क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंको विरोध कार्यक्रम

काठमाडौं  : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौ जिल्ला समितिले असन चोकमा कोण सभा सम्पन्न गरेको छ ।

राम नेपालीको संचालनमा सम्पन्न कोण सभालाई पार्टीका बैकल्पिक केन्द्रिय सदस्य अधिवक्ता फणिन्द्र कार्कीले सम्बोधन गर्नु भएको थियो। कार्कीले जेन्जी आन्दोलनले भ्रष्टहरूमाथि आक्रमण गरेको भए पनि नयाँ गठित सरकार जनताको सरकार नभएको स्पष्ट पार्नु भयो ।

स्फ उहाँले भन्ने भयो ,“ यो पनि दलाल पुँजीवादीहरूकै सरकार हो । मजदुर र किसानहरूको सत्ता नआउँदा सम्म संघर्ष गर्न आबश्यक छ । ” सहभागीहरूले कार्यक्रम स्थलमा संघीय जनगणतन्त्र जिन्दावाद , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद , भ्रष्टाचारीहरूलाई कार्वाही गर लगायतका नारा लगाएको उक्त पार्टीका ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेलले हाँकलाई बताउनु भयो ।

हिजो सो पार्टीको ९ नम्बर ब्युरोले बानेश्वर एरियामा जुलुस र कोण सभा सम्पन्न गरेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?