अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

पाेखरा : माेहन वैधले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) २५ औं जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न हुने भएको छ ।


केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारले दिनु भएको जानकारी अनुसार सम्मेलन भब्य सफलताको निमित्त संगठनकाे मुल ईकाई कमिटीहरु तीन दर्जन भन्दा बढी,क्याम्पस कमिटी दर्जन भन्दा बढी,पालिकाहरु ३ वटामा भेला/सम्मेलन सम्पन्न गर्दै झण्डै ६०० सय विद्यार्थी संगठित गरिएको बताउनुभयो ।

सम्मेलन तयारीका निमित्त कास्की जिल्लामा केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संगठन समिति संयाेजक प्रेमप्रशान्त बाेहाेरा र केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारकाे नेतृत्वमा दुईवटा अभियान टिममा झण्डै दुई दर्जन बराबर निर्माण गरि परिचालन गरिएको छ ।

सम्मेलन “शिक्षा र स्वास्थ्य राज्यको दायित्व ! समाजवादी जनगणतन्त्रले मात्रै दिनेछ स्थायित्व !!” भन्ने मुख्य नाराका साथ यहीँ फागुन २१ गते सहिद सप्ताहकाे अन्तिम दिन १५०० सय देखि २००० संख्यामा बिद्यार्थीकाे र्यालि पाेखराकाे मुख्य बजार परिक्रमा गरि उद्घाटन गरि दाेस्राे दिन २२ गते बन्द सत्र गर्दै सम्पन्न गरिने भएको छ ।

सम्मेलन सफलताको निमित्त दर्जनौं ठाउँहरुमा भित्तेलेखन र पाेखराबाट मुख्य पर्वत,म्याग्दी,स्याङ्जा,तनहुँ,बागलुङ प्रवेश गर्ने मुख्य राेडहरुमा ब्यानरहरु राखि जिल्ला ऐतिहासिक बनाउने तयारी भएको समेत जानकारी दिनु भयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?