
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अग्रगामी परिवर्तनको पक्षमा रहेको बताएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्य बाहक महासचिव गौरवले देशमा बढिरहेको पछिल्लो घटनाक्रमहरुको बारेमा २०८२ भाद्र २६ गते प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्दै सो कुरा राख्नु भएको हो । वक्तव्यमा आन्दोलनकारी र नेपाली सेनावीच वार्ता भइरहेको कुरा सार्वजनिक भएको बारे यो आन्दोलनले उठाएका मागहरुलाई पूरा गर्ने सन्दर्भमा कस्तो प्रकारको सम्झौता हुने हो भन्ने सर्वत्र चासो रहेको ,वार्तामा जनताद्वारा गरिएको बलिदानले कति सफलता हासिल गर्छ भन्ने कुरा प्रमुख हुने कुरा बताइएको छ । आन्दोलनकारीहरुसँग तीनवटा सम्भावनाहरु अग्रगामी, यथास्थितिवादी र पश्चगामी बाटो रहेको बताउँदै आन्दोलनकारीहरुलाई वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिन सल्लाह पनि प्रदान गरिएको छ ।। वक्तव्यमा अगाडि भनिएको छ –
हिजो २०८२÷५÷२५ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति बैठक कार्यवाहक महासचिव क. गौरवको अध्यक्षता र महासचिव क. किरणको उपस्थितिमा सम्पन्न भयो । बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा ग¥यो र पार्टीको प्रारम्भिक धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
हाम्रो पार्टीले गत असार ५ गतेदेखि भ्रष्टाचार विरोधी कार्यक्रम संचालन गर्दै आइरहेको छ । यही अवस्थामा जेन–जीले पनि भदौ २३ गते भ्रष्टाचार र सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्धको विरोधमा विरोध प्रदर्शनको आयोजना ग¥यो । उक्त दिन जेन–जीले आयोजना गरेको प्रदर्शनमा राज्यको तर्फबाट अनावश्यक हस्तक्षेप गरियो जसको कारण ३० जना कलिला होनहार युवाहरुको ज्यान गयो भने सयौं व्यक्ति घाइते भए । यस सम्बन्धमा २३ गते नै हाम्रो पार्टीले वक्तव्य मार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
त्यसको भोलिपल्ट भदौ २४ गतेका दिन जेन–जीले नेतृत्व गरेको उक्त आन्दोलन फरक ढंगले अगाडि बढ्यो । भ्रष्टाचार, राष्ट्रिय स्वाधीनता, वाक स्वतन्त्रा तथा प्रेस स्वतन्त्रता सम्बन्धी मौलिक हकमाथि हस्तक्षेपको विरोधमा सुरु भएको आन्दोलन अर्कैतिर मोडेको देखियो । सरकारी भवनहरुलाई निशाना बनाइयो । यही कारणले गर्दा जनताको अभूतपूर्व समर्थन भएको आन्दोलनको विषयमा आशंका व्यक्त हुन थाल्यो ।
आन्दोलनकारी र नेपाली सेनावीच वार्ता भइरहेको कुरा सार्वजनिक भएको छ । यो आन्दोलनले उठाएका मागहरुलाई पूरा गर्ने सन्दर्भमा कस्तो प्रकारको सम्झौता हुने हो भन्ने सर्वत्र चासो छ । वार्तामा जनताद्वारा गरिएको बलिदानले कति सफलता हासिल गर्छ भन्ने कुरा प्रमुख हुन्छ । त्यस विषयमा पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । तीनवटा सम्भावना हाम्रो अगाडि छन् ः अग्रगामी, यथास्थितिवादी र पश्चगामी । कुन बाटोमा अगाडि बढ्ने भन्ने कुरा हामी अध्ययन गरिरहेका छौँ । आन्दोलनकारीहरुलाई हामी यो वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिने सल्लाह दिन चाहन्छौँ ।
