४ नं. कमान्डको जनसम्बन्ध बिस्तार अभियान सुर्खेतमा सम्पन्न गरेका कार्यहरु

image


काठमाडौं : सुर्खेत नगरपालिका वडा ३ यरिचोक बजारमा कोणसभा सम्पन्न गरी कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कडेलसंग अभियान टिम २०८१ चैत २० बुधबार महत्त्वपूर्ण भेटघाट तथा छलफलमा संलग्न भयो । सोही दिन विभिन्न राजनितीक दल र अधिकारीहरुसंग महत्त्वपूर्ण भेटघाट गरयो ।


त्यसैगरी कर्णाली प्रदेश प्रहरी प्रमुख शिव कुमार श्रेष्ठसंग अभियान टिमको महत्त्वपूर्ण भेटघाट तथा छलफल पनि भएको थियो ।
यरिचोक बजारमा गरिएको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का बारुद र पोलिट्ब्युरो सदस्य तथा ३नं. ब्यूरो सचीव दिपक शाही प्रकाशउर्जाले सम्बोधन गर्नु भयो भने संचालन सुर्खेत जिल्ला सचीव रतन ओलिले गर्नु भएको थियो ।


कोणसभाको लागि प्रमुख सम्बोधन स्थायी समिती सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शनले गर्नु भएको थियो ।
अभियानका दैरानमा व्यापक पर्चा बितरण पनि गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?