मानव समाजको विकासक्रम
१.आदिम साम्यवादी व्यवस्थायो व्यवस्थालाई जंगलीयुग पनि भनिन्थ्यो । मानिसहरु जंगलमा बस्थे । कन्दमूल र काँचो मासु खान्थे । सामुहिक रुपमा शिकार खेल्थे, सामुहिक रुपमा बसोबास गर्दथे । तेरो मेरो भन्ने केही थिएन । मान्छे मान्छेबीच समानता थियो । उचनीच भन्ने थिएन । सामाजिक स्वरुप सामुदायिक थियो । समुदायमा फलफुल कन्दमूल र शिकारको खोजी गर्नु उनीहरुको मुख्य काम थियो । सामाजिक सम्बन्ध मातृ सत्तात्मक थियो । यौन स्वतन्त्रता समाज थियो । यो व्यवस्था दशौं हजार वर्षसम्म अस्तित्वमा रह्यो । लामो समयसम्म समुदायमा, ढुंगा, काठ, जनावरका सिंङ र हाडबाट बन्चरो, छुरी, भाला, बल्छी आदि बनाउँथे । पछि औजारहरुमा राम्रो रुप दिएर धनुष…