
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नं १
चैत्र १६ (आज) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत १ नं.अभियान टोलीले भोजपुरमा तीनवटा कोणसभा सम्पन्न गरेको छ ।भोजपुर नगरपालिकाको सातधारे बजारको कोणसभा अभियान टोली प्रमुख रामसिंह श्रीस र महिला नेतृ शारदा महतको सम्बोधन र राजकुमार राईको सञ्चालनमा सम्पन्न भयो । त्यसैगरी चारभञ्ज्याङको कोणसभा नेता चन्द्रहरि सुवेदीको सम्बोधन र
विद्यार्थी नेता प्रभात भट्टराईको सञ्चालनमा सम्पन्न भयो भने च्याङमिजी चोकको कोणसभालाई सम्बोधन डिल्लीराम बोहराले र सञ्चालन टेकबहादुर विकले गर्नुभयो । कोणसभामा स्थानीय जनताको बाक्लो सहभागिता रहेको थियो ।कार्यक्रम स्थलमा अभियानको पर्चा व्यापक रुपमा वितरण ,जनभेटघाट र वालपेन्टिङ पनि सम्पन्न भएको छ । यो अभियान टोली भोलि खोटाङ जिल्ला प्रवेश गर्नेछ ।


टोली नं २
अभियानको तेर्हौ दिन अर्थात चैत्र १६ गते उदयपुर चौदन्डिगडी नगरपालिका विरेन्द्रनगर बजारमा र्यालीसहित कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । अभियानबारे उदयपुर जिल्ला इन्चार्ज मोहन सिंह तामाङले मन्तव्य मार्फत प्रष्ट पार्नुभयो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । उदयपुर चौदन्डिगडी वडा नम्बर ५ सिबाइ चोकमा कोणसभा सम्पन्न भयो ।सभाको संचालन र सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो भने अभियानबारे कृष्ण देव सिंह दनुवारले प्रष्ट पार्नुभयो । टोलीले उदयपुर चौदन्डी नगरपालिका वडा नम्बर १० हडिया बजारमा कोणसभा सम्पन्न गरेको छ । कोणसभाको संचालन एवम् सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । सभाको सम्बोधन मोहन सिंह तामाङले गर्नुभएको थियोे साथै अभियानबारे ब्युरो सचिव गगनले मन्तव्य मार्फत राख्नुभयो । उदयपुर त्रीयुगा नगरपालिका वडा नम्बर ३ को मोतिगडा चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचालन अम्बिका रेग्मीले गर्नुभएको हो । सभामा अभियानबारे र पार्टीको धारणाहरु स्थायी कमिटी सदस्य प्रतिकले राख्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको थियोे । अभियान टोलीले ठाउँ ठाउँमा भित्तेलेखन गरेको छ ।
टोली नं ३
बाँसगढी को थुमनी गाँउमा अभियान टोलीले विहान जन भेटघाट गर्यो। जन भेटघाटमा उठेका बिषयमा ३ नम्बर व्यूरो ईन्चार्ज तथा पविएम लालबहादुर जाग्री र पिविएम कमरेड सिपि शर्माले प्रष्ट पार्नु भएको थियो।
अभियान टोलीले बाँसगढी नगरपालिकाको माछागढ चोकर लछमणा चोकमा पर्चा वितरण गर्दै बाँसगढी नगरपालिकाको बाँसगढी बजारको किसान चोकमा कोणसभा सम्पन्न गरेको छ। कोणसभालाई अभियान टोली सदस्य तथा वर्दिया जिल्ला ईन्चार्ज दिलबहादुर कठायतले सञ्चालन गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो। ईतिहासको पाङ्ग्रा सधै अगाडि बढ्छ। त्यसको नियम पछाडी फर्कने हुदैन भन्दै नेपालमा राजतन्त्र को पुनर्स्थापना धेरै महङ्गो हुने भन्दै राजावादीहरुले काठमाडौंको तिनकुनेमा देखाएको हर्कतको कडा भर्त्सना गर्नु भएको थियो।
