गाजा कब्जा गर्ने निर्णयको विरोधमा हजारौं इजरायली सडकमा
काठमाडाैँ : प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् । इजरायलको यो योजनाको विश्वभरका संगठनहरूले निन्दा गरेका छन्, अब इजरायलमा नै यसको दिन दिनै विरोध सुरु भएको छ । शनिबार साँझबाट सुरू भएको तेलअवीव र इजरायलका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू भेला भइरहेका छन्, इजरायलले गाजा शहर कब्जा गर्न योजनाबद्ध आक्रमण सुरु गर्नु अघि बन्धकहरू बसोबास र युद्धविराम सम्झौताको माग गर्दै उनीहरूले सो बिरोध प्रदर्शन गरेका हुन् । बन्धकहरूका परिवारहरूले योजनाको विरोध गर्न आम हड्तालको आह्वान गरेका छन् र यो आफ्ना प्रियजनहरूको लागि मृत्युको घण्टी हुने…