नेपालको हालैका घटनाक्रमबारे भाकपा (मार्क्सवादी लेनिनवादी) मास लाइन को वक्तव्य
काठमाडौं : सीपीआई (एमएल) मास लाइनका महासचिव प्रदीप सिंह ठाकुरले १२–०९–२०२५ मा एक वक्तव्य जारी गरी नेपालको हालैका घटनाक्रमबारे भाकपा (मास लाइन) को दृष्टिकोया स्पष्ट गरेका छन् । वक्तव्यमा भनिएको छ – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मास लाइनको पोलिट ब्यूरोले भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै नेपालमा जेनेरेसन जेड द्वारा सुरु गरिएको आन्दोलनसँग आफ्नो ऐक्यबद्धता व्यक्त गर्दछ। हामी नेपाल सरकारले आन्दोलनमाथि गरेको निर्दयी दमनको निन्दा गर्छौं। यो आन्दोलन देशमा व्याप्त गम्भीर आर्थिक संकटको परिणाम हो,जुन साम्राज्यवादी भूमण्डलीकरणको प्रत्यक्ष परिणाम हो। यसले बेरोजगारीलाई चरम सीमामा पुर्याएको छ, भ्रष्टाचारलाई आकाशसम्म पुर्याएको छ र चरम गरिबी सिर्जना गरेको छ। युवाहरूको क्रोधको पछाडि यी नै…