समाचार

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र…
Read More
रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछाप : रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनाकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो । लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति…
Read More
आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र…
Read More
२४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० जनाले गुमाए ज्यान

२४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० जनाले गुमाए ज्यान

काठमाडौं : आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ मध्ये १८ जनाको दुःखद निधन भएको हो । यससँगै नेपालमा पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना भएको छ भने ४१० जनाले ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । सन् २०२३ मे १५ मा यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । मे ५ मा सिम्रिक एयरको जहाज संखुवासभामा दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भए । त्यस्तै, सन्…
Read More
कावासोतीमा नगर एकता अधिवेशन सम्पन्न

कावासोतीमा नगर एकता अधिवेशन सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल नवलपुर जिल्ला अन्तरगत कावासोती नगरको नगर एकता अधिवेशन २०८१ श्रावण ६ गते भव्यताका साथ सम्पन्न भएको छ । रक्तिम हर्केको सञ्चालन तथा सितलको अध्यक्षता शहिदहरुको सम्मानमा १मिनेट मौन धारणपछिका.दुर्गा अधिकारीको स्वागतमा कार्यक्रम अगाडि बढेको थियो । केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलले प्रतिक्रियावादी जन विरोधी भ्रष्ट सरकार गठनबारे एवं देशको समसामयिक विषय, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण तथा पार्टी एकताको महत्वबारे प्रकाश पार्दै व्यानर पढेर नगर एकता अधिवेशनको उद्घाटन गरेका थिए । मिलनले केन्द्रीय सर्कुलर वाचन गरेका थिए ।केन्द्रीय सदस्य तथा जिल्ला संयोजक , दिपकले ,सितल संयोजक तथा रक्तिम हर्के सह संयोजक…
Read More
सरकारले बालबालिकालाई विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने

सरकारले बालबालिकालाई विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने

काठमाडौँ : सरकारले बालबालिकालाई विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । ढलमा पोलियो भाइरस भेटिएपछि साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो । काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस ९भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३० देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । टुकुचा र बागमतीको दोभानमा पोलियोको भाइरस पाइएपछि उकाठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लामा रहेका पाँच…
Read More
सुदुर पश्चिम भारतमा एकता अधिवेशन सम्पन्न

सुदुर पश्चिम भारतमा एकता अधिवेशन सम्पन्न

होसियारपुर : अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत र अखिल भारत प्रवासी नेपाली एकता समाज पंजाव जम्मु(कस्मिर राज्य समिति) बिच २१ जुलाई २०२४का दिन पंजावको होसीयारपुरमा एकता अधिवेशन सम्पन्न भएको छ। उक्त एकता अधिवेशनको अध्यक्षता राम बहादुर कौशल प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए । अतिथिको आशन ग्रहण पश्चात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। शब्दबाट राकेश कुमार बिक र संगीतबाट साँस्कृतिक कलाकारहरूले स्वागत गरेका थिए । प्रमुख अतिथिले दीप प्रज्वल्लित गरेर एकता अधिवेशनको उद्घाटन गरेपछि दुवै संगठनका समितिहरूलाई मिलाएर राम बहादुर कौशलको अध्यक्षतामा ४१ सदस्यीय अखिल भारत नेपाली एकता समाज…
Read More
उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

काठमाडौँ, साउन ८ गते । ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको बताउनुभएको छ ।  प्रतिनिधि सभामा जवाफका क्रममा ओलीले व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिचको विवाद संवादका माध्यमबाट टुङ्गो लगाउनुपर्ने पक्षमा सरकार रहेको पनि प्रस्ट पार्नुभयो । ओलीले आफूले मिनाहाको पक्षमा कुनै अभिव्यक्ति नदिएको समेत बताउनुभयो ।  विद्युत् महसुल मिनाहाको पक्षमा धारणा राखेको भन्ने भनाइ भ्रामक रहेको प्रधानमन्त्रीको भनाइ थियो । “विद्युत् महसुल ट्रङ्क लाइनसम्बन्धी अथवा डेडिकेटेड लाइनसम्बन्धी महसुल तिर्नुपर्ने र नतिर्नुपर्ने तर्क भइरहेका छन् । उद्यमी, व्यवसायी र विद्युत् प्राधिकरणबिचको…
Read More
धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने ५ नं. प्रदेश पार्टीको निर्णय

धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने ५ नं. प्रदेश पार्टीको निर्णय

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर संगठन समितिको दोस्रो पुर्ण बैठक शनिवार दाङको भालुवाङस्थित राप्ती उद्योग बाणिज्य संघको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । शुक्रवार प्रदेश कार्यालयको बैठक र शनिवार सम्पन्न पुर्ण बैठकले पार्टी सहसंयोजक कमरेड कंचन पक्षले अप्रत्यासित रुपले पार्टी एकता भंगको घोषणा गरेको ठहर गर्दै उच्च साहस, धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेको छ । बैठकले महाधिबेशनका लागि बैचारिक बहसको प्रारम्भ भई सकेको अवस्थामा एकता भंगको कुरा आउनु दुःखद रहेको उल्लेख गर्दै उक्त पक्षबाट भम्रहरु सिर्जना गर्न खोजिएकोे र जनतामा अन्य एकता बिरोधीहरुले समेत भम्र दिएको हुदाँ भ्रमबाट मुक्त भई क्रान्तिकारी…
Read More
म्याग्दीमा पहिराले माेटरसाइकल पुर्याे ।

म्याग्दीमा पहिराले माेटरसाइकल पुर्याे ।

म्याग्दी, साउन ६ गते । कालीगण्डकी कोरिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महाभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरेकाे छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडकमा खसेकाे पहिरोले मोटरसाइकलमा क्षति पुर्याएकाे छ भने चालक सकुशल रहनुभएको छ । म्याग्दी सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिका–५ शिखरतर्फ जाँदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको २२० सिसिको मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक अन्नपूर्ण गाउँपालिका–५ का ४४ वर्षीय बाबुराम गर्बुजा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । प्रहरीका अनुसार पहिरो झर्न थालेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक भागेका थिए । 
Read More