महत्त्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य ‘किरणले’ स्वास्थ्यको कारण महासचिव तथा केन्द्रीय समितिबाट दिनुभएको राजीनामा स्वीकृत ।

–बैठकद्वारा कार्यवाहक महासचिव  सि. पी. गजुरेल ‘गौरव’लाई महासचिव पदमा निर्वाचित ।

–नवनिर्वाचित महासचिव गौरवद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदन  पारित ।

–विश्वभरिका साम्राज्यवाद विरोधी शक्तिहरुलाई गोलबन्द गरी साम्राज्यवाद विरोधी बलियो संयुक्त मोर्चा गठन गर्न र विश्वस्तरमा अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणको लागि अझै पहल बढाउनुपर्ने आवश्यकतामा जोड  ।

–संसदवादी राजनीतिक पार्टीहरु नेका, नेकपा (एमाले) र नेकपा (माके)ले नेतृत्व गरेको दलाल सत्ता र सरकारले निरन्तरता दिदै आएकोले आज नेपाली जनताले दुष्परिणाम भोग्नु परेको निष्कर्ष।

–भाद्र २३ गतेको जेनजी विद्रोह अमेरिकी साम्राज्यवाद तथा विस्तारवाद र तिनका नेपाली दलालहरुले अपहरण गरे र आ–आफ्नो स्वार्थ पुरा गर्नेतिर लागे ।

–शुशीला कार्कीको नेतृत्वमा बनेको  सरकार मुख्यतः अमेरिकी तथा भारतीय कठपुतली ।

–देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बीच संयुक्त मोर्चाको निर्माण, संघर्षको बलमा स्वाधीन संयुक्त सरकारको गठन र वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जन संविधानको निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय  ।

–स्वाधीन संयुक्त सरकारको गठन र वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जन संविधानको निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय  ।

– ९ बुँदे समसामयिक प्रस्ताव पारित  ।

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । २०८२ साल असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बसेको बैठकले लिएका निर्णयहरुलाई बैठकबाट नवनिर्वाचित महासचिव गौरवले २०८२ ।०७। ०२ मा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नु भएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

“ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक यही २०८२ साल असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म वस्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. कार्यवाहक महासचिव क. सि. पी. गजुरेलको अध्यक्षतामा बसेको बैठकद्वारा सर्वप्रथम नेपालमा संचालित जनसंघर्ष, जनआन्दोलन तथा महान जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
२. बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव क. मोहन बैद्य ‘किरणले’ स्वास्थ्यको कारण महासचिव तथा केन्द्रीय समितिबाट दिनुभएको राजीनामा स्वीकृत गरियो । बैठकले अहिलेसम्म उहाँले समग्र कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गरेको छ । साथै, उक्त रिक्त पदमा बैठकले कार्यवाहक महासचिव क. सि. पी. गजुरेल ‘गौरव’लाई महासचिव पदमा निर्वाचित गरेको छ ।
३. त्यसपछि नवनिर्वाचित महासचिव क.गौरवले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यापक बहस र छलफल पछि बैठकमा उक्त प्रस्ताव पारित गरियो । सो राजनीतिक प्रस्तावको सार यसप्रकार रहेको छ ।
क) राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै अहिले विश्वयुद्धको खतरा बढ्दै गएपनि साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीच नै प्रधान अन्तरविरोध रहेको निस्कर्ष निकाल्दै, विश्वभरिका साम्राज्यवाद विरोधी शक्तिहरुलाई गोलबन्द गरी साम्राज्यवाद विरोधी बलियो संयुक्त मोर्चा गठन गर्न र विश्वस्तरमा अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणको लागि अझै पहल बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
ख) राष्ट्रिय परिस्थितिको चर्चा गर्दै विगत पंचायती सरकारको पालामा शूरु गरिएको नवउदारवादी अर्थनीतिलाई प्रमुख संसदवादी राजनीतिक पार्टीहरु नेका, नेकपा (एमाले) र नेकपा (माके)ले नेतृत्व गरेको दलाल सत्ता र सरकारले निरन्तरता दिदै आएकोले आज नेपाली जनताले दुष्परिणाम भोग्नु परेको निष्कर्ष निकालिएको छ ।
ग) भाद्र २३ गते शुरु भएको जेनजी विद्रोह दलाल नोकरशाही पूँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता, संविधान र संसदीय व्यवस्थाको विरोधमा थिएन । ओली नेतृत्वको गठबन्धन सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध, देशमा हुँदै आएको भ्रष्ट्राचार र संसदवादी दलहरुका अन्य कतिपय गलत तथा स्वेच्छाचारी क्रियाकलापका विरुद्ध निशस्त्र जेनजी युवाहरुको शान्तिपूर्ण आन्दोलन थियो । विद्रोहको क्रममा साम्राज्यवाद तथा विस्तारवादको विरुद्ध कुनै आवाज उठाइएको थिएन । यसरी यो आन्दोलनको उद्देश्य यही व्यवस्था अन्तर्गत भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारीको व्यवस्था थियो ।
घ) भाद्र २३ गतेको जेनजी विद्रोह अमेरिकी साम्राज्यवाद तथा विस्तारवाद र तिनका नेपाली दलालहरुले अपहरण गरे र आ–आफ्नो स्वार्थ पुरा गर्नेतिर लागे ।
ङ) शुशीला कार्कीको नेतृत्वमा बनेको कथपुतली सरकार मुख्यतः अमेरिकी तथा भारतीय शासक वर्ग तथा तिनका नेपाली दलालहरुका बीचको आन्तरिक सम्झौता र नेपाली सेनाको अग्रसरतामा बनेको सरकार हो ।
च) सुशीला नेतृत्वको कठपुतली सरकारले संसदीय निर्वाचन घोषणा गरे पनि यो निर्वाचन हुनेमा निश्चितता छैन ।
छ) देशको यस प्रकारको स्थितिमा बैठकले देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बीच संयुक्त मोर्चाको निर्माण, संघर्षको बलमा स्वाधीन संयुक्त सरकारको गठन र वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जन संविधानको निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय गरेको छ ।
ज) राष्ट्रिय स्वाधीनता र सावैभौकिता माथिको खतरा गम्भीर हुँदै गएको विद्यमान स्थितिमा बैठकले साम्राज्यवाद तथा विस्तारवाद विरोधी अन्दोलन संचालन गर्ने निर्णय गरेको छ ।
झ) बैठकले हाल चलिरहेको संगठन सुदृढीकरण अभियानलाई जारी राख्ने र जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलनहरुलाई सम्पन्न गर्ने निर्णय गरेको छ ।”

