अखिल भारत नेपाली एकता समाजले गर्याे सर्लाहीका कुसुवारको चेन्नईमा उद्दार

चेन्नै ,भारत : अखिल भारत नेपाली एकता समाजले घायते अवस्थामा घिर्सदै हिडेका सर्लाहीका प्रदिप कुसुवारको चेन्नईमा उद्दार गरी ४ दिन आफ्नो कार्यालयमा राखेर निजकी छोरीको जिम्मा लगाएको छ। ईश्वरपुर नगरपालिका वार्ड नंबर ४ सागारनाथ, (भोलेवावा मंन्दिरको नजिक) जिल्ला सर्लाही निबासी धनबिर कुसुवार का ५८ बर्षीय छोरा प्रदीप कुसुवार पहिलो पटक गाउकै साथीहरू संग चेन्नईमा जागीर गर्न आएका थिए दुर्भाग्य बस उनी चेन्नैको रेलवे स्टेशन आसपासको एरियामा असामाजिक तत्वहरू संग झगडामा परि सक्त घायल हुन पुगेछन।

घाइते एवं अचेत अबस्था रहेका प्रदिपलाइ सरकारी हस्पिटलले सामान्य उपचार पनि गरि दिएको थियो। त्यस पछि निज चेन्नईको प्यारीसमा घिसर्दै हिडी रहेको अवस्थामा भेटाएर अखिल भारत नेपाली एकता समाज र प्रवासी नेपाली संघको सहयोगमा बाँकी उपचार गराउनुका साथै आफन्तको खोज अनुसंधान र निजलाइ खान बस्नको लागि एकता समाजको कार्यलयमा ब्यवस्था मिलाएको थियौ।

प्रवासी संघ केन्द्रीय सचिवालय सदस्य सीमाले राखेको सामाजिक संजाल फेसबुक समाचारको सहयोगमा दिल्लीमा रहेकी छोरी अस्मिता सम्पर्कमा आउनुका साथै निज आफ्नो पिता प्रदिपलाइ लिन दिनांक १ अगस्त, २०२५ का दिन चेन्नई आएकी थिईन। त्यस पछि अखिल भारत नेपाली एकता समाजको क्षेत्रीय कार्यालयमा उद्दार तथा सहयोगी कर्ताहरू र पीडित तथा निजका आफन्तसंग भेटघाट गरी सामान्य सोधपुछ तथा रेकड चेक जाँच पछि निज प्रदिपलाइ छोरी अस्मिताको जिम्मा लगाएको छ।

उद्धार तथा स्वास्थ्य उपचार, खान बस्न र आफन्तजनको खोजीमा सहयोग पुराउने साथीहरू अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हेमराज रिजाल, मोहराज सुवेदी, उमानन्द आचार्य, राजु अधिकारी, देवी रिजाल, क्षेत्रीय सदस्य दिल कुमार नेपाली, नगर सदस्य मैना अधिकारी, प्रवासी नेपाली संघ की सचिवालय सदस्य सिमा न्युरे, राज्य सदस्य तुलसी देवी क्षेत्री, नगर उपाध्यक्ष राधा पौडेल र एम्बुलेंस चालक गोपाल शर्मा, याम बहादुर, प्रेम पाठक, शंकर जी गोर्खाटाइम टिभी संचालक ईन्द्रकुमार जैरू, फेसबुकमा समचार शेयर गर्ने समाजसेवी साथीहरूलाइ अखिल भारत नेपाली एकता समाज हार्दिक धन्यवाद दिन चाहन्छ। निजहरू आज साँझको गाडीमा दिल्ली जादै छन । समाजले निजको शुभयात्राको कामना समेत गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?