क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लमही नगर सम्मेलन सम्पन्न
ईश्वरीप्रसाद गैरे/लमही दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य खुसीराम चौधरीले राख्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सचिबालय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निरन्जनले वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे प्रकाशपार्दै पार्टीको योजना, कार्यक्रम, कार्यनीति तथा एकता महाधिवेशनमा राखिने विषयवस्तु तथा पार्टीले महाधिवेशन पछि नयाँ गतिमा अगाडि बढ्ने कुरा बताउनुभयो ।त्यसैगरी कार्यक्रममा शुभकामना दिनेहरुमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक सदस्य तथा लमही नगर इञ्चार्ज कमल गाउलेले लमही नगरपालिकाको भौगोलिक आर्थिक सामाजिक तथा पार्टीको अबस्थाबारे चर्चा गर्दै…