
बनेपा/काभ्रे –प्रदिप अस्तानी
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राजबिरले क्रान्तिको तयारी बिना क्रान्ति असम्भव छ, र क्रान्तिको तयारीको मूल आधार विचार, सिद्धान्त र प्रशिक्षण हो भन्नू भयो।
पार्टीको १० नम्बर क्षेत्रीय ब्यूरोको आयोजनामा सम्पन्न पाँच दिने आधारभूत वैचारिक प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै उनले सैद्धान्तिक शिक्षा र विचारमा दृढ नभई कुनै पनि आन्दोलन सफल हुन नसक्ने बताए। राजबिरले भने— क्रान्तिकारी पार्टीलाई क्रान्तिकारी कार्यकर्ताले ढाल्ने हो, र क्रान्तिकारी कार्यकर्ता तयार पार्ने स्कुल भनेकै यस्ता प्रशिक्षण हुन्।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै १० नम्बर ब्यूरो इन्चार्ज प्रवेशले भने— यो प्रशिक्षण क्रान्तिको आधारभूत तयारी हो। अब यसलाई अझ तलसम्म, गाउँ–गाउँ र बस्ती–बस्तीमा लैजाने हाम्रो लक्ष्य छ।
समारोहमा स्थायी समिति सदस्यहरू सुदर्शन, कुमुद, पोलिटब्यूरो सदस्य दर्पण लगायतको उपस्थिती रहेको थियो। प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट प्रदीप अस्तानी, भगवान खड्का र अर्पना श्रेष्ठले आफ्नो अनुभव प्रस्तुत गर्दै यस्तो प्रशिक्षणले आफूहरूलाई क्रान्तिकारी चेतना र संघर्षको मार्गमा अझ दृढ बनाएको बताए।
भदौ १६ देखि १९ गतेसम्म चलेको प्रशिक्षणमा पार्टी स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख राजबिर, स्थायी समिति सदस्य सुदर्शन र कुमुद, पोलिटब्यूरो सदस्यहरू एस.टि., दर्पण र निखिलेशले विभिन्न वैचारिक र सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए।