क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

(क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिकाे यही २०८२ असाेज २९-१ कात्तिकसम्म काठमाडाैँ बसेकाे तेस्राे पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरू)

१.हमास र इजायलकाबीचमा गत२०८० असोज २० (२०२३ अक्टोबर ७)देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ।अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमाहमास र इजरायलकाबीचमाशान्ति सम्झौताभएकोछ ।उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्रहुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्तशान्ति सम्झौतालाई स्वागतगर्दछ र हमासलाई निशश्त्रगर्ने सर्तको विरोधगर्दछ ।

२. गत२०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेनबीचको युद्ध आजपनिकायम रहेकोछ।उक्त युद्धको अन्त्यगर्नेप्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका बीचमाअलस्कामाउच्च स्तरीय वार्ता भएको थियो तर त्यसको ठोस परिणाम आउन सकेकोछैन । यो बैठकले युक्रेनको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अक्षुण्णताको पक्षमा समर्थन जाहेर गर्दछ र उक्त युद्धको सिघ्रातिसिघ्र अन्त्यगरीशान्ति स्थापनागर्न आव्हानगर्दछ ।

३. यही २०८२ असौज ९ (२०२५ सेप्टेम्बर २५) माभारतको केन्द्रशासित राज्यको रुपमा रहेको लद्दाखलाई स्वशासित राज्यको स्तर प्रदान गर्नुपर्ने माग राखेर त्यहाँकाजनताहरुले गरेको प्रदर्शनमाथिभारत सरकारको दमनबाट ४ जनाप्रदर्शनकारीहरु मारिएकाछन् र त्यसको नेता सोनामवाङ्चुकलाई गिरफ्तार गरिएकोछ । यो बैठक लद्दाखका जनताहरुले उठाएको जायज र न्यायपूर्ण मागप्रति समर्थन जाहेर गर्दछ र भारतीय सरकारद्वारा गरिएको हत्याएवम् दमनको कडा शब्दमाभत्र्सना गर्दछ ।साथै, गिरफ्तार नेताको विनाशर्त तत्काल रिहाइको मागगर्दछ ।

४.यही२०८२ सालभदौ २ (२०२५ सेप्टेम्बर १०)माचिनीया परराष्ट्र मन्त्रीको भारत भ्रमणको दौरानमाचीन र भारतले नेपालको भू–भागलिपुलेकलाई द्विदेशीयव्यापारिक नाकाको रुपमा सन्चालनगर्ने निर्णयलाई पुनःकार्यान्वयनगर्ने सहमति गरेकाछन् ।उक्त निर्णयले नेपालको स्वाधीनता र भौगोलिक अखण्डताको जबरजस्त ढंगले उल्लङ्घन गरेकोछ । यो बैठकले चीन र भारतको उक्त सहमतिप्रति घोर आपत्तिजनाउंदै नेपालको स्वाधीनताएवम् अखण्डताको सम्मानगर्न आव्हानगर्दछ र उक्त समस्याको समाधानको लागि सकृय रुपमा कूटनितिक पहलकदमीलिननेपाल सरकारसँगअपिलगर्दछ ।

५. यही२०८२ सालभदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्यर सुशासन स्थापनाको माग राखेर देशव्यापी रुपमा सन्चालनभएको “जेन–जेड” विद्रोहको दौरानमा७८जनानिहत्थानागरिकहरु मारिएकाछन् रअन्य सयौं व्यक्ति घाइते भएकाछन् । यो बैठकले विद्रोहकामृतकहरुप्रतिहार्दिक श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारहरुलाई उचितक्षतिपूर्ति प्रदानगर्न र घाइतेहरुलाई निःशुल्कउपचार उपलब्ध गराउन जोडदार मागगर्दछ ।

६. देशमाजनविरोधी भ्रष्ट दलालहरुको नेतृत्वमाकÞायम रहेको शासनव्यवस्थाका कारण गतभदौमाभएको नेपालको जेन–जेड विद्रोहको दौरानमासाम्राज्यवादीतथाविदेशीशक्तिहरुको व्यापक संलग्नता र हस्तक्षेप भएकोछ । यो बैठक त्यसप्रकारको बाह्यहस्तक्षेपको हदैसम्मविरोधएवम् निन्दागर्दछ ।

७. जेन–जेड विद्रोह (२०२५) को दौरानमानेपालीसेनाले सुरक्षाको जिम्मेवारी पाएका राष्ट्रपति भवन र सिंहदरबार लगायतका महत्वपूर्ण संरचनाहरुमाआगजनीहुँदा समेत उक्त स्थानहरु जोगाउनेतर्फ नलागेर नेपाली सेना मुकदर्शक भएर बस्यो ।त्यसकाअतिरिक्त राजनीतिक अग्रसरताआफ्नो हातमालिएर देशलाई प्रतिगमनतर्फ लैजाने प्रयत्नमालागेको र त्यो कार्य सम्भव नभएपछि नयां प्रधानमन्त्री चयन गर्नमामुख्यभूमिकाखेल्यो । यो बैठक नेपालीसेनाले देखाएको गैरजिम्मेवार प्रवृत्ति र राजनीतिकभूमिकाको कडा शव्दमाआलोचना र भत्र्सना गर्दछ ।

८. यही२०८२ सालअसोज महिनाको मध्यतिर भएको यस बर्षको भारी मनसुनीबर्षाको कारणले उत्पन्नभएको बाढी पहिरोको प्रकोपले गर्दा देशकाविभिन्न स्थानहरुमाव्यापकजनधनको विनाश र भौतिकपूर्वाधारहरु क्षतिग्रस्त भएकाछन् । यस बैठकले उक्तप्रकोपमाज्यानगुमाएकाहरु प्रतिश्रद्धान्जली अर्पण गर्दछ र सरकार समक्ष पीडित जनताहरुलाई उचित सहयोग प्रदानगर्न रक्षतिग्रस्त संरचनाहरुको तत्कालपुनःनिर्माण गर्न जोडदार मागगर्दछ ।

९. यतिखेर देशमाचाडपर्वको समय रहेकोछ र व्यापारीहरुद्वारा यस माहौलको मौका छोपेर दैनिकउपभोग्यवस्तुहरुको मूल्यमाजथाभावीवृद्धि भएकोछ ।त्यसरी गरिएको मूल्यवृद्धिको परिणामस्वरूप सर्वसाधारण जनताले दैनिक जीवनमामहंगीको मार खेप्नु परेकोछ । यस बैठकले जथाभावीमूल्यवृद्धि मार्फत भैरहेको महंगीलाई तुरुन्त नियन्त्रण गर्न रउपभोग्यवस्तुहरु सर्वसुलभ रुपमाउपलब्ध गराउन सरकार र सम्बन्धितनिकायसँग जोडदार मागगर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?