काठमाडौं : बाकेको राप्ती सोनारी गाँउपालिका-८ स्थित शमशेर गंज ( जिरो बजार)मा कोणसभा २०८१ चैत २० गते बुधबार सम्पन्न भएको छ। कोणसभालाई विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो।

हामीले राजतन्त्रको पिडालाई भोगेर आएको छौ। २४० वर्ष सम्म नेपाली जनताले उत्पिडन भन्दा अरु केही पाउन न सकेकाले यो नेपाली जनताको विकल्प हुनसक्दैन भन्नु भयो। विकल्प यथास्थितिवादी पनि होईन। अबको विकल्प अग्रगामी कार्यदिशा जनावादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानू भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक प्रकाश बिकले सञ्चालन गर्नु भएको थियो।
राप्ती सोनारी गाँउपालिका-९ को ढकेरी बजारमा अभियान टोलीले ब्यापक प्रचा वितरण गरेको थियो। कोहलपुर नगरपालिका-१२ को चपरगौडी बजारमा पनि ब्यापक प्रचा वितरण गरियो।

कोहलपुर नगरपालिकाको कोहलपुर बजारको न्यूरोड चोकमा कोणसभा सम्पन्न भयो। कोणसभाको सञ्चालन बाँके जिल्ला सचिव कमरेड गुणनिधि आचार्यले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड सिपि शर्माले गर्नु भएको थियो। ‘अहिले देशमा तिनवटा शक्ति अस्तित्वमा देखिएका छन्। यथास्थितिवादी शक्ति ( संसदवादी दलहरु), प्रतिगमनकारी शक्ति (राजावादीहरु) र अग्रगामी शक्ति। यीमध्ये अग्रगामी शक्तिले मात्र नेपालमा रहेको सबै समस्याहरुको समाधान गर्न सक्दछ। यसको नेतृत्व हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मात्र गर्नु सक्छ। राजनैतिक चरित्रको हिसावले पनि हाम्रो पार्टी अरु पार्टी भन्दा उच्च प्रकारको छ। अनुशासित, उच्च क्रान्तिकारी भावनाले ओतप्रोत भएको पार्टी मात्र क्रान्तिकारी कार्यभारलाई पुरा गर्न सक्दछ’ भन्नुभयो। देशमा युवाहरुको बारेमा बोल्दै भन्नु भयो, ‘नेपाल मात्र यस्तो देश हो जसले संस्थागत रुपमा युवाहरूलाई विदेश पलायन गराउद छ। युवा श्रमशक्तिलाई स्वदेश भित्र परिचालन गरेर युवा स्वरोजगार बनाउने योजना सरकार र सरकार सञ्चालक संग छैन’ भन्दै जोड दिनु भयो ‘यो व्यवस्था जनताको अवस्था सुधार गर्ने पक्षमा नै छैन’ भन्नु भयो।

कोहलपुर नगरपालिका-३ को मदनचोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभामा वैकल्पिक पिबिएम तथा अभियान टोली सदस्य कमरेड जितामित्र सुनार बोल्नु भएको थियो। नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। धर्मनिरपेक्षता हाम्रो उपलब्धि पनि हो। धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई राज्यबाट समान व्यवहार गरिनुपर्छ । कुनैएकल धर्म लाध्ने तरिका अति धार्मिक सोच हो। यस्ले एकल धर्मको नाममा धर्म युद्ध सञ्चालन हुन सक्ने बताउनु भयाे।

अर्का वक्ता पार्टीका जिल्ला सदस्य मुक्त बहादुर थापाले पनि मन्तब्य राख्नु भएको थियो। कार्यक्रम को सञ्चालन कैलाली जिल्ला सचिव कमरेड गुणनिधि आचार्यले गर्नु भएको थियो। वजारमा ब्यापक प्रचार वितरण गरिएको थियो। अभियान टोली बाँकेको कार्यक्रम सकेर सुर्खेत पुगेको छ।


सुर्खेतमा ४ नम्बर अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड हेमन्त प्रकाश ओली सुदर्शनले खाँदा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो।