समाचार

हुथीले गर्याे यमनमा पकड विस्तार

हुथीले गर्याे यमनमा पकड विस्तार

एजेन्सी/वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ । यससँगै हुथी लडाकुहरूले सोमबार यमनका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूको उद्देश्य लाल सागरको तटलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका बाँकी क्षेत्रबाट अलग गर्नु रहेको बताइएको छ । इरान समर्थित हुथी समूहले यसै महिना तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरेपछि मध्यपूर्वको जारी द्वन्द्व नयाँ क्षेत्रमा फैलिएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सहभागी हुन अमेरिकालाई पटक–पटक आग्रह गरे पनि वासिङ्टनले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै…
Read More
त्रिपुरेश्वर बस आगजनीबाट घाइते चालकको मृत्यु

त्रिपुरेश्वर बस आगजनीबाट घाइते चालकको मृत्यु

काठमाडौं : त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए।घाइते चालकको राति १० बजे नै मृत्यु भएको पुष्टि गरे।बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा आगजनी भएको थियो। बस आगजनी सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक…
Read More
भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न, पी.जे. जेम्स पुन : महासचिव

भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न, पी.जे. जेम्स पुन : महासचिव

भारत : भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न भ्एको छ । पी.जे. जेम्स पुन :महासचिव निर्वाचित भएका छन् । १२ औं पार्टी महाधिवेशनबाट पनि पी.जे. जेम्स महासचिव भएका थिए । उनी भन्दा पहिले के.एन. रामचन्द्रन् महासचिव थिए । भाकपा (माले) रेड स्टार मूलत: भारतीय नक्सलाइट आन्दोलनबाट विकसित पार्टी हो । १३ औं महाधिवेशन पछि महासचिव पी.जे. जेम्स,पोलिट ब्युरो सदस्य आर. मनसायिया र राज्य सचिव एम. गंगाधरले २०२६ सेप्टेम्बर २१ मा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ – “भाकपा (माले) रेड स्टारको ५ दिने १३ औं महाधिवेशन, कर्नाटकको ऐतिहासिक शहर रायचुरमा, २०२६ सेप्टेम्बर १६देखि २० तारिख सम्म…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता परी थापा धनगढी आउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता परी थापा धनगढी आउने

धनगढी : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापा धनगढी आउनुहुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको व्यूरो नम्बर १ र २ ले “देशको अवस्था र राष्टि«य स्वाधीनताको रक्षाको प्रश्न ” विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्न आउनुहुने भएको हो । धनगढीको चौराहा स्थित होटेल शूभम्मा असोज ७ गते उक्त कार्यक्रम राखिएको छ ।
Read More
क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाकाे प्रथम भेला सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाकाे प्रथम भेला सम्पन्न

बर्दिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल बर्दिया जिल्ला काे प्रथम भेला २०८३/६/५ गते छाँया श्रेष्ठ 'सरिता'काे अध्यक्षतामा सम्पन्न भएकाे छ । साे भेलाकाे प्रमुख अथिति कमला खड्का 'कर्णाली' हुनुहुन्थ्यो भने अथिति पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज कमल राज राेकाया बिपिन क्षेत्री र पार्टी केन्द्रीय सदस्य दिल बहादुर कठायत 'भुकुम्प', बर्दिया पार्टी जिल्ला सचिव बिनय राना र अखिल नेपाल थारू मुक्ति मोर्चाका जिल्ला संयाेजक विशाल थारू हुनुहुन्थ्यो । साे प्रथम भेलाले निर्बिराेध निर्वाचित छाँया श्रेष्ठ 'सरिता'काे नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेकोे छ ।
Read More
अखिल नेपाल थारू राष्ट्रिय मुक्ति मोर्चा बर्दियाकाे प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल थारू राष्ट्रिय मुक्ति मोर्चा बर्दियाकाे प्रथम जिल्ला भेला सम्पन्न

बर्दिया : अखिल नेपाल थारू राष्ट्रिय मुक्ति मोर्चा बर्दियाकाे प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएकाे छ । थारू माेर्चाका नेता कमरेड दिवाकरकाे अध्यक्षतामा उक्त भेलामा प्रमुख अथिती विशाल थारू हुनुहुन्थ्यो भने अथितिमा पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज बिपिन क्षेत्री, केन्द्रीय सदस्य भुकुम्प र क्रान्तिकारी महिला संगठन नेपाल ब्युरो संयाेजक कमला खड्का, बर्दिया पार्टी सेक्रेटरी बिनय राना र क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाकी अध्यक्ष छाँया श्रेष्ठकाे पनि उपस्थिति रहेकाे थियाे । भेलाले विशाल थारूकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित हुनु भएकाे छ ।
Read More
वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप

वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप

६ जनाविरुद्ध किटानी जाहेरी ललितपुर : महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिइएको हो। २०८३ असोज १ गते बेलुका अन्दाजी ९:३० बजेतिर इमाडोल उदयवस्तीमा पाइप र लाठीले आक्रमण गरी ज्यान मार्ने प्रयास भएको पीडित तेस्रोलिंगीहरूले बताएका छन्। साथीको जन्मदिन मनाएर कोठामा फर्किँदै गर्दा आफूहरूमाथि एक्कासि पछाडिबाट आक्रमण भएको उनीहरूको भनाइ छ। ‘हामीमध्ये कोही खोलामा खसेर बाँच्यौँ। भागेर ज्यान जोगायौँ,’ पीडितले उजुरीमा भनेका छन्।…
Read More
प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

काठमाडौँ : बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महतारा विरुद्धको वैवाहीक जबरजस्तिकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गरेकी छन् । पीडित सिंहले २०८२ मा हालेको वैवाहिक जकको मुद्धामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ । आफ्नो मुद्धालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवकारुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा…
Read More
‘११ वर्षमा जनताले के पाए ?’—माइतीघरमा अनौठो शैलीमा संविधानको विरोध

‘११ वर्षमा जनताले के पाए ?’—माइतीघरमा अनौठो शैलीमा संविधानको विरोध

काठमाडौं: संविधान जारी भएको ११ वर्ष पुगेको अवसरमा नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंको माइतीघर मण्डलामा अनौठो शैलीमा संविधानको विरोध गरेको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले संविधान जारी भएको ११ वर्षमा जनताले के पाए भन्ने प्रश्न गर्दै विभिन्न व्यंग्यात्मक नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘शिक्षामा कर, स्वास्थ्यमा कर, विद्युतमा कर, संविधानको सफलता अपरम्पार’, ‘११ वर्षमा जनताले के पाए? अन्याय र धोका’, ‘रोजगार छैन, रोजगारीको हक मात्रै’ लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनमार्फत विद्यार्थीहरूले संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई मौलिक हकका रूपमा उल्लेख गरिए पनि व्यवहारमा ती अधिकारको सुनिश्चितता हुन नसकेको भन्दै प्रश्न उठाएका थिए। अखिल (क्रान्तिकारी)…
Read More
क्रान्तिकारी महिला संगठन नेपालको गुलरिया नगर भेला सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपालको गुलरिया नगर भेला सम्पन्न

गुलरिया : क्रान्तिकारी महिला संगठन नेपालको गुलरिया नगर भेला सम्पन्न भएको छ । बाँके जिल्लाको गुलरियामा २०८३ असोज २ गते सम्पन्न नगर भेलाले तारा थापाको नेतृत्वमा ९ सदस्य कमिटी गठन गरेको छ । भेलामा प्रमुख अतिथि क्रान्तिकारी महिला संगठन नेपालकी बाँके जिल्ला संयोजक छाँया श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री, जिल्ला बाँकेपार्टी सचिव बिनय राना , थारू मुक्तिमोर्चा का ब्युरो संयोजक विशालको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता तारा थापाले गर्नु भएको थियो ।
Read More