समाचार

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

माघ १० गते ।  सिन्धुपाल्चाेक जिल्लाकाे बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको एक झुपडी घर । उक्त घरमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् । बुबाआमाको निधनले शोकाकुल चार नाबालक र छोराबुहारी गुमाएकी आमाको आँखा कहिल्यै ओभानो हुन सकेको छैन ।  टिकाराम तामाङ नाबालक छोराहरू र वृद्ध आमाको जिउने आधार थिए । तर माघ ४ गते तामाङको क्षयरोगका कारण एक्कासि निधन भएपछि छोराहरू र वृद्ध आमाको बिचल्ली भएको छ । गत साउन ४ गते टिकारामकी श्रीमती लालमाया तामाङको क्यान्सरले मृत्यु भएको थियो । श्रीमतीको मृत्यु पश्चात् टिकारामले चार जना छोराहरूको शिक्षा, दीक्षा…
Read More
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

काठमाडौं : नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
Read More
आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि  नयाँ नियम लागु

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागु

काठमाडौं : भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ । साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा…
Read More
मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

काठमाडौं : अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको…
Read More
दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

८ फागुन । प्यालेस्टिनी समाचार एजेन्सी वाफालेका अनुसार दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ।     प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीचको भीषण संघर्षको क्रममा इजरायली युद्धक विमान र तोपखानाले सहरको पश्चिमी क्षेत्रहरूमा बमबारी गरेको बताइएको छ। उक्त क्षेत्रमा हजारौं विस्थापित प्यालेस्टाइनीहरू बसिरहेका छन्।      गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको छ कि गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २५,२९५ पुगेको छ।     मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाको कारबाहीमा १९० प्यालेस्टाइनीको मृत्यु भएको छ भने ३४० जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ देखि जारी इजरायल-हमास युद्धमा कम्तीमा ६३ हजार प्यालेस्टाइनी घाइते भएको…
Read More
प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए । यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए…
Read More
लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न  अबदेखि पाउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न अबदेखि पाउने

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘सवारी चालक अनुमति पत्रको…
Read More
नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी (विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताहरूले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीहरू सामुहिक रूपमा पाटी घोषणा गरेको जनाएका छन । नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी), जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन । ९वटै नेता कार्यकर्ताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलहरूले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीहरू आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म…
Read More
जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

माघ ८ गते । जाजरकाेटमा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भइ घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।  स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार…
Read More
तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ : तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् ।…
Read More