
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको जनसम्बन्ध विस्तार अभियान टोलीले खोटाङको दिक्तेल बजारमा पत्रकारहरुसँग भेटघाट गरेको छ ।
भेटघाटको क्रममा अभियानको आवश्यकता, उद्देश्य र महत्वको बारेमा नेता श्रीसले जानकारी गराउनु भएको थियो । उहाँले पत्रकारहरुले राखेको जिज्ञासामा अब जनगणतन्त्रको स्थापनाले मात्रै देशमा विद्यमान संकटको निकास दिन सक्ने विषय सविस्तारमा राख्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय अभियान टोलीका सदस्यहरु, ब्यूरो र जिल्लाका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष हरिबोल आचार्य, पुर्व अध्यक्षहरु दिलिप खत्री, दमन राई लगायतका जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।