समसामयिक प्रस्तावहरु

१.हमास र इजायलकाबीचमा गत२०८० असोज २० (२०२३ अक्टोबर ७)देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ।अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमाहमास र इजरायलकाबीचमाशान्ति सम्झौताभएकोछ ।उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्रहुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्तशान्ति सम्झौतालाई स्वागतगर्दछ र हमासलाई निशश्त्रगर्ने सर्तको विरोधगर्दछ ।

२. गत२०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेनबीचको युद्ध आजपनिकायम रहेकोछ।उक्त युद्धको अन्त्यगर्नेप्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका बीचमाअलस्कामाउच्च स्तरीय वार्ता भएको थियो तर त्यसको ठोस परिणाम आउन सकेकोछैन । यो बैठकले युक्रेनको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अक्षुण्णताको पक्षमा समर्थन जाहेर गर्दछ र उक्त युद्धको सिघ्रातिसिघ्र अन्त्यगरीशान्ति स्थापनागर्न आव्हानगर्दछ ।

३. यही २०८२ असौज ९ (२०२५ सेप्टेम्बर २५) माभारतको केन्द्रशासित राज्यको रुपमा रहेको लद्दाखलाई स्वशासित राज्यको स्तर प्रदान गर्नुपर्ने माग राखेर त्यहाँकाजनताहरुले गरेको प्रदर्शनमाथिभारत सरकारको दमनबाट ४ जनाप्रदर्शनकारीहरु मारिएकाछन् र त्यसको नेता सोनामवाङ्चुकलाई गिरफ्तार गरिएकोछ । यो बैठक लद्दाखका जनताहरुले उठाएको जायज र न्यायपूर्ण मागप्रति समर्थन जाहेर गर्दछ र भारतीय सरकारद्वारा गरिएको हत्याएवम् दमनको कडा शब्दमाभत्र्सना गर्दछ ।साथै, गिरफ्तार नेताको विनाशर्त तत्काल रिहाइको मागगर्दछ ।

४.यही२०८२ सालभदौ २ (२०२५ सेप्टेम्बर १०)माचिनीया परराष्ट्र मन्त्रीको भारत भ्रमणको दौरानमाचीन र भारतले नेपालको भू–भागलिपुलेकलाई द्विदेशीयव्यापारिक नाकाको रुपमा सन्चालनगर्ने निर्णयलाई पुनःकार्यान्वयनगर्ने सहमति गरेकाछन् ।उक्त निर्णयले नेपालको स्वाधीनता र भौगोलिक अखण्डताको जबरजस्त ढंगले उल्लङ्घन गरेकोछ । यो बैठकले चीन र भारतको उक्त सहमतिप्रति घोर आपत्तिजनाउंदै नेपालको स्वाधीनताएवम् अखण्डताको सम्मानगर्न आव्हानगर्दछ र उक्त समस्याको समाधानको लागि सकृय रुपमा कूटनितिक पहलकदमीलिननेपाल सरकारसँगअपिलगर्दछ ।

५. यही२०८२ सालभदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्यर सुशासन स्थापनाको माग राखेर देशव्यापी रुपमा सन्चालनभएको “जेन–जेड” विद्रोहको दौरानमा७८जनानिहत्थानागरिकहरु मारिएकाछन् रअन्य सयौं व्यक्ति घाइते भएकाछन् । यो बैठकले विद्रोहकामृतकहरुप्रतिहार्दिक श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारहरुलाई उचितक्षतिपूर्ति प्रदानगर्न र घाइतेहरुलाई निःशुल्कउपचार उपलब्ध गराउन जोडदार मागगर्दछ ।

६. देशमाजनविरोधी भ्रष्ट दलालहरुको नेतृत्वमाकÞायम रहेको शासनव्यवस्थाका कारण गतभदौमाभएको नेपालको जेन–जेड विद्रोहको दौरानमासाम्राज्यवादीतथाविदेशीशक्तिहरुको व्यापक संलग्नता र हस्तक्षेप भएकोछ । यो बैठक त्यसप्रकारको बाह्यहस्तक्षेपको हदैसम्मविरोधएवम् निन्दागर्दछ ।

७. जेन–जेड विद्रोह (२०२५) को दौरानमानेपालीसेनाले सुरक्षाको जिम्मेवारी पाएका राष्ट्रपति भवन र सिंहदरबार लगायतका महत्वपूर्ण संरचनाहरुमाआगजनीहुँदा समेत उक्त स्थानहरु जोगाउनेतर्फ नलागेर नेपाली सेना मुकदर्शक भएर बस्यो ।त्यसकाअतिरिक्त राजनीतिक अग्रसरताआफ्नो हातमालिएर देशलाई प्रतिगमनतर्फ लैजाने प्रयत्नमालागेको र त्यो कार्य सम्भव नभएपछि नयां प्रधानमन्त्री चयन गर्नमामुख्यभूमिकाखेल्यो । यो बैठक नेपालीसेनाले देखाएको गैरजिम्मेवार प्रवृत्ति र राजनीतिकभूमिकाको कडा शव्दमाआलोचना र भत्र्सना गर्दछ ।

८. यही२०८२ सालअसोज महिनाको मध्यतिर भएको यस बर्षको भारी मनसुनीबर्षाको कारणले उत्पन्नभएको बाढी पहिरोको प्रकोपले गर्दा देशकाविभिन्न स्थानहरुमाव्यापकजनधनको विनाश र भौतिकपूर्वाधारहरु क्षतिग्रस्त भएकाछन् । यस बैठकले उक्तप्रकोपमाज्यानगुमाएकाहरु प्रतिश्रद्धान्जली अर्पण गर्दछ र सरकार समक्ष पीडित जनताहरुलाई उचित सहयोग प्रदानगर्न रक्षतिग्रस्त संरचनाहरुको तत्कालपुनःनिर्माण गर्न जोडदार मागगर्दछ ।

९. यतिखेर देशमाचाडपर्वको समय रहेकोछ र व्यापारीहरुद्वारा यस माहौलको मौका छोपेर दैनिकउपभोग्यवस्तुहरुको मूल्यमाजथाभावीवृद्धि भएकोछ ।त्यसरी गरिएको मूल्यवृद्धिको परिणामस्वरूप सर्वसाधारण जनताले दैनिक जीवनमामहंगीको मार खेप्नु परेकोछ । यस बैठकले जथाभावीमूल्यवृद्धि मार्फत भैरहेको महंगीलाई तुरुन्त नियन्त्रण गर्न रउपभोग्यवस्तुहरु सर्वसुलभ रुपमाउपलब्ध गराउन सरकार र सम्बन्धितनिकायसँग जोडदार मागगर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?