समाचार

बैकल्पिक के.स. शारदा शाह पार्टीबाट निस्कासित

बैकल्पिक के.स. शारदा शाह पार्टीबाट निस्कासित

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रीय समितिकी बैकल्पिक सदस्य शारदा शाहलाई पार्टीबाट निस्कासित गरिएको छ । असार १८ गते पार्टीका कार्यबाहक महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीको स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहेकी शारदा शाहले पार्टी विरोधी गतिविधि गरेको र सुध्रन सुझाव दिँदा पनि अवज्ञा गरेको कारण पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टीबाट निस्कासन गरेको हो ।
Read More
क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

दाङ,घोराही : असार २० गते, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोका प्रमुख आतिथि हुनुहुन्थ्यो । प्रमुख आतिथि नन्दराम रोकाले किसानका समस्याहरुबारे प्रष्ट पार्दै दलाल संसदीय ब्यबस्थाले किसानलाई समयमै मल बीउ सिचाइ कृषि प्रबिधि उपलब्ध गराउन नसकेको र किसानका समस्याबारे मौन रहेकोले यसका बिरुद्ध किसान जागरुक भई अगाडि बढनुपर्ने कुरा बताउनु भयो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले देश दलाल फासिबादी राज्यब्यबस्था भएकोले किसानका आबश्यकता भन्दा दलाल जमिन्दारका…
Read More
नेपाल र नेपालीको भविष्य

नेपाल र नेपालीको भविष्य

लेखक– नारायणप्रसाद भण्डारी साम्राज्यवादको बुइ चढेर समाजवादको यात्रा गर्नेहरुसंसदवादको रसमा डुबेर समाजवादको भजन गाउनेहरु । समाजवाद ल्याउँदै छौ कि ?सामन्तवादको मलजल गर्दैछौ?अर्कालाइ मुर्ख बनाउन खोज्दा आफै लिन पियाओ बन्दैछौ । सरटायरमोरको उटोपियाली समाजवाद र पु्रधोको बाटो नहिडनपच्छाउ लिओन ट्राटस्की,बुखारिन र खुस्चोभ बन बरु हो चि मिन्ह । आजको समय २१औ शताब्दीको आधुनिक युग हो । संसार एउटा भिन्न परिबेशमा नयाँ नयाँ अकल्पनीय सृजनात्मक प्रतिस्पर्धाको खेल खेलिरहेको छ । वास्तबमा समय गर्नेको हो । समय गरेर देखाउन सक्नेको हो । समय मेहनत गर्नेहरुको हो । यो समय सिकेर गर्ने भन्दा अभ्याश गर्दै अनुभब संगाल्दै दक्षता हासिल गर्नेको हो । मानिस बर्तमानमा…
Read More
क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

दाङ : क्रान्तिकारी युवा संघ दाङ जिल्लाको भेला २०८२ असार १५ गते सम्पन्न भएको छ । भेलाको अध्यक्षता संगठन समितिका अध्यक्ष विरेन्द्र खड्काले गर्नु भएको थियो । जसमा प्रमुख अतिथि अतिथि व्यूरो इन्चार्ज अटलहुनुहुन्थ्यो । दाङ जिल्ला इन्चार्ज हुकुम र सेक्रेटरी दीपको विशेष उपस्थिति रहेको थियो । भेलाले विरेन्द्र खड्का संयोजक रहेको जिल्ला समिति गठन गरेको छ । जसमा सदस्यहरु रमेश खड्का , प्रवेग बुढा , हेमराज डाँगी , रामप्रसाद चौधरी , शिवराज गौतम , संगम खत्री , कुशल वली , गेहेन्द्र भण्डारी ,विवेक घर्ती क्षत्री, सुरज चौधरी र मंगल चौधरी रहनु भएके छ ।
Read More
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

ललितपुर : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुर जिल्लाको प्रथम जिल्ला भेला ललितपुर महानगरपालिका स्थित पुल्चोकमा बिहीबार सम्पन्न भएको छ। भेलामा मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माको प्रमुख उपस्थिति रहेको थियो। भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपक तथा जिल्ला सचिव जगदीश विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्मा र केन्द्रीय कार्यालय सदस्य तथा ब्यूरो नं. ९ का संयोजक रोशन विशुंकेको समेत उपस्थिति थियो। भेलाले सपना मंग्रातीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा रविन सुनार, जीवन विश्वकर्मा, टेक बहादुर विश्वकर्मा, मनोज पुर्कोटी, प्रसान्ति लामिछाने, सुजन मंग्राती, सिर्जना रोक्का रहेका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)

क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिको आयोजनामा तीन दिने जिल्ला स्तरीय कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा काठमाडौंको जिल्लाका नगर सचिवहरु र काठमाडौ जिल्लाका ज.व.स.संयोजकहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि स्थायी समिति सदस्य तथा स्कूल विभाग प्रमुख रामसिंह श्रीष रहेका थिए भने उद्घाटन सत्रको अध्यक्षता जिल्ला समितिका सचिव केदार खातीवडाले गर्नुभएको थियो। उद्घाटन सत्रमा अतिथिहरूले वर्ग संघर्ष, पार्टी निर्माण, र समकालीन राजनीतिक परिस्थितिमा पार्टीको भूमिका विषयमा मन्तव्य व्यक्त गरेका थिए। तिन दिन सम्म सञ्चालन भएको कार्यशालामा सहजीकरणको जिम्मेवारी ९ नं. ब्यूरो ईञ्चार्ज दिनेश शर्मा , र सेक्रेटरी चिन्तामणि पौडेलले सम्हाल्नु भएको थियो। कार्यशालामा संगठन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई सम्पन्न

नवलपरासी: मोहन बैद्य 'किरण'नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले सामुहिक जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई सम्पन्न गरेको छ । सोमवार पार्टीले बर्दघाट–१० भुताहाचापी स्थित शहिद परिवार खोरबहादुर चौधरीको जिवनसाथी बिद्या चौधरीको पाँच कठ्ठा खेत रोपाई गरेको हो । जनयुद्धकालीन माओवादी कार्यकर्ता चौधरीको तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जिल्ला पार्टीको पाँचौ पुर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा शहिद परिवारको धान रोपाई गरेर सामुहिक श्रम गर्ने निर्णय गरे बमोजिम उत्पादनको काममा जोडिएको जानकारी गराए । ' कम्युनिष्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ, सामुहिक श्रममा विश्वास नगर्नेहरु कम्युनिष्ट…
Read More
सहिद परिवारको धान रोपाई गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

सहिद परिवारको धान रोपाई गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

भष्ट्राचार बिरोधी अभियानकै बीचमा जनश्रम नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार जिल्ला पार्टीको पाँचौ पुर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा धान रोपाई समेत गर्ने निर्णय गरेको थियो ।“कम्युनिष्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ,हामी सच्चा क्रान्तिकारीहरु श्रमबाट कटनु राम्रो बिषय होइन ” – युवा नेता पाण्डेयले भने–”उत्पादनका कामहरुको दिर्घकालीन योजना बनाएका छौ , तत्काल शहिद परिवारको धान रोपाईं गरेर श्रममा जोडिदैंछौ ।”उनले असार १६ गते बर्दघाट–१० अल्हावलस्थित जनयुद्धका शहिद खोरबहादुर चौधरीको जिवनसंगनी बिद्या चौधरीको खेतमा धान रोपाई गर्ने…
Read More
बेङ्गलोरको बिध्यारानीपुरामा अखिल भारत नेपाली एकता समाजकाे संगठन विस्तार

बेङ्गलोरको बिध्यारानीपुरामा अखिल भारत नेपाली एकता समाजकाे संगठन विस्तार

बेङलोर : बेङ्गलोर बिध्यारानीपुरा एरियामा कार्यरत नेपाली श्रमजीवीहरूको बीच अखिल भारत नेपाली एकता समाज ईजिपुरा एरिया समितिका सचिव मोहन लाल परियार एवं ईजिपुरा एरिया समिति का अध्यक्ष तथा नगर सदस्य स्याम बहादुर परियारको पहलकदमी र अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक र केन्द्रीय सचिव रामसिंह विक केन्द्रीय सदस्य तथा नगर अध्यक्ष राम दत्त पाण्डे को विशेष उपस्थितिमा २९ जुन २०२५ का दिन बृहत भेला सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्ष गोरख परियारले गर्नुभएको थियो भने सञ्चालन गजेन्द्र परियार गर्न भएको थियो। कार्यक्रमका अतिथहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक, केन्द्रीय सचिव रामसिंह विक,…
Read More
कावासोतीमा, १०-दिने ICT-BootCamp सफलतापूर्वक सम्पन्न, ३६ विद्यार्थीले पाए व्यावहारिक सिप

कावासोतीमा, १०-दिने ICT-BootCamp सफलतापूर्वक सम्पन्न, ३६ विद्यार्थीले पाए व्यावहारिक सिप

कावासोती २ स्थित शिव नमुना माध्यमिक विद्यालयमा सञ्चालन भएको १० दिने ‘आइटी बुट क्याम्प तथा जागिर मेला कार्यक्रम’ बुधबार सम्पन्न भएको छ। सूचना प्रविधिलाई आधार मानेर सञ्चालित तालिममा जिल्लाका ३६ जना विद्यार्थी सहभागी भएका थिए। तालिममा चार नगरपालिका र चार गाउँपालिकाबाट चयन गरिएका विद्यार्थीलाई आवासीय रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।तालिममा वेभ डिभलपमेन्ट, साइबर सुरक्षा, जाभा स्किल, सुरक्षित इन्टरनेट प्रयोग, इमेल र एप्लिकेसनहरूमा हुने सम्भावित जोखिम र त्यसबाट जोगिने उपायबारे व्यावहारिक ज्ञान दिइएको थियो। प्रशिक्षकका रूपमा सूचना प्रविधि विज्ञ इन्जिनियर योगेश रायमाझी, इन्जिनियर केशव प्रसाद मैनाली, इन्जिनियर सनोज श्रेष्ठ र रिपेस अधिकारीले तालिम सञ्चालन गरेका थिए। प्रशिक्षकहरूको दृष्टिकोणयस तालिममा प्रशिक्षण प्रदान…
Read More