समाचार

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

काठमाडाैँ : व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन(विगेसो)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अनामनगर संवाद डवलीमा शुक्रबार गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो । व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन(विगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो । पत्रकारहरुलाई पढेर सुनाएको मागपत्र…
Read More
गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायत चार किसान संगठनहरुले वर्तमान वाम बाहुल्य रहेको गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेध गरेकाे छ । बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले वर्तमान गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेधमा संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । संयुक्त प्रेस वक्तव्यमा भनिएकाे छ, १. अहिले बनेको बाम बाहुल्य रहेको भनिएको गठबन्धन सरकारले प्रस्तुत गरेको संकल्पपत्रमा भूमि बैंक…
Read More
क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले बुझायाे पूर्वी अरनिको केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र

क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले बुझायाे पूर्वी अरनिको केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र

चाैतारा : क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले पूर्वी अरनिको यातायात समिति केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । बिहीबार क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति, सिन्धुपाल्चोकका संयाेजक सृष्टिले हस्ताक्षर गरेकी 'पूर्वी अरनिको यातायात समिति मार्फत पूर्वी अरनिको रुटमा चल्ने बसहरुले तोकिएको भन्दा बढी भाडा मनपरी ढंगले असुल्ने गरेको, सुपर गाडीको नाममा बढी पैसा लिने गरेको, बसहरु टाईम टेवल अनुसार नगुड्ने, एक घण्टाको बाटोमा ३ घण्टा लगाउने गरेको र यस कार्यले जनतालाई असर पुर्याएको भन्ने गुनासाहरु जनताबाट व्यापक रुपमा आएको हुँदा सिन्धुपाल्चोक जिल्लामा चल्ने बसहरुको भाडा लिस्ट लगायत यहाँ उल्लेखित सबै विवरण समितिबाट सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालयमा पत्र प्राप्त गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य प्रदिप दुलाल (स्वतन्त्र)को ममतामही आमा नन्दमाया दुलालको ७६ वर्षको उमेरमा निधन भएको छ । साेमबार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी ममतामही आमा नन्दमाया दुलालकाे निधनले उक्त पार्टीले दुःख व्यक्त गरेकाे छ । जिल्ला संयाेजक सृष्टिले शुक्रबार प्रेस वक्तव्य जारी गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले भनेका छन्, 'कमरेड प्रदिप दुलाल (स्वतन्त्र) लगायत सम्पूर्ण शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।' प्रेस वक्तव्यमा भनिएकाे छ, 'सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी…
Read More
युवा नेता सुर्य तिमिल्सिना ‘जीवित’को गीत ‘ति हाम्रा महान सहिदहरू’ सार्वजनिक

युवा नेता सुर्य तिमिल्सिना ‘जीवित’को गीत ‘ति हाम्रा महान सहिदहरू’ सार्वजनिक

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य सुर्य तिमिल्सिना 'जीवित'को गीत ‘ति हाम्रा महान सहिदहरू’ सार्वजनिक भएको छ । त्रिताल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट हालैमात्र तिमिल्सिनाको गीत ‘ति हाम्रा महान सहिदहरू’ सार्वजनिक भएको हो ।गीतको अरेन्जर सुन्दर लामाले गरेका छन् भने लेखक तथा रचाकार सुर्य तिमिल्सिना र गायक अनिश योन्जन (च्याङबा) हुनुहुन्छ । भिडियोमा सुर्य तिमिल्सिना 'जीवित' र गायक अनिश योन्जन (च्याङबा)लाइ देख्न पाइन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नु होला https://www.youtube.com/watch?v=al0sXLY4JIA
Read More
चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक…
Read More
‘देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नुपर्छ’

‘देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नुपर्छ’

काठमाडौँ : सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी) ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी रिजाउने विधेयक भएको समेत आरोप लगाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले सरकारले विधेयक नभएर शिक्षा ऐन ल्याउनु पर्ने धारणा राखेका छन् । सो विधेयक अवैज्ञानिक र जनविरोधी मात्रै नभएर त्यसले देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् । लोहनीले शिक्षाविद विद्यानाथ कोइरालाले पुराना शिक्षकहरूलाई हटाएर प्रविधिसँग…
Read More
लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा  “फरर डोरी” सार्वजनिक

लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा  “फरर डोरी” सार्वजनिक

काठमाण्डौ : नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन् । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो । गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।…
Read More
बाग्लुङ बस दुर्घटनामा ज्यान गुमाउनेकाे नाम खुल्याे

बाग्लुङ बस दुर्घटनामा ज्यान गुमाउनेकाे नाम खुल्याे

काठमाडौं :बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ ।रुकुमबाट काठमाडौँतर्फ जादैं गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी,…
Read More
रामेछापकाे टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

रामेछापकाे टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ स्थित टारगाउँमा आगलागीबाट १२ परिवार घरवारविहीन भएको छ भने करिब २ करोडको क्षति भएको छ । गत बिहीबार राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण मानव बस्ती तर्फ सल्किदा १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको हो । आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. ३ लाख गरी ३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १…
Read More