मा .के. र ए .स. एकताको सैद्धान्तिक धरातल
लेखकः रामबहादुर बुढा प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) सहित अन्य पार्टीहरूको बीचमा एकीकरण भएको छ। कार्तिक १९ गते काठमाडौं , भृकुटिमण्डपमा एकता घोषणा सभा सम्पन्न भएको छ । नवगठित पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखिएको छ । पार्टी एकीकरण गर्दा सांगठनिक व्यवस्थापन कसरी गर्ने एउटा पक्ष हुन्छ भने कुन सैद्धान्तिक धरातलमा पार्टी एकीकरण , अर्को पक्ष हुन्छ। पार्टी एकीकरण पछि पार्टीको मुख्य नेतृत्वमा माओवादी केन्द्रका नेता प्रचण्ड रहेता पनि त्यो पार्टी एकताको मुख्य सैद्धान्तिक धरातल नेकपा एमालेले अपनाएको सैद्धान्तिक धरातल हुने भएको छ । हुन त माओवादी केन्द्रका नेता प्रचण्डले धेरै…