सोनारी र डुडुवा गाँउपालिकाका विभिन्न वस्तिहरुमा कोणसभा, पर्चा वितरण, खेलकुद तथा प्रशिक्षणात्मक सभा सम्पन्न

image

बाँके : डुडुवा गाउँपालिका–५ को मिलनचोक (कम्दी)मा स्थानिय महिलाहरूसँग छलफल अन्तरक्रिया भएको थियो । उक्त छलफलमा पिबिएम तथा ३ नम्बर व्यूरो ईन्चार्ज लालबहादुर जाग्री, अभियान टोली सदस्यहरू नारायण योगी र कमलराज रोकाया (विपिन) पनि सहभागी हुनुभएको थियो ।


राप्ती सोनारी सोनारी गाँउपालिकाको वार्ड नं–५ को सुनखोली सामुदायीक वन उपभोक्ता समितीको भवनमा प्रशिक्षणात्मक सभा सम्पन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अभियान टोली सदस्य तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा ३ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम कमरेड लालबहादुर जाग्री, पिबिएम कमरेड सिपि शर्मा, पिबिएम कमरेड शेरबहादुर देउवा र पिबिएम कमरेड नारायण योगीलाई अतिथि आसन ग्रहण गराइएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि कृष्णराज पौडलले मन्तब्य राख्नु भएको थियो । खेलकुदलाई देश निर्माणको कामसंग जोडिनु पर्दछ । खेलकुदलाई विशुद्ध खेलिने कुरामा मात्र जोडिनु हुदैन भन्नु भयो । प्रचण्ड दश बर्षे माओवादी जनयुद्धको जगमा टेकेर सत्तमा गए र उनी दलाली र भ्रष्टाचारमा डुबे । अब प्रचण्डहरुले हाम्रो पक्षमा काम गर्दैनन् । उन्ले दलाल नोकरशाही पुँजीपति वर्गको सेवा गर्छन् भन्नु भयो । कार्यक्रममा मन्तब्य राख्दै अर्को वक्ता लालबहादुर जाग्रीले यो व्यवस्था ठेकेदार, माफिया र घुसखोरीहरुको पक्षपोषण गर्ने व्यवस्था हो । गरिब किसान र मजदुरको हित गर्ने यो व्यवस्था होइन । यस्तो किन हुन्छ ? यसका पछाडिको कारण के हो ? जनसम्बन्ध विस्तार अभियानले जनताको वस्तीमा यही भेदखोल्ने छ । उहाँको भनाइ थियो ।


कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सदस्य कमरेड भक्तबहादुर राना, सञ्चालन बाँके जिल्ला सचिव गुणनिधि आचार्य र अध्यक्षता जिल्ला सदस्य अनन्त भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा जापान गोजुरियो कराते मिशन संघ नेपालका कर्णाली प्रदेश ईन्चार्ज तथा राप्ती सोनारी गाँउपालिकाका प्रशिक्षक भक्तबहादुर रानाको नेतृत्वमा रहेको टिमले माया तथा डेमो पर्दशन गरेको थियो । अभियान टोली सदस्य तथा थारु जनगायक नारायण योगीले सिमली छायाँमा बोलको गित गाउनु भएको थियो ।

राप्ती सोनारी गाँउपालिका –५ विनौनामा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई हरिकिसन न्यौपानेले सम्बोधन गर्नु भएको थियो । अहिले यो संविधानले दिएको अधिकारलाई पनि उपभोग गर्न दिएको छैन । राज्यले मिटर ब्याजे, लघुवित्त संघ संस्था, र शहकारी तथा बैंकको माध्यमबाट गरिब जनताको उपर खेति गरेको छ र दललाहरुको माध्यमबाट घुमाउरो बाटो गरी खेती असुली गरेको छ भन्नु भयो ।
राप्ती सोनारी गाँउपालिकाको वार्ड नंवर ४ को बैजापुरमा कोणसभा सम्पन्न भएको छ । कोणसभाको सञ्चालन जिल्ला सचिव कमरेड गुणनिधि आचार्यले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड नारायण योगीले गर्नु भएको थियो। । गत १५ गते पत्रकारलाई जिउँदै जलाउने देखि जुन प्रकारको हर्कत प्रतिगमनकारीहरुले गरेका छन् ,त्यो निकै निन्दनीय छ भन्नु भयो । लाखौं युवाहरु विदेश पलाएन गराउने काम भएको छ । देशमा कल कारखानाको स्थापना गरिएको छैन ।


राप्ती सोनारी गाँउपालिका–३ उज्यालो बजार को भवनियापुरमा पर्चा वितरण गरियो । त्यसपछि राप्ती सोनारी गाँउपालिका–२ को अगैया बजारमा ब्यापकरुपले पर्चा बितरण पछि कोणसभा गरेको छ । कोणसभालाई अभियान टोली सदस्य दिपक बिष्टले सञ्चालन गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो । जनतन्त्र धनतन्त्रमा परिणत भएको छ । चुनाव सर्वसाधारणको पहुँच भन्दा धेरै टाडाको विषय बनेको छ । अकुत पैसा खर्चेर चुनाव जित्नेहरुलाई जनताको चुलो चौकासंग मत्लब छैन । सिमा अतिक्रमणसंग मतलब छैन । शिक्षा स्वास्थ्यको बारेमा उनीहरुलाई मतलब नै छैन, मतलब छ त चुनाव खर्च असुल्ने र अर्को चुनावको योजना वनाउने । कसरी देश बन्छ ह? उहाँले देश वासीलाई गम्भीर हुन अनुरोध गर्नु भयो । यस्को निकास प्रतिगमन होईन देश अग्रगमनको बाटोमा जानुपर्छ भन्नुभयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?