होसियारपुर : अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत र अखिल भारत प्रवासी नेपाली एकता समाज पंजाव जम्मु(कस्मिर राज्य समिति) बिच २१ जुलाई २०२४का दिन पंजावको होसीयारपुरमा एकता अधिवेशन सम्पन्न भएको छ। उक्त एकता अधिवेशनको अध्यक्षता राम बहादुर कौशल प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए ।
अतिथिको आशन ग्रहण पश्चात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। शब्दबाट राकेश कुमार बिक र संगीतबाट साँस्कृतिक कलाकारहरूले स्वागत गरेका थिए ।
प्रमुख अतिथिले दीप प्रज्वल्लित गरेर एकता अधिवेशनको उद्घाटन गरेपछि दुवै संगठनका समितिहरूलाई मिलाएर राम बहादुर कौशलको अध्यक्षतामा ४१ सदस्यीय अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत क्षेत्रीय समिति गठन गरिएको प्यानल प्रमुख अतिथि नारायण शर्माले घोषणा गरेका थिए ।
जसमा अध्यक्ष राम बहादुर कौशल (पठानकोट),उपाध्यक्ष कलाधर सापकोटा (रोपड) , सचिव निर्मल बिक (होसियारपुर) ,सह सचिव मानकाजी गुरूङ (रोपड), कोषाध्यक्ष राजु श्रेष्ठ (पठानकोट), सदस्यहरूमा भरत पौडेल (होसियारपुर) गोपाल बिक (होसियारपुर) ,तिलक घिमिरे (होसीयारपुर), राकेश कुमार (होसीयरपु), श्याम बहादुर बिक (हिसार) , कुल बहादुर गुरूङ (पठानकोट)जुक्त बहादुर कुवँर (हिसार) मान बहादुर आले (लुधियाना),सम्झना शर्मा (पठानकोट), याम बहादुर सुनार (होसियारपुर), लिला राई (होसियारपुर), सुष्मा बिक (होसियारपुर) ,(शम्शेर शाही (होसियारपुर), कृष्ण बि।क (होसियारपुर) , दर्शन थापा (पठानकोट) ,सत्यराम थापा (पठानकोट) मिन बहादुर थापा (पठानकोट) ,धिरेन्द्र चौहान (पठानकोट), विन्दु थापा (पठानकोट), मन्जु बिक (पठानकोट), भरत थापा (लुधियाना), धन बहादुर दर्लाइ (हिसार), ईश्वरी पान्डे (हिसार) रूपेश राम (हिसार) बिष्णु कुमार(हिसार), दिनेश उपाध्य (हिसार) टोरन परियार (टोहना) नविन बि.क (लुधियाना) ,भद्रसिह घर्ती (चन्डीगढ) ,रूद्र बहादुर थापा (हिसार), दिनेश परियार (जाकड),राम बहादुर बि.क (हिसार) बल सिह (हमाचल), मिना बि.क (होसियारपुर), टेक सिह (चन्डीगढ) र रामचन्द्र देउवा (हिमाचल) रहेका छन। एकता अधिवेशनले छ जनाको कार्यालय र १५ जनाको सचिवालय पनि गठन गरेको छ।
एकता अधिवेशन सफलताको शुभकामना तथा वधाई दिनेहरूमा प्रमुख अतिथि नारायण शर्मा, चेतमान भन्डारी, श्याम बहादुर बि क, सुमन्त के सी, मानकाजी गुरूङ र लिला राइ रहेका छन। कलाकारहरू द्वारा विच विचमा गीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएको थियो। अन्तमा अध्यक्ष द्वारा कार्यक्रमको समापन भएको थियो । कार्यक्रमको संचालन कलाधर सापकोटाले गरेका थिए ।