४ नं. कमान्ड अन्तरगत विभिन्न कोणसभाहरु संचालन पर्चा बितरण र भित्ते लेखनगरि जनसम्बन्ध बिस्तार अभियान

 नविन खडका

image

१९ चैत्र सूर्खेत : केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज निलम ओलिव्दारा सम्वोधन र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चाज दिनेश थापाले संचालन गर्दै पन्चपुरी नगरपालिकाको बाबियाचौर बजारमा कोणसभा सम्पन्न ।


त्यसैगरी पन्चपुरी नगरपालिका वडा नं. २ पलैटे बजारमा कोणसभा सम्पन्न गरिएको छ । जसको संचालन केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सचीव रतन ओलिले सम्वोधन पोलिट्ब्यूरो सदस्य धनेस्वर पोख्रेलले गर्नु भएको थियो ।


बडाताल गाउँपालिकाको बड्डिचौर बजारमा केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला सचिव रतन ओलि र पोलिट्ब्युरो सदस्य तथा २ नं. ब्यूरो इन्चार्ज राम बहादुर थारुको सम्वोधनमा र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापाको संचालनमा कोणसभा सम्पन्न भएको छ ।
सोही दिन उक्त अभियान टोलीले गुटु देखि बड्डीचौर सम्म ४—५ ठाउँमा १३ वटा नारा(भित्ते लेख्न) लेख्ने काम भएको थियो साथै तीन पालिकामा व्यापक पर्चा बितरण गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?