समाचार

देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गते देखि भ्रष्टाचार विरुद्ध अभियानको प्राम्भ गरेको छ । जुलुस ,सभा,कोण सभा, ज्ञापन पत्र प्रस्तुत गर्दै अभियानको प्रारम्भ गरिएको हो । बाँकेक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र सिडिओलाई बुझाइएको हो ।ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका बैकल्पिक पोलिटव्युरो सदस्य तथा ३ नम्बर ब्युरो सचिव दीपक शाही हुनुहुन्थ्यो । कोणसभामा पार्टी जिल्ला सेक्रेटरी आचार्यले पनि सम्बोधन गर्नु भएको…
Read More
क्रान्तिकारी युवासंघको राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी युवासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला वि.सं २०८२ साल असार ७ र ८ गते ललितपुरको कुपोण्डोलमा सम्पन्न भएको छ । उद्घाटन सत्रको अध्यक्षता सूर्य तिमिल्सिना , सञ्चालन दोर्जी सेर्पाले र संगीन भिउ थापा मगरले स्वागत गर्नु भएको थियो । अतिथिहरुको आसन ग्रहण पछि शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबहाक महासचिव गौरवले मैनबत्ती बालेर राष्ट्रिय भेलाको उद्घाटन गर्नु भएको थियो ।वहाँले राष्ट्रिय भेला सफलताको शुभकामना दिनु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।सूर्य तिमिल्सिना ,असल…
Read More
क्रा.क.पा.ने. काठमाडाैँले बुझायाे ढलदेखि विचौलियासम्मकाे समस्यालगायत समेटेर ५७ बुदे ज्ञापन पत्र

क्रा.क.पा.ने. काठमाडाैँले बुझायाे ढलदेखि विचौलियासम्मकाे समस्यालगायत समेटेर ५७ बुदे ज्ञापन पत्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौ जिल्ला समितिले जिल्लामा रहेका तमाम विषयलाई सम्बोधन गर्ने माग लिएर २०८२ असार ५ गते काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम चिन्तामणि शर्मा ,जिल्ला सेक्रेटरी केदार खतिवडा ,जिल्ला सचिवालय सदस्य सागर भण्डारी,पेशल दाहाल र जिल्ला सदस्य प्रवेश सम्मिलित प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो ।काठमाण्डौ शहरको ढलको समस्या,बाटोघाटो, जग्गा जमिनको समस्या, भूमिहीन सुकुम्बासीको समस्या समाधानको विषय , विचौलियाको समस्या लगायतको विषयलाई समेटेर ५७ बुदे ज्ञापन पत्र बुझाइएको छ ।ज्ञापन पत्र बुझ्दै तिवारीले महत्वपूर्ण विषय उठाएकाले यी विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनु भयो ।
Read More
भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचार विरोधी अभियानमा जोडिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आह्वान काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफूहरुले २०८२असार ५ गतेदेखि देशव्यापी सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा साथ दिन सबैलाई आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं व्यूरोको आयोजनामा काठमाण्डौ भृकुटी मन्डपको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९नं व्यूरो सेक्रेटरी चिन्तामणि पौडेल ,पोलिटव्यूरो सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट सो आह्वान गर्नु भएको हो । देशमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नु पर्नाको कारणबारे पार्टीको तर्फबाट जारी गरिएको वक्तव्य वाचन गर्दै र पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै नेताहरुले देशमा भ्रष्टाचार ,अनियमितता,वेथिति मौलाएकोले अब चुप लागेर बस्न नहुने र…
Read More
प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

काठमाडौं : अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।  अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् ।  अमेरिकाले युरोपमा तीन दर्जनभन्दा बढी इन्धन आपूर्ति विमानहरू पठाएको छ । अमेरिकी अड्डाहरूको सुरक्षामा तैनाथ लडाकू जेटहरूलाई सहयोग र इरानी परमाणु सुविधाहरूमा सम्भावित बमवर्षक विमानहरूको उडान सीमा बढाउन प्रयोग हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ । इजरायलले ह्वाइट हाउसलाई इरानसँगको द्वन्द्वमा हस्तक्षेप गर्न दबाब दिँदै गरेको अवस्थामा अमेरिकी अधिकारीहरूमा विस्तृत युद्धको आशंका बढ्दै गएको छ । …
Read More
असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै एक अपिल जारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गरेको छ ।यस्तो छ अपिलको पूर्णपाठ ः “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं । भ्रष्टाचार विरोधी अभियान किन ?हाम्रो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज

कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दिए सबैलाइ धन्यवाद काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका महासचिव किरण असार २ गते साँझ अस्पतलाबाट डिस्चार्ज हुनुभएको हो । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । महासचिव किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । पार्टी महासचिव अस्पतालबाट डिस्चार्ज भएपछि पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणको…
Read More
इरान-इजरायल युद्ध: मिसाइल र बम आक्रमण झनै तीव्र

इरान-इजरायल युद्ध: मिसाइल र बम आक्रमण झनै तीव्र

इरानले आइतबार गरेको मिसाइल हमलामा ध्वस्त मध्य इजरायलको बात यमस्थित आवासीय क्षेत्र । तस्बिर : एपी/रासस
Read More
इजरायलविरूद्ध ‍हमलामा इरानलाई साथ दिदै यमनबाट हुथीको हमला

इजरायलविरूद्ध ‍हमलामा इरानलाई साथ दिदै यमनबाट हुथीको हमला

 रासस/एएफपी : इरान समर्थित यमनको हुथी समूहले इजरायलमाथि हमला गरेको दाबी गरेको छ। शुक्रबार इजरायलले इरानमा प्रहार गरेपछिको जबाफी हमलामा आफूहरूले इरानलाई सघाएको हुथीले जनाएको छ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीका प्रवक्ता येह्या सरेले टेलिभिजन सम्बोधनमार्फत हुथीले पनि इरानसँग समन्वय गरी इजरायलमा हमला गरेको बताएका छन्। बितेको चौबीस घन्टामा इजरायको मध्ये सहर जाफालाई लक्ष्य गरेर हुथीले धेरै मिसाइलहरू प्रहार गरेको प्रवक्ता सरेले बताएका छन्। हुथीले पहिलो पटक कुनै देशसँग समन्यव गरी सैन्य कारबाही गरेको पहिलो पटक स्वीकार गरेको रोयटर्सले लेखेको छ। इजरायली अधिकारीहरुले पनि आफ्नो भूभागहरूमा इरान र यमनबाट मिसाइल हमला भएको बताएका छन्। यमनमा इरानले नै हतियार र पैसा दिएर हुथीलाई विभिन्न गतिविधिमा…
Read More
इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते

इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते

समाचार सारांश इरानले इजरायलमाथि गरेको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्। बट याम र टामरा सहरमा आक्रमण हुँदा भवनहरूमा क्षति पुगेको छ र उद्दार कार्य जारी छ। इरानले इजरायलका लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जा केन्द्रहरूलाई लक्षित गरेको दाबी गरेको छ। तेल अभिभ । इजरायलले गरेको आक्रमणको जवाफमा इरानले इजरायलको मध्य क्षेत्रमाथि हमला गरेको छ । पछिल्लो आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको तथा १ सय जनाभन्दा घाइते भएको इजरायली आपत्कालीन सेवाहरूले पुष्टि गरेका छन्। तेल अभिभ महानगर क्षेत्रभित्र पर्ने बट याममा गरिएको मिसाइल प्रहारमा एउटा भवन प्रत्यक्षरूपमा लक्षित भएको देखिएको छ।…
Read More