समाचार

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं : भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बालेन्द्र साह नेतृत्वको सरकारले गरेको फासिवादी बर्बर दमनका विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएमहरु दिनेश शर्मा सागर, चिन्तामणि पौडेल, सुरेश श्रेष्ठ, नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पीवीएम राजकुमार हिङमान, नेकपाका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख अर्जुन कार्की लगायतका नेताहरुले गर्नुभएको थियो । बिजुली बजार पुलबाट निकालिएको जुलुस माइतीघर मण्डलामा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज…
Read More
राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो । कसरी हेर्ने नतिजा ? एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)–एम्बिसन गुरु: ३१०६१ (SMS…
Read More
‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

सुकुम्बासी तथा आम जनसमुदाय !बालेन्द्र शाह नेतृत्वको सरकारले सपथ खाएको भोलिपल्टैदेखि फासीवादी शैली अपनाएको कुरा सर्वविदितै छ । वैशाख १२ गतेदेखि भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी बस्तीहरूमा काठमाडौँको थापाथलीबाट चलाइएको डोजर आतङ्क अदालतको आदेश आउने दिनसम्म जारी रह्यो । यसरी वैकल्पिक व्यवस्था नगरिकन किन सुकुम्बासी बस्तीमा डोजर लगाएको भनी सोधिएको जनताको प्रश्नको उत्तरमा सरकार भन्छ, “सरकारी जग्गा अतिक्रमण गरी बसेकोले ।” आम जनताले पुनः प्रश्न गरेका छन्, “के सुकुम्बासीहरु नेपाल सरकारका जनता होइनन् ?” सरकारले यसको कुनै जवाफ नदिई देशभरि सुकुम्बासी बस्तीहरुमा डोजर चलाइरह्यो । आज आएर अदालतले सुकुम्बासी बस्तीहरुमा डोजर नचलाउन आदेश गरेको स्थिति छ । सुकुम्बासी को हुन्…
Read More
बिना विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

बिना विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

नुवाकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले एक प्रेस वक्तव्य जारी गरी विना विकल्प भूमिहीन सुकुमबासीलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रशिद्धले जारी गरेको वक्तव्यमा भनिएको छ, “अब्यवस्थित वसोवासी किसान, भुमिहिन सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी गरिएको राज्य आतंक तुरुन्त बन्द गरी शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल, जिल्ला समिती नुवाकोट नेपाल सरकार संग जोड्दार माग गर्दछ ।”वक्तव्यमा अगाडि भनिएको छ, “शान्ति सुशासन र नेपाली जनता को उज्ज्वल भविश्यको नारा दिएर विश्व साम्राज्यवाद द्वारा प्रायोजित २०८२ फागुन २१ को कथित निर्वाचनमा आम…
Read More
नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

लेखक : डा. केशव देवकोटा नेपालको राष्ट्रिय राजनीतिमा पछिल्ला दिनमा साम्राज्यवादी हस्तक्षेप तीब्रभएको छ । त्यसमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दैगएको स्पष्ट छ । जसले नेपालको आर्थिक, सामाजिक र राजनीतिकमात्र नभएर साँस्कृतिक क्षेत्रमासमेत हस्तेक्षप बढाएर लगेको छ । साम्राज्यवाद पदावली ल्याटिन भाषा इम्पेरियमको रुपान्तरण हो । यसको अर्थ सर्वोच्च शक्ति अर्थात सैन्य शक्ति वा कुटनीतिबाट देशको शक्ति र प्रभाव विस्तारगर्ने नीतिभन्ने हुन्छ । कमरेड लेनिनले सन् १९१६ मै साम्राज्यवादबारेका भ्रमहरुको चिरफारगर्दै साम्राज्यवाद पूँजीवादको चरम अवस्थाभन्ने पुस्तक लेख्नुभएको थियो । सो पुस्तकमा लेनिनले साम्राज्यवादका बिभिन्न स्वरुपबारे ब्याख्या गर्नुभएको छ । पूँजीवादको विकास भएर साम्राज्यवादमा परिणत हुने प्रक्रिया सन् १८६० देखिनै शुरुभएको…
Read More
जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

हेमन्तप्रकाश ओली ‘सुदर्शन’,स्थायी समिति सदस्य तथा प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा २०८३ वैशाख २६ गते ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियामा पार्टीको तर्फबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले व्यक्त गरेको विचारलाई यहाँ दिइएको छ। ) आजको छलफलको विषय संविधान संशोधनको विषय छ। त्यो सँग जोडिएको गणतन्त्र र राष्ट्रियताको सवाल पनि छ। अहिलेको परिस्थिति के हो ? हामीले त्यसलाई हेर्नुपर्दछ । संविधान र कानुन भन्ने कुरा क्रान्तिले निर्धारण गर्दछ,निर्माण गर्दछ। कानुन र संविधानले क्रान्ति निर्माण गर्दैन ।अर्थात कानुन र संविधानले क्रान्ति ल्याउँदैन । हाम्रो ध्यान यता जानुपर्दछ किनभने यसै…
Read More
‘देशैभरि सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन किसानहरू अत्यन्तै असन्तुष्ट, त्रसित र आक्रोशित ’

‘देशैभरि सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन किसानहरू अत्यन्तै असन्तुष्ट, त्रसित र आक्रोशित ’

काठमाडौँ : वामपन्थी पार्टीहरू सम्बद्ध नेपालका ६ वटा किसान संगठनहरूले बालेन सरकारको भूमिहीन किसान, अव्यवस्थित बसोबासी,सुकुम्बासी प्रतिको रवैयाको विरोध गर्दै एक प्रेस वक्तव्य जारी गरेका छन्। क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासङ्घ (अपफा्) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गा प्रसाद जैसी , अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष राम दुलार महतो, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष चित्रबहादुर श्रेष्ठ , अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलदेव चौधरीले प्रेस वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ। वक्तव्यमा किसान संगठनहरुले २०८३ वैशाख २५ गते जारी गरिएको वक्तव्य यसप्रकार छ– “नेपाली जनतालाई सुशासन, शान्ति र…
Read More
खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन

खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन

काठमाडौँ : रेड स्टार स्पोर्टिङ क्लब बुद्धनगर काठमाडौँको आयोजनामा ‘रेड स्टार फूटसल खुल्ला प्रतियोगिता २०८३’ को उद्घाटन भएको छ । आज बिहान बैशाख २५ गते विहान ११ बजे ललितपुरको बंगलामुखी फूटसल मैदानमा भएको उक्त फुटसल प्रतियोगिताको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले गर्नुभएको थियो । उहाँले रेफ्रि माया तामाङलाई फुटबल हस्तान्तरण गरेपछि फुटसल कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता रहनुभएको सुदर्शनले उद्घाटन खेलको समारोहमा भन्नुभयो –‘फूटबल खेल विश्वव्यापी रुपमा लोकप्रिय भएको बेला उरुग्वेका एक जना शिक्षक जुयान कार्लोस सेरियानी नामक शिक्षकले युवाहरुले सानो ठाउँमा पनि खेल्न सक्ने गरी यसको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाकाे प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाकाे प्रशिक्षण सम्पन्न

गुलरिया: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लामा सचिव बिनय रानाको अध्यक्षतामा प्रशिक्षण तथा बैठक सन्चालन भयो ।प्रमुख अथिती पि,बि,एम तथा ३ नं ब्युरो ईन्चार्ज सिखर हुनुहुन्थ्यो । अथिति पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपीन क्षेत्रीको उपस्थिति रहयो । प्रशिक्षणमा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेएको वताइन्छ। प्रशिक्षण सम्पन्न लगतै जिल्ला कमिटीको बैठक बस्यो थियो।जिल्ला बैठकले कथित फासिवादी बालेन सरकारले भुमिहिन सुकुम्बासीहरूको उठिबास गर्ने निर्णय बिरूद्ध सशक्त प्रतिकार गर्ने भएका छन। जनतालाई संगठित र सुसूचित गर्दै लघुबित्त ,मिटरब्याजि , दलाल भ्रष्ट , तस्कर, भु माफिया बिरूद्ध संघर्षको उठान गर्ने । पार्टी र जवस\मोर्चाका जिल्ला सम्मेलन नगर सम्मेलन , वडा सम्मेलन र…
Read More
‘सुकुम्बासी जनतामाथिको फासिवादी दमन र विस्थापनको घोर निन्दा र भत्र्सना, संघर्षमा सामेल हुन अपिल’

‘सुकुम्बासी जनतामाथिको फासिवादी दमन र विस्थापनको घोर निन्दा र भत्र्सना, संघर्षमा सामेल हुन अपिल’

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गर्दै हालै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुकुम्वासी जनतामाथि गरेको फासीवादी प्रकारको दमन र विस्थापनको घोर निन्दा र भत्सर्ना गरेको छ । सुकुम्वासी र गैरसुकुम्बासीको पहिचान नगरी र वैकल्पिक उचित बसोबासको ग्यारेन्टी नगरी सुकुम्वासी जनतालाई शक्ति प्रयोग गरी बलात् उठीबास लगाउने काम कदापि स्वीकार्य हुन सक्दैन भन्ने अडान सधैँभरी राख्दै आएका उल्लेख गर्दै नेकपा (बहुमत)का महासचिव समेत रहनु भएका समितिका संयोजक धर्मेन्द्र बास्तोलाले जारी गर्नुभएको वक्तव्यमा अहिले सरकारले सुकुम्वासीमाथि चलाएको राज्य आतंकका विरुद्ध देशव्यापी रुपमा सुकुम्वासी…
Read More