बजारमा डिजेलको खपतमा कमी
माघ ११ गते ।आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेकाे छ । निगमकानुसार विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको हाे । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको हाे । गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन जस्ले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र…