क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापले गर्यो सहिद दिलमाया बम्जनकी आमालाई सम्मान

रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद परिवारलाइ सम्मान गरेकाे छ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद दिलमाया बम्जनकी आमा टीकादेवि लामा र काकीलाइ बिहीबार दिउसाे उहाँकै घरमा पुगी खादा लगाइ सम्मान व्यक्त गरेकी छन् ।

नेतृ गौतम पुग्दा सहिद बम्जनकी आमा टीकादेवि लामा र काकी खुसी भएको बताइएकाे छ। रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनजस्ता होनहार योद्धाहरूको बलिदान भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?