाक्यांश “२०७९ साल भदौमा ३० गते राजधानी डेली डटकममा डा. देवीप्रसाद आचार्यले” र “२०८० असोज १२ गते कर्पोरेट नेपाल डटकममा कुमार दाहाल ले पनि” त्यो वाक्यांश उल्लेख गरेर एउटा लेख लेखेको उल्लेख गरिएको छ ।फेसबुकमा कतिपय समाचारहरु फेक पनि हुन्छन् । तर यो क्लीपमा स्रोतहरु खुलाएर भनिएको हुनाले…
Read More
गलत सिद्धान्तको गन्तव्य नै हुँदैन

गलत सिद्धान्तको गन्तव्य नै हुँदैन

लेखक– नारायणप्रसाद भण्डारी संसारका कुनै पनि सजिव वस्तुको जन्म हुन्छ । अन्त्य पनि अनिवार्य हुन्छ । यो प्रकृतिको नियम हो । यो प्रक्रियालाई आध्यात्मवादीले दैव या परमेश्वरको लिला भन्दै ज्युँदो छँदा गर्नुपर्ने कर्तव्य भन्दा मृत्यु संस्कारमा ठूलो महिमा गर्छन् तर यही घटनालाई भौतिकवादीहरुले प्रकृतिको (नेस्ट टु नेस्ट) निरन्तर परिवर्तन भैरहने माक्र्सवादको मान्यता अनुसार जैविक पतनको रुपमा लिन्छन । मानव जाति र अन्य सजिव वस्तुको जन्म मृत्यु एउटै प्रकारको भएपनि मानिस भएर जन्म लिएपछि बाँचुन्जेलसम्म गर्नुपर्ने क्रियाकलापहरुमा धेरै कुराको फरक छ किनभने प्रकृतिले मानव जातिलाई बुद्धिमान, शक्तिशाली र क्षमता भएको उच्च प्राणीको स्थानमा मान्यता दिएको छ । यो कुनै भ्रम होइन…
Read More
दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

लेखकः रामबहादुर बुढा यही २०८२ सालको श्रावण महिनामा भुँडीपुराण प्रकाशनले दुईवटा पुस्तकहरु–कृष्णहरी भट्टद्वारा लिखित “कम्युनिस्ट जनवाद” र खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट समाजवाद” लाई बजारमा ल्याएको छ । नेपाली समाजमा सामान्यतया कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद अलि कमै सुनिएका शब्द हुन् । नौलो जनवाद, बहुदलीय जनवाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता शब्दहरुका तुलनामा यी शब्दहरु कम सुनिएका हुन् । तर शब्दहरु जे प्रयोग गरिए पनि लेखकले कम्युनिस्ट मूल्य मान्यता अनुसारको जनवाद र कम्युनिस्ट मूल्य मान्यता अनुसारको समाजवाद कस्तो हुन्छ र हुनुपर्दछ भन्ने दृष्टिकोणबाट लेखकहरुद्वारा यी पुस्तकहरु लेखिएका हुन् । “कम्युनिस्ट जनवाद” पुस्तक नौलो जनवाद सित र “कम्युनिस्ट समाजवाद” पुस्तक वैज्ञानिक समाजवादसित सम्बन्धित…
Read More
सर्वहारा वर्ग र विश्वव्यापी दासता

सर्वहारा वर्ग र विश्वव्यापी दासता

लेखक :अपत्य शर्मा सर्वहारावर्ग भनेको त्यो वर्ग हो जसको आफ्नो भन्ने जीविकाका साधन धनसम्पत्ति केही पनि नभएको मात्र हाड छाला र रगतबाट निस्कने शारीरिक, मानसिक शक्ति अर्थात् श्रमशक्ति जुन मालको रुपमा पुँजीपतिलाई घण्टा, दिन, साप्ताहिक वा मासिक ज्यालाका रुपमा बिक्री गर्छ । माल सामानका बजारमा माल किनेपछि ग्राहकले पुनः अर्को मालका लागि उत्पादित त्यही निर्जीव माल पाउँदैन । तर श्रम बजारमा सर्वहाराको सजिव माल (श्रमशक्ति) पुँजीपतिले त्यही अनौठो माल श्रमशक्ति दैनिक रुपमै प्राप्त गर्दछ । निर्जिव माल एकपटक उत्पादन भएपछि पुनः त्यो माल हुँदैन । तर सजिव माल सर्वहारबाट पुँजीपतिले दैनिक प्राप्त गर्छ । सर्वहारावर्गको रगत मासुबाट निस्कने श्रमशक्ति रुपी…
Read More
संयुक्त मोर्चाको आवश्यकता

संयुक्त मोर्चाको आवश्यकता

लेखक : सन्तबहादुर नेपाली देशको अवस्था झन पछि झन विकराल बन्दै गएको छ । संसदवादी राजनीतिक दलहरुलाई देशको अवस्थाबारे चिन्ता भएको पाइँदैन । उनीहरुलाई आगामी निर्वाचनमा कसरी बहुमत सिट हासिल गर्ने भन्ने प्रश्नले सताइरहेको छ । उनीहरु एक अर्कोलाई देशको अवस्थामा परिवर्तन गर्ने उद्देश्यले होइन कि व्यक्तिगत, दलगत तथा कतिपय अवस्थामा नितान्त चारित्रिक प्रश्नमा नै एक अर्कोप्रति आरोप प्रत्यारोप लगाएको पाइन्छ ।०८४ साल नजिकिंदै गएको अवस्थामा संसदवादी दलभित्र आन्तरिक सत्ता संघर्ष पनि शुरु भएको छ । नेका भित्र देउवा शेखर, एमालेभित्र ओली–विद्या, एकीकृत समाजवादीभित्र माधव–झलनाथ, माओवादी केन्द्रभित्र प्रचण्ड– जनार्दन, राष्ट्रिय उन्मुक्ति भित्र रेशम–संंजिता, पार्टीभित्रको सत्ता संघर्ष देखिन्छ । संसदवादीहरुभित्र राजनीतिक…
Read More
प्यालेष्टाइन राष्ट्रको मान्यतामा बढ्दै गएको अन्तराष्ट्रिय समर्थन

प्यालेष्टाइन राष्ट्रको मान्यतामा बढ्दै गएको अन्तराष्ट्रिय समर्थन

लेखक : डा. केशव देवकोटा स्वतन्त्र प्यालेष्टाइन राष्ट्रको मान्यता, इजरायली अत्याचार र अमेरिकी दादागिरीको बिषयलाई लिएर विश्वमा बिभिन्न किसिमका चर्चा परिचर्चाहरु भैरहेका छन् । पछिल्लो समयमा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा जनमत बढ्दैगएको देखिएको छ । गतसाता मात्रै बेलायतले प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने जनाएको छ । जसलाई बिबिसीलगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले प्रमुखता दिएका थिए । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गर्नुभएको छ । तर त्यसमा उहाँले पनि केही शर्तहरु अगाडि सार्नुभएको पाइएको छ । बेलायतले अघिसारेका शर्तहरु इजरायलले नमानेको खण्डमा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने स्टार्मरको भनाइ छ…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ “लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल…
Read More