वर्दिया जिल्लाको बढैया तालको अवलोकन गर्दै अभियान टोली बढैयाताल गाँउपालिकको वार्ड नं १मा रहेको जमुनी नाका( नयाँ बस्ती ) सीमाक्षेत्र अध्ययन अवलोकन गर्न गएको थियो। भारतसँग जोडिएको जमुनी नाकामा भूमिहीन सुकुम्बासी बस्ती बसालेको पाईयो। चौविस घर धुरी भूमिहीनहरुको घर टहरा पछाडी दशगजा क्षेत्रसँग जोडीएको र अगाडि लम्बरी जग्गा संग जोडिएकोले उनीहरुलाई ओर्लिन फर्कन निकै समस्या भएको देखियो। घरमा चलनचल्तीमा प्रयोग भएको पानी बगेर दशगजामा गए भारतीय सीमा सुरक्षा बलले धम्काउने र लम्बरी जग्गामा गए जग्गा धनीले लाठी मुङ्ग्री गर्ने वस्ती बासीले अभियान टोलीसित गुनासो पोखेका थिए। बिमार र असक्त सिताराम खटिकको गुनासो थियो ुदशगजा र लम्बरी जग्गाको बिचमा घर आँगन वाहेक हामी संग केही छैन। कमाएर खाने अवस्था केही न भएपछि काल पर्खनु बाहेक केही न भएकोु उनको दुखेसो थियो। चुनाव पछि यो क्षेत्रमा जनप्रतिनिधि कोही न आएको पनि उन्ले बताए। अचम्म लाग्दो के छ भने नेपालको तर्फबाट सीमा सुरक्षा बल त्यहाँ छैन। पुलिसको उपस्थित झण्डै एक किलोमिटर वर सितापुर बजारमा छ। त्यो सिमाक्षेत्र को सुरक्षा कवच तिनै भूमिहीन सुकुम्बासी हुन्। जो प्रत्येक दिन के खाने भन्ने पीडामा तड्पी रहेकाछन्।
सीमाक्षेत्रको अध्ययन अवलोकन पछि अभियान टोलीले सितापुर बजारमा कोणसभा सम्पन्न गरेको छ। कोणसभालाई अभियान टोली सदस्य तथा वैकल्पिक पिबिएम जितामित्र सुनारले सम्बोधन गर्नु भएको थियो। जमुनी नाका मा बसालिएको भूमिहीन सुकुम्बासीको अवस्था निकै पीडादायी भएकोले सरोकारवाला निकायले तुरुन्त उचित स्थानसम्म उनीहरुलाई स्तान्तरण गर्नुपर्ने बताउनुभयो। दलहरुले जनतन्त्र, जनजीविका र अमनचयनको व्यवस्था गर्न न चाहेर भ्रष्टाचारलाई केन्द्र देखि स्थानिय तहसम्म मौलाउने वातावरण बनाए भन्नुभयो। जनताको जीवनस्तरमा ध्यान दिएनन् र अहिले राजनैतिक संकट पैदा भएको बताउनु भयो। तर यस्को निकास प्रतिगमन होईन अग्रगामी हो भन्नु भयो। र अहिले उपलब्ध सीमित अधिकारहरूको संरक्षण गर्ने पनि हाम्रो दायित्व हो भन्नुभयो। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो भने टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सहसयोजक नारायण योगीले “उठ्नुपर्ने भो जुट्नुपर्ने भोभन्ने बोलको गीत गाउनु भएको थियो।अभियान टोलीले बढैयाताल गा पा ३भलागौडी बजारमा प्रचार वितरण गर्नुका साथै सोही स्थानबाट अभियान टोलीलाई अबिर माल्यार्पण गरेर बाँके जिल्लातर्फ विदाई गरेको थियो। टोलीलाई वर्दिया जिल्ला सहसंयोजक विपिन रानाले डायरी उपाहार सहित विदाई गर्नु भएको थियो।
अभियान टोली साँझ बाँके जिल्ला प्रवेश गरेको छ। बाँके जिल्लाको खजुरा गाँउपालिकाको सिमलघारी चोकमा बाँके जिल्लाले अभियान टोलीलाई खाँदा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो। सोही चोकमा अभियान टोली सदस्य दिलबहादुर कठायतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। बाँके जिल्ला सचिव गुणनिधि आचार्यले स्वागत मन्तब्य राख्नुको साथै जनसम्बन्ध विस्तार अभियानको महत्वको बारेमा बोल्नु भएको थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो इन्चार्ज लालबहादुर झाग्रीले पनि सम्बोधन गर्नु भयो। उहाँले भन्नु भयो ,जस्ले जंगल फडानी गर्छ, जोत्छ, ढुङ्गा फाल्छ र खेती योग्य जमीन बनाउँछ तर उस्को नाममा जग्गा हुँदैन । जो कुर्सीमा बस्छ, श्रम गर्दैन, टेवलमा बसेर कागत मिलाउछ र जग्गा उस्को नाममा हुन्छ। यो ठिक तरिका होईन। यो अभियान टोलीले जग्गा जित्नेहरु को नाममा हुनुपर्छ भन्ने वकालत गर्छ भन्नु भयो। मोदीले ज्ञानेन्द्र शाहलाई विष्णु को अवतार भनेका छन । यदि उनलाई त्यस्तो लाग्छ भने ज्ञानेन्द्र शाहलाई भारतमा राखेर विष्णु बनाएर राखे भैगो भन्दै यसैपनि तिब्बतमा लखेटिएको दलाइ लामालाई भारतले पालेको छ भन्नु भयो। नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ भन्नुभयो। हिन्दु धर्म दलित, महिला र उत्पीडित वर्गको पक्षमा नभएको भन्दै धर्मका मठादिशरुले महायज्ञ लगाउने नाममा भुमि पवित्रताको कुरा गरेर दलितको बस्ती मात्र होईन माटो समेत उठाएर फालेका छन् भन्नु भयो। राजतन्त्र र हिन्दु धर्म अबको विकल्प होईन देश अग्रगमन को बाटोमा जानुपर्ने बताउनुभयो।अभियान टोली आज साँझ बाँके जिल्ला को सिमलघारी गाँउमा विकेन्द्रित भएर किसानहरुको घरमा बास बसेको छ।

टोली नम्बर ४
यो टोलीले २०८१ चैत्र १६ गते भैरबी गाउँपालिका वडा नं ४ सिलङगि बजारमा कोणसभा सम्पन्न गर्यो । कोण सभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दैलेख जिल्ला सचिव ललित सुनारले गर्नु भएको थियो ।
प्रमुख वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन र वैकल्पिक पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो सचिव दिपक शाही प्रकाश उर्जा ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडकाले सम्बोधन गर्नु भएको थियो ।क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थायी समिति
सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन र बैकल्पिक पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो सचिव दिपक शाही प्रकाश उर्जा ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडकाले सम्बोधन गर्नु भएको थियो ।२०८१ चैत्र १६ गते जनसम्बन्ध विस्तार अभियान अन्तर्गत भैरबी गाउँपालिका वडा नं. ३ चगत्रामा कोणसभा सम्पन्न भयो ।
संचालन पार्टीको दैलेख जिल्ला सचिव ललित सुनारले गर्नु भएको थियो ।प्रमुख वक्ता पार्टीका केन्द्रीय बैकल्पिक सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडका बारुदले सम्बोधन गर्नु भएको थियो ।त्यसरी नै दैलेखको दुल्लु नगरपालिका –५ चाँदनीचोकमा कोणसभा सम्पन्न भयो ।
