देशको वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न

लेखक— पवन मान श्रेष्ठ

क) पृष्ठभूमि

१. ०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पछि दुई पटक संसदको चुनाव भयो । तर देश र जनताको जीवनमा परिवर्तन आएन । झन् यसको उल्टो सरकार र दलहरुको स्वेच्छाचारी, निरंकुशता, भ्रष्टाचार, महंगी, युवा वेरोजगार, स्वास्थ्य र शिक्षामा निजीकरण तथा माफियाकरण, वैदेशिक हस्तक्षेप बढेर गएको छ । यसै बीचमा आदिवासी जनजातिमाथि थप उत्पीडन हुँदै गएको छ । पश्चागामीहरुद्वारा यसैलाई निहु बनाएर राजतन्त्र पुर्नस्थापना गर्न भनेर आन्दोलन गर्न प्रयास पनि भयो, तर सफल हुन सकेन । राजतन्त्र भनेको कालो व्यवस्था हो । यस्तो वातावरणमा जेनजीको नाममा आन्दोलन भयो । ओलीको सरकार ढलेर शुशीला कार्कीको नेतृत्वमा गैरदलीय सरकार गठन भएको छ । सरकारको सिफारिसमा भंग भएको संसदको ठाउँमा फागुण २१ गते संसदीय निर्वाचनको घोषणा भएको छ । देशको अवस्था अहिले अन्यौल र अस्थिर रहेको छ ।

ख) जेनजी आन्दोलन

२. पछिल्लो चरणमा ओली सरकारको समयमा सामाजिक संजाल मार्फत गृह मन्त्रालय अन्र्तगत अध्यागमन विभागमा भएको भ्रष्टाचार, भूमिसुधार मन्त्रालमा भएको भ्रष्टाचार,सरकारी निकायसहित विभिन्न क्षेत्रमा भइरहेको भ्रष्टाचार र अनियमितको भण्डाफोरका कारणले सरकारले सामाजिक संजालका संस्थाहरुद्वारा नेपालमा कानून अनुसार दर्ता गर्न अस्वीकार गरेको बहानामा सामाजिक संजालमाथि प्रतिबन्ध लगाएपछि जेनजीलगायत जनता यस व्यवस्था, नेता र सरकारहरुसित झन्आक्रोशित भएका थिए । सामाजिक संजालमार्फत नेपोकिडहरुको स्वर्गिक जीवन शैलीको व्यापक प्रचारप्रसारले सर्वसाधारण जेनजी र जनतामा संसदीय दलका नेताहरुप्रति थप घृणा र आक्रोश बढायो । यसै बीचमा जेनजीको नाममा आन्दोलन हुने व्यापक प्रचार भयो । जेनजी आन्दोलनको नारा यस प्रकारका रहे ः सामाजिक संजाल पुनः संचालन गर्नु पर्ने, नेपोकिडको विरोध र भ्रष्टाचारको अन्त तथा सुशासनया व्यवस्था हुनु पर्ने ।

३. देशमा पैदा गरिएको विकृति तथा विसंगति र जनतामा उत्पन्न निरासा तथा असन्तुष्टि पाकेको अवस्थामा भाद्र २३ गते जेनजीका नाममा आयोजित विरोध प्रर्दशनमा यिनै नाराहरुको समर्थनमा सर्वसाधारण र राजनीतिसित सम्बन्ध नभएका हजारौँ जेनजीहरु कार्यक्रममा सहभागी भए । विरोध प्रदर्शनका क्रममा पश्चिमा समर्थित डिपस्टेट (भूमिगत गिरोह)बाटं संचालित आयोजकका जेनजीहरुका उद्देश्य, उक्त प्रर्दशनमा घुसपैठ भएका पश्चागामी शक्तिहरु र संसदीय पार्टीहरु, अनि यस घुसपैठले पैदा गरेको उत्तेजित वातावरण, उक्त प्रर्दशन दमन गर्न भएको गोली काण्ड तथा केही समयभित्र बानेश्वरमा १९ जना सर्वसाधारण जेनजीहरुको हत्या र सयौँ घाइतेका कारण जनता स्तब्ध, शोकाकुल र आक्रोशित अवस्था सृजना भयो ।

४. भाद्र २४ गते विहानैदेखि काठमाडौं उपत्यकाको रिङरोड भित्र प्रशासनले कफ्र्यु लगाएको थियो । तर २३ गतेको घटनाले साधारण जनताहरु दुखित र आक्रोशित भएको अवस्थामा सुरक्षाकर्मीहरुको सडकमा अनुपस्थित वा कफ्र्यु तोडे पनि मुकदर्शक भएको अवस्था रह्यो। सुनियोजित र षड्यन्त्रकारी तथा घुसपैठियाहरुको नेतृत्वमा तोडफोड र आगजनी भएको र पछि आक्रोशित जनता पनि त्यसमा सहभागी भए । सेनाको व्यारेक भएको सिंहदरवार, सँगैको सर्वोच्च अदालत, जिल्ला अदालत, संसद भवन, प्रधानमन्त्री क्वाटर, राष्ट्रपति भवन, विभिन्न मन्त्रालयहरुर सरकारी भवनहरु, पुलिस चौकीहरु, शपिङ महलहरु, कारखाना तथा नेताहरुको घरमा आगजनी सुरक्षा निकाय मूलतःं सेना मुकदर्शक भएको कारणले तोडफोड, आगजनी निश्चिन्त भएर गर्न दिइएको थियो । यस्तो घटनाहरुदेशैभरी भए।

५. सेनाद्वारा प्रधानमन्त्रीको निर्देशन पालना गर्न अस्वीकार गरिएर आगजनी तथा तोडफोडका घटना घटाई ओलीलाई राजीनामा दिन बाध्य पारिएको थियो । मुढे बलका ओलीले २३ गते नै राजिनामा दिएको भए सायद २४ गते उक्त घटना हुने थिएन ।

६. गरिनु पर्ने सबै तोडफोड, आगजनी, लुटपात र विध्वंस भइसकेपछि राति १०ः०० बजेदेखिं सेना परिचालन हुने घोषणा सेनाद्वारा आएको र परिचालित पनि भयो ।

७. राष्ट्रपति, दलका नेताहरु सुरक्षाको नाममा ब्यारेकमा एक प्रकारले नजरबन्द गरिएको स्थिति थियो । यस बीचमा प्रधान सेनापतिले जनताको नाममा सम्बोधन गर्दा पृथ्वीनारायणको फोटो राखेर गरे, तर राष्ट्रपतिको फोटो राखिएन । सेनाले जेनजी भनिएकाहरुसँग वार्ता, त्यसै गरि विभिन्न व्यक्तिहरु शुशिला कार्की, दुर्गा प्रसाईं, बालेन शाह, हर्क सामपाङ आदिसित वार्ता गर्ने काम भयो । यही बीचमा सेनाले राष्ट्रपतिलाई राजीनामा दिन दवाव दिएको कुरा बाहिर आयो ।

८. यसै बीचमा जेनजीहरुका माग भनेर राष्ट्रपतिको राजीनामा, संसद विघटन, संघीयता खारेज, संविधान खारेज गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनु पर्ने कुरा बाहिर आयो ।

९. पश्चिमा मूलरुपमा अमेरिकी साम्राज्यवाद र दक्षिणको सहमति र साथै जेनजी, सेना र राजनीतिक दलहरुको पनि सहमतिमा भनेर शुशिला कार्कीलाई गैरदलीय सरकार बनाउन भाद्र २७ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो र जेनजीहरुको दवावले भनेर संसद विघटन गरी फागुण २१ गते संसदको चुनाव गर्ने घोषणा भयो ।

ग) जेनजी आन्दोलनया नाममा भएको घटनाको निष्कर्ष

१०. माथि उल्लेख गरिएका कुराले जेनजी आन्दोलन जेनजी उमेरका सर्वसाधारणहरुको सामाजिक संजाल पुनः शुरु गरिनु पर्ने, नेपोकिडको विरोध र सुशासनका कुरामा इमान्दारीपूर्वक समर्थन गरेको भएतापनि यस आन्दोलनका आयोजक भने पश्चिमाबाट परिचालित हुन् ।यसमा बारबारा फाउण्डेसन, फ्रि तिब्वत स्टुडेन्ट मुभमेन्ट, टिबिओ आदिसहितका संस्थाहरुको लगानी र आन्दोलनमा भएको घुसपैठ राम्रैसँग बेनकाब भयो ।त्यसै गरी दक्षिणको पनि आगजनी र तोडफोडमा सहभागीता रहेको घटनामा सहभागीहरुबाट स्पष्ट भयो । शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरामा मूलतः पश्चिमा र दक्षिणको मुख्य भूमिका रहेको कुरा दलाइ लामा र भारतबाट प्रधानमन्त्री शुशीला कार्कीलाई तल्काल दिएको बढाइले थप पुष्टि गरेको छ । यस घटनाले जेनजी आन्दोलनका नाममा एक सुनियोजित षड्यन्त्र हो भन्ने पुष्टि भएको छ । यसमा देश र जनताप्रति सच्चा भावना भएकां सर्वसाधारण जेनजीहरुलाई नराम्ररी प्रयोग गर्न उनीहरु सफल भएका छन् । यी सबै कुरा भएर पनि देश र जनताको समस्याको मूल जड संसदीय व्यवस्था, संसदीय पार्टीका नेताहरु र मूल रुपमा ओलीको घमण्डले यस घटना घटाउन साम्राज्यवाद र विस्तारवाद एक प्रकारले सफल भएका छन् । यसमा कमजोर पक्ष भनेको क्रान्तिकारी र देशभक्तहरुको कमजोर स्थिति पनि रहेको प्रष्ट भएको छ । यससँगै बालेन, रास्वपा आदि पनि बेनकाब भएका छन् ।यस आन्दोलनले जेनजी उमेर समुह र युवाहरु बीचमा राजनीतिक चासो भने बढाउन सफल भएको छ । भ्रष्ट संसदीय दलका नेता कार्यकर्ताहरुमा डरत्रास पैदा गरेको छ ।

११) समग्रमा भन्नु पर्दा जेनजी आन्दोलनलाई बाहिरबाट हेर्दा नेतृत्वविहिन भएको अवस्था देखियो । तर यसमा दुई वटा पक्ष रहेको भने स्पष्ट देखियो । एउटा पक्ष देश र जनताप्रति इमान्दार तथा देश र जनताको प्रगतिका लागि सडकमा उत्रिएका ठुलो संख्याका इमान्दार जेनजीहरु रहे भने अर्को पक्ष भनेको डिपस्टेट (विदेशी भूमिगत गिरोह)द्वारा परिचालित मुठ्ठीभरका जेनजीहरु रहे । इमान्दार जेनजीहरु छायाँमा परे किनकि यो संगठित समूह थिएन । देश र जनताप्रति इमान्दार नरहेका जेनजीहरु हावी भए किनकि यसलाई पश्चिमा सहयोग, निर्देशन र आवश्यक आडभरोसा थियो ।

घ) देशको अहिलेको मूल समस्या

१२. अमेरिकी साम्राज्यवादको मूल लक्ष्य भनेको चीनलाई घेर्नु रहेको छः । त्यसैले उ नेपालमा सैन्य बेस क्याम्प राख्ने कोशिस गरिरहेको छ । भारतीय विस्तारवादको चाहना भनेको नेपाललाई अर्धउपनिवेश, नवउपनिवेश बनाएर आर्थिक, राजनीतिक र धार्मिक स्वार्थ सिद्ध गर्नु रहेको छ । अबतिनकै कठपुतली सरकार बनिसकेपछियस दिशामा नेपाललाई लगेर यहाँ ठुलठुला देशको स्वाधीनता र जनतामाथि घात गरिनेस्थिति आजको मूल समस्याको रुपमा निर्माण भएको छ । त्यसैले आज कठपुतलि सरकार देशको स्वाधीनताका लागि ठुलो तगारो भएको छ । फागुण २१ गते चुनाव भए पनि नभए पनि यस परिस्थितिमा परिवर्तन आउनेछैन । त्यसैलेयस सरकारलाई खारेज गरेर देशको स्वाधीनता रक्षा गर्न आजदेशभक्त, प्रगतिशील र वामपंथीहरुको शसक्त संयुक्त आन्दोलन अपरिहार्य भएको छ । अर्कोतिर यस वेला सम्पूर्ण जनता यस स्वाधीनताको आन्दोलनमा एकढिक्का हुन अवरोध भइरहेको स्थिति भनेको देशको जनसंख्याको झण्डै ३४.५० प्रतिशत आदिवासी जनजाति, २०.४२ प्रतिशत मधेशी र उत्पीडित क्षेत्रया ११०.३० प्रतिशतलाई राज्यबाट भइरहेको उत्पीडन रहेको छ । यस बाहेक दलित, महिला र मुस्लीम समुदायलाई पनि अमानवीय उत्पीडन भइरहेको छ । साथै धनी र गरिबको खाडल पनि अत्यन्त गहिरो छ । यो वर्गीय समस्या हो ।त्यसैले नेपालको इतिहासमै आज देश र जनताका लागि सबैभन्दा ठुलो समस्या उत्पन्न भएको छ ।

ङ) समस्या समाधानको बाटो
१३. यदि आदिवासी जनजाति, मधेशी उत्पीडित समुदायलाई अधिकारको सुनिश्चित भएकोे पहिचानसहितको संघीयता दिइयो भने यहाँकाराष्ट्रियताहरुएकढिक्का हुनेछ, र राष्ट्रिय एकता कायम हुनेछ । हालको संघीयता नक्कली संघीयता हो र यो सारमा एकात्मक छ ।त्यसै गरीे दलित, महिला, मुस्लिमलाई विशेषाधिकार दिन सक्दा ती पनिं राष्ट्रिय एकतामासमावेश हुनेछन् । यसमा गरिब जनतालाई पनि समावेश गरिनु पर्दछ । यस प्रकारको मजबुत राष्ट्रिय एकता निर्माण हुने अवस्थामा मात्र देशको स्वाधीनताको आन्दोलन निष्कर्षमा पु¥याउन सकिनेछ ।त्यसैलेयस प्रकारले उत्पीडितहरुलाई अधिकार दिने इच्छा शक्ति र बचनाबद्धतासहित देशभक्त, प्रगतिशील, वामपंथीहरुको स्वाधीन संयुक्तः सरकार बनाउने कुरा आज अपरिहार्य भएको छ । यसले मात्र देशको राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र जनतालाई अधिकारं सम्पन्न गर्न सक्नेछ र सुशासन, स्वास्थ्य, शिक्षा, रोजगारी आदि समस्या हल हुनेछ । त्यसैले आज स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न देश र जनताको गंभीर प्रश्न बनेको छ र देशभक्त, प्रगतिशील, बामपंथीहरुको शसक्त आन्दोलनले कठपुतली सरकारलाई फालेर स्वाधीन संयुक्त सरकार बनाउन बिलम्ब गर्नु हुँदैन